खराब लय नदोहोर्‍याउने अठोट
०१ फागुन २०८१
•
५ मिनेट पाठ
खराब लय नदोहोर्‍याउने अठोट
दशरथ रंगशालामा अभ्यास गर्दै नेपाली महिला खेलाडी। तस्बिर सौजन्य: सरोज सापकोटा
गत कात्तिकमा महिला साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएको तीन महिनापछि नै नेपाली टोली घरेलु मैदानमा अर्को प्रतियोगिताको तयारीमा छ।




कात्तिक १४ गते साफको फाइनलमा नेपाल घरेलु मैदानमा बाङ्लादेशसँग ३–१ ले पराजित भएको थियो। त्यसपछि नेपालले तीन महिनापछि दशरथ रंगशालामा नै अर्को प्रतियोगिता खेल्न लागेको हो। त्यो फाइनल गुमाएसँगै नेपाल छैटौंपल्ट साफमा उपविजेतामै सीमित बन्न बाध्य भएको थियो।

समग्रमा भने नेपाली महिला टोली १२ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित हुन पुगेको हो। यसपल्ट भने नेपाली महिला टोली खराब लय दोहोर्‍याउन चाहँदैन। पछिल्लो गल्तीलाई सुधार गर्दै फिफा वरीयतामा आफूभन्दा माथिको म्यानमारसहित दुई टोलीविरुद्ध उच्च मनोबलका साथ खेल्ने लक्ष्यमा छ।

फागुन ५ गतेदेखि चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप दशरथ रंगशालामा हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप र फिफा महिला विश्वकप खेल्ने महत्त्वाकांक्षी लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरेको हो। सोहीअनुरूप एन्फाले घरेलु मैदानमा तीन देशलाई बोलायो। म्यानमारबाहेक अरू दुई टोली लेबनान र किर्गिस्तान हुन्। नेपालले यी दुई टोली सन् २०१९ मा किर्गिस्तान र २०२३ मा लेबनानलाई हराइसकेको छ। म्यानमार भने दुईभन्दा बलियो र अनुभवी छ। किनकि म्यानमारले एसियाका बलिया राष्ट्रसँग खेलिसकेको छ।

तर पनि नेपाली महिला टोलीले उच्च मनोबलका साथ खेल्दै उपाधि खडेरी तोड्ने अठोट लिएको छ। नेपालले आगामी सोमबार किर्गिस्तानसँग खेल्दै महिला च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। यसपल्ट भने यो अवसर खेर नफाल्ने योजनामा छ, घरेलु टोली। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर प्रीति राईले पनि यसपल्ट अवसर खेर नफाल्ने बताइन्। ‘हुन त सधैं हामी उपाधि जित्नकै लागि खेल्छौं। तर, सफल हुन सकेका छैनौं। केही महिनाअगाडि साफको फाइनल पनि गुमायौं। तर, यसपल्ट एक भएर उत्कृष्ट खेल्नेछौं,’ प्रीतिले भनिन्। प्रशिक्षक राजेन्द्र तामाङले तयारी राम्रो भएकाले घरेलु मैदानमा हुने प्रतियोगिता जित्ने आशा गरेका छन्।

‘सहभागी सबै टोली राम्रा छन्। तर हाम्रो तयारी पनि राम्रो नै छ। यसपल्ट पछिल्ला खेलको रिभ्यु गर्छौं। बलियो आत्मबलका साथ खेलेर जित निकाल्छौं, उनले भने। नेपालले लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा खेल्नेछ।

गत माघ २० गते ३९ जनाको प्रारम्भिक टोली घोषणा गर्दै एन्फाले प्रशिक्षण सुरु गराएको हो। प्रशिक्षक तामाङले हाल ३० जनाको टोली छनोट गर्दै प्रशिक्षण गरिरहेका छन्। केही दिनमा टोली घोषणा गर्ने लक्ष्यमा उनी छन्। फिट रहेका खेलाडी मात्र आफ्नो प्राथमिकतामा पर्ने उनको घोषणा छ।

‘जो खेलाडी फिटमा बस्छ, उसले मात्र खेल्न सक्छ। त्यसैले फिट रहने खेलाडीलाई प्राथमिकतामा राख्नेछु,’ प्रशिक्षक तामाङ बताउँछन्। साफको फाइनलमा खेलाडीले भनेअनुरूप नखेलेको भन्दै प्रशिक्षक तामाङले खेलाडीको आलोचना गरेका थिए। तर, अहिले उनीहरूमा सुधार आइसकेको उनको विश्वास छ।

अब खेल हुने मैदानमा नै नेपाली टोली अन्तिम तायरीमा जुटेको छ। ‘साँझ फ्लड लाइट र बिहान टर्पm मा प्रशिक्षण गरिरहेका छन्। सबै खेलाडी फिट रहेको बताएका छन्। गत साफमा राम्रो प्रदर्शन पनि भएको छ। त्यसले पनि खेलाडी उत्साहित छन्। त्यसैले जित्ने लक्ष्यसहित तयारी गरेका छौं,’ उनले भने।

केही समयअगाडि मात्र महिला फुटबल लिग सकिएको थियो। उक्त लिगको फाइनलबाहेक सबै खेल टर्पmमा नै भएको थियो। टर्पmमा खेलिरहेका खेलाडीले घाँसे मैदान रहेको दशरथ रंगशालामा खेल्दै छन्। यद्यपि, प्रशिक्षक तामाङले आफ्ना खेलाडी दुवै ठाउँमा अभ्यस्त भएको उल्लेख गरे। ‘घरेलु लिग टर्पm भएको हो। यो प्रतियोगिता घाँसे मैदानमा हुँदै छ। यी दुईमा केही फरक त छ। तर, मेरा खेलाडी अभ्यस्त भइसकेका छन्,’ उनले भने।

घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहने हुने भए पनि खेलमा यसै हुन्छ भन्न नसकिने पनि उनले स्पष्ट पारे।

त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उनको बुझाइ छ। म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयतामा माथिल्ला टोलीसँग खेलिरहेकाले बलियो रहेको उनी बताउँछन्। यद्यपि, आफ्नो टोलीले पनि त्यहीअनुरूप तयारी गरिरहेको उनले उल्लेख गरे। मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीको महत्त्वपूर्ण खेलाडी हुन्।

उनीहरू गत महिला साफ च्याम्पियनसिपका दौरान नै चोटका कारण मैदानबाहिर छन्। अहिले दुवै जना रिकभर भइसकेको छैनन्। प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको विकल्प खोजिएको बताए। नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान् रहेको उनको विश्वास छ।

उनले समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आफैं प्रोत्साहित रहेको बताए। टोलीको अग्रपंक्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुन सक्ने उनी बताउँछन्। यद्यपि, पछिल्ला खेलका रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ। म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन्। म्यानमार हाल फिफाको ५५औं स्थानमा छ। जुन नेपालभन्दा ४८औं स्थान माथिको हो। किर्गिस्तान १२८औं र लेबनान १३४औं स्थानमा छन्।

त्यसैले ठूलो महत्त्वाकांक्षा राखेको एन्फाले तुलनात्मक रूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो। प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेका टोली भए पनि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन्। आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौं भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा गरेका छन्।

लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उनको भनाइ छ। नेपाली टोलीका युवा खेलाडी प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगितामा सुखद हुने आशा गरेकी छन्। फिफा वरीयताले खासै असर नहुने र आफ्नो टोलीमा क्षमतावान् खेलाडी रहेको प्रीतिले बताएकी छन्।

सबै टोली समान बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने उनको अपेक्षा छ। चोटले केही खेलाडी घाइते भए पनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीति बताउँछिन्। जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली टोली रहेको छ। प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस