सगरमाथा युथ क्लब मोरङ, इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार इटहरी रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा एनआरटी क्लब काठमाडौंलाई १-० गोलको अन्तरले पराजित गरी सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। सगरमाथा युथ क्लबका लागि खेलको ६ मिनेटमा विदेशी खेलाडी रिचर्डले गोल गरे । उनले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि रिचर्ड नै भए । उनले नगद दस हजार रुपैयाँ प्राप्त गरे ।
१२ र १३ औं संस्करणमा इटहरी गोल्डकप विजेता सगरमाथा युथ क्लब र माघ २६ गते धरानमा भएको २५ औं बुढासुब्बा गोल्डकपको विजेता एनआरटीबीच अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एनआरटीका खेलाडीबिच तालमेल भएता पनि गोल गर्ने अवसर भने पाएन् । जसले गर्दा हार बेर्होनु प¥यो ।
प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो क्वाटरफाइनल खेल झापा एघार फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ ।