राखेपको १२० औं बोर्ड बैठकमा विवाद, तीन सदस्यद्वारा बहिस्कार
१५ माघ २०८१
•
३ मिनेट पाठ
राखेपको १२० औं बोर्ड बैठकमा विवाद, तीन सदस्यद्वारा बहिस्कार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२० औं बोर्ड बैठकमा विवाद सिर्जना हुँदा तीन जना सदस्यले बहिस्कार र अन्यले असन्तुष्टि व्यक्त गरेका छन् ।




दशौं राष्ट्रिय खेलकुद आयोजना प्रक्रियाअगाडि बढाउनका लागि महत्वपूर्ण मानिएको राखेपको १२०औं बैठकमा गठबन्धनअनुरूप चल्नुपर्ने भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पेलेर निर्णय गरेपछि तीन जना सदस्यले बहिस्कार गरेका हुन् । मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा उक्त बोर्ड बैठक बसेको थियो । उक्त बैठकमा मन्त्री चौधरीले सात सदस्यीय रहने राखेपको कार्यकारी समितिमा शेरबहादुर देउवा निकट बोर्ड सदस्य भानबहादुर चन्द र केपी शर्मा ओली निकट बोर्ड सदस्य शूवर्ण श्रेष्ठलाई नियुक्ती गर्ने निर्णय पेलेर पास गरेपछि विवाद सिर्जना भएको हो ।

त्यससँगै बोर्डका अध्यक्षसमेत रहेका खेलकुदमन्त्री चौधरीले एकलौटी ढंगले बैठक सञ्चालन गरेको भन्दै तीन सदस्य अञ्जन धमला, प्रकाश कुसारी र जनक बर्तौलाले बहिस्कार गरेका हुन् । बैठकमा कुल सात सदस्यले मन्त्रीको एकलौटी निर्णयप्रति हात उठाएर विरोध जनाएका थिए । एमाले निकट रहेकी बोर्ड सदस्य नन्दा बस्यालले पनि विरोध भएकाले तत्कालका लागि उक्त प्रस्तावबारे छलफल नगर्न अनुरोध गरेकी थिइन् । बस्यालसँगै सात जना बोर्ड सदस्यले कार्यकारी सदस्यमा चन्द र श्रेष्ठलाई नियुक्ती दिने प्रस्तावको विपक्षमा हात उठाएर विरोध जनाए ।

तर पनि मन्त्री चौधरीले भने विरोधका बाबजुद चन्द र श्रेष्ठलाई कार्यकारी सदस्यमा नियुक्ती गरेका छन् । यससँगै खेलकुद मन्त्रालयको जिम्मेवारी समालेपछि मन्त्री चौधरीको अध्यक्षतामा बसेको पछिल्ला तीन वटा राखेपको बोर्ड बैठक लगातार विवादमा तानिएको छ । दुई मुख्य अजेन्डा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता विषयमा छलफलसहित मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राखेपको बोर्ड बैठक तय गरिएको थियो ।

राष्ट्रिय खेलकुद आयोजनाका लागि तय गरिएको बोर्ड बैठकमा मन्त्री चौधरी राखेपको कार्यकारी समितिमा नियुक्ती प्रक्रियाअगाडि बढाएपछि विवादमा सुरु भएको हो ।  नेपाली खेलकुद इतिहासमा पहिलोपल्ट सरकारले राष्ट्रिय खेलकुद आयोजनाका लागि बजेट छुट्याइसक्दा पनि मन्त्री चौधरीले चासो नदिँदा गत मंसिरमा नै हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित भएको थियो । फेरि चैत २३ गतेदेखि गर्नेगरी मन्त्री चौधरीले दशौं खेलकुदको मिति सारेका थिए । दशौं आयोजनाका लागि निर्देशिका राखेप बोर्ड हुँदै मन्त्री परिषद्बाट पाश हुनुपर्नेछ ।

तर, मन्त्री चौधरीले मंगलबार तय गरिएको बोर्ड दशौं खेलकुदको आयोजना प्राथमिकतामा राखेनन् । मन्त्री चौधरीले बोर्डका सदस्यद्वय भानबहादुर चन्द र सूवर्ण श्रेष्ठलाई राखेपको कार्यकारी समितिको सदस्यमा नियुक्ती दिने प्रस्ताव गरे । चन्द र श्रेष्ठको नाम प्रस्ताव हुने बितिक्कै बोर्डका बहुमत सदस्यले विरोध जनाएका थिए । त्यसका बाबजुद मन्त्री चौधरीले यो गठबन्धनको सरकार हो र त्यसैले दुई जनाको नाम प्रस्ताव गरेको प्रतिक्रिया दिए । अधिकांश सदस्यले अहिले यो प्रस्ताव रोक्न माग गरेका थिए ।  

लामो समयदेखि नेपाली खेलाडीले प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रियाभन्दा पनि मन्त्री चौधरीले नियुक्ती प्राथमिकतामा राखेको भन्दै तीन सदस्यले भने बोर्ड बैठक बहिस्कार गरेका हुन् । बोर्ड सदस्य अञ्जन धमलाले बोर्डका अध्यक्षसमेत रहेका मन्त्रीले पेलेरै बैठक सञ्चालन गरेपछि बहिस्कार गरेको बताए । ‘मन्त्रीन्यु आएदेखि नै एकलौटी ढंगले अगाडि बढ्नु भएको छ । बैठक भनेको छलफल गरेर अगाडि बढ्नुपर्ने ठाउँ हो । तर, उहाँले प्रस्तावभन्दा पनि सीधै निर्णय सुनाउनु हुन्छ । सदस्यलाई बोल्न दिनु हुन्न,’धमलाले भने, ‘यो गठबन्धनको सरकार हो भन्नु हुन्छ । खेलकुदमा खेललाई प्राथमिकता भन्दा पनि आफ्नै तरिकाले चल्नु हुन्छ । उहाँकै कारणले फेरि पनि दशौं राष्ट्रिय खेलकुद नहुने संघारमा पुगेको छ ।’

राखेपका उपाध्यक्ष ध्रुव आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली राखेपको संरक्षक रहेको र उहाँकै निर्देशनमा बोर्डको कार्यकारी सदस्य नियुक्त गर्न निर्देशक रहेकाले सबैले त्यसको पालना गर्नुपर्ने धारणा राखेका थिए । यसअघि सोमबार मात्र मन्त्री चौधरीले आफ्नै लगानी रहेको नाइटिङ्गल स्कुलकी प्रिन्सिपल रन्जना प्रधानलाई राखेपको बोर्ड सदस्यमा ल्याएपछि चौतर्फी रूपमा चर्को आलोचना भैरहेको छ । उनले प्रधान क्षमतावान् रहेकाले बोर्डमा ल्याएको प्रतिक्रिया दिँदै आएका छन् ।
अर्को समाचार
ऐन अनुरुप नचल्ने संघलाई हदैसम्म कारबाही गर्ने राखेपको चेतावनी
२४ माघ २०८१
•
४ मिनेट पाठ
ऐन अनुरुप नचल्ने संघलाई हदैसम्म कारबाही गर्ने राखेपको चेतावनी
नेपाली खेलकुदको नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को अनुरूप नचल्ने संघविरुद्ध हदैसम्म कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।




राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको ३३ औं बोर्ड बैठकले लामो समयसम्म निर्वाचन नगराउने, देशको खेलकुद ऐन र कानून नमान्ने संघलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

त्रिपुरेश्वरस्थित राखेपले आफ्नै भवनमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै आफू मातहत रहेका खेल संघहरूलाई सच्चिन तीनदिने समयसीमा दिँदै कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो । लामो समयदेखि नेपाली खेलकुदको कार्यकारी पदमा रहेर काम गरेका नेपाल ओलम्पिक कमिटी ९एनओसी० का अध्यक्ष जीवनराम श्रेष्ठले विधान संशोधनमार्पmत एकलौटी ढंगले फेरि नेतृत्वमा आएपछि नेपाली खेलकुदमा विवाद सिर्जना भएको थियो ।

विधानअनुरूप दुई कार्यकाल सकाएर नेतृत्व छाड्नुपर्ने भएपनि श्रेष्ठले संशोधनमार्पmत चौतर्फी आलोचनाका बावजुद नेतृत्वमा आएका थिए । तेस्रोपल्ट उनी एनओसीको नेतृत्वमा आएपछि विवाद सिर्जना भएको हो । असन्तुष्ट पक्षले उक्त विधान संशोधन र निर्वाचन अवैधानिक रहेको भन्दै अदालतमा मद्दासमेत दर्ता गराएपछि नेपाली खेलकुदमा फेरि ओलम्पिक कमिटीको विषयलाई लिएर विवाद चुलिन पुग्यो । अदालतले पनि विधान संशोधन रोक्न एनओसीलाई अन्तरिम आदेश दिएपनि श्रेष्ठले अटेर गर्दै निर्वाचन गराए । त्यसअघि परिषद्ले खेलकुद संघलाई उक्त निर्वाचन सहभागी नहुन पत्रकार गर्दै सहभागी भए कारबाही गर्ने चेतावनी दिएको थियो ।

यद्यपि, एनओसीभित्र रहेका २७ संघमध्ये केही संघले अदालत र परिषद्को निर्देशन बेवास्ता गर्दै निर्वाचन सहभागी भएका थिए । तर पछि सात संघले आफूहरू निर्वाचनमा सहभागी नभएको भन्दै स्पष्टीकरण पनि दिइसकेको छ । तीमध्ये तेक्वान्दो संघ, फुटबल र हक्की संघका प्रतिनिधिले एनओसीका निर्वाचन भएपछि राजीनामा दिएको जानकारी गराएका थिए । अन्य संघले भने खेलकुद निकायको निर्देशन अवेज्ञा गरेपछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने कार्यकारी समितिलाई जिम्मेवारी दिएको हो ।

सोही समितिले गत माघ २२ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल ओलम्पिक कमिटिलाई विभिन्न माध्यमबाट अदालतको आदेश कार्यान्वयनका लागि पटकपटक परिषद्बाट निर्देशन दिए पनि अटेर गरेकाले कारबाही प्रक्रिया अगाड बढाउने राखेपले जनाएको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले ओलम्पिक कमिटिको बैंक खाता रोक्का, पदाधिकारीको वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक र भौतिक सम्पत्तिको अनाधिकृत रूपमा उपयोग गर्नबाट रोक्ने बताएका छन् ।

यसका लागि सम्बन्धित पक्षसँग प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । साथै खेल संघले पनि तीन दिनभित्र चित्तबुझ्दो जबाफ नदिएका निलम्बन र पदाधिकारी बैदेशिक सहभागीतामा रोक लगाइने उनले बताए ।

त्यस्तै राखेपले नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल बास्केटबल, नेपाल आर्चरी, नेपाल भलिबल, नेपाल स्की, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई शर्त पालना नगरी परिषद्बाट सोधिएको स्पष्टिकरणको समेत अवज्ञा गरेको जनाएको छ । साथै ती संघलाई अबको तीन दिनभित्र उचित कारणसहित जवाफ पेश गर्न निर्देशन गरेको छ । यो अन्तिम चेतावनीका रूपमा लिन परिषद्ले उल्लेख गर्दै निर्देशन पालना नभए खेल संघको बैंक खाता रोक्का, पदाधिकारीलाई वैदेशिक सहभागितामा रोक र संघलाई सरकारी भौत्तिक पूर्वाधार प्रयोगमा रोकलगायत कारवाही प्रकृयाअगाडि बढाउने चेतावनी दिएको छ।

साथै परिषद्ले नेपाल भारोत्तोलन संघ, नेपाल साईक्लिङ संघ, नेपाल व्याडमिण्टन संघ, नेपाल जिमन्याष्टिक्स संघ र नेपाल टेनिस संघले आवधिक निर्वाचन नगर्ने र सम्मानित अदालतबाट भएको आदेश कार्यान्वयका सम्बन्धमा नियामक निकायबाट भएको निर्देशन विपरीत कार्य गरेको भन्दै यी संघलाई पनि चेतावनी दिएको छ । संघको प्रतिनिधि नै नभइ झुटो विवरण पेश गरेर ओलम्पिक कमिटीको निर्वाचनमा टेबल टेनिस संघबाट चतुरानन्द राजबैद्य, उसु महासंघबाट लाक्पाछिरिङ लामा, पौडी संघबाट अशोकरत्न बज्रचार्या, कुस्ती संघबाट समिममिया अन्सारी, कबड्डी संघबाट तुलसा थापा, ह्यान्डबल संघबाट तेजबहादुर गुरुङ सहभागी भएको राखेपको आरोप छ ।

उनीहरूलाई भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रिया अगाडि बढाउने राखेपले जनाएको छ । उनीहरूलाई पनि तीन दिनभित्र सफाई पेश गर्ने राखेपले निर्देशन गरेको छ । नेपाल कराते महासंघ र नेपाल फेन्सिङ संघले एनओसीको निर्वाचनमा सहभागी भई तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरेको आरोप लागेको छ । नेपाल शुटिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल ट्रायथलन संघ, नेपाल पौडी संघ, नेपाल कुस्ती संघ, नेपाल उसु महासंघ र नेपाल कबड्डी संघले निर्वाचनमा सहभागी नभएको भन्दै पेश  गरेको स्पष्टीकरण चित्तबुझ्दो रहेको पनि परिषद्ले जनाएको छ ।

परिषद्ले नेपाल एथलेटिक्स संघ र नेपाल ह्याण्डबल संघलाई भने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार आवधिक निर्वाचन गर्ने गराउने सम्बन्धमा निर्वाचन तालिका सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस