समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।
सिरिजङ्गा महोत्सव–२०८२ को अवसरमा आउँदो बैशाख १३ देखि १५ गते सम्म उक्त उचाइमा साहसिक हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा.चित्रकुमार मावो लिम्बूले साहसिक हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । यसबर्ष कञ्चनजङ्घा हिमाल आरोहणको ७० औं वार्षिक उत्सव पनि मनाइदैं छ । सिरिजङ्गा महोत्सवको अवसर पारेर उक्त म्याराथन प्रतियोगिता सञ्चालन हुने पालिका उपाध्यक्ष मावोले जानकारी दिए । उनका अनुसार म्याराथन प्रतियोगिताका विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार दिइने छ ।
यस्तै दोस्रो हुनेलाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ८५ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ । सोही उचाइलाई आधार मानेर अन्तिम पुरस्कार राशि पनि ८ हजार ५ सय ८६ को रुपमा मिलाइएको हो ।
म्याराथनका लागि नयाँ झोरेनी–कस्तुरेडाँडा–झण्डेडाँडा–सिन्दुरे ढुङ्गा–तुप्लुङ–दुण्दुडाँडा–ढाँडचौक–भेडी चोक हुँदै मछेवा पुग्ने करिब २४ किलोमिटर दूरीमा तय गरिएको छ । म्याराथनसँगै माउन्टेन साइक्लिङ समेत सञ्चालन गर्ने पालिकाको तयारी छ ।