पीएम कप क्रिकेटमा बागमतीले आर्मीलाई हरायो
०७ माघ २०८१
•
१ मिनेट पाठ
पीएम कप क्रिकेटमा बागमतीले आर्मीलाई हरायो
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पछिल्लो खेलमा बागमती प्रदेश विजयी भएको छ । उसले सोमबार त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको हो।




बाक्लो हुस्सुका कारण १५ ओभरमा छोट्याइएको खेलमा बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रनमा अलआउट भयो । आर्मीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १४, निग्मा तामाङले १३ र कप्तान लक्ष्मी साउदले १० रन बनाइन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बागमतीका लागि सोनु खड्का, कन्चन श्रेष्ठ र मनिषा उपाध्यायले समान २ तथा संस्कृती फुयाल र विपाशा शाहीले समान १ विकेट लिए । 

धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन जोडेको थियो । बागमतीका लागि यशु पाण्डेले सर्वाधिक २५ तथा कप्तान कन्चन श्रेष्ठ २४ र यशोदा विष्ट २० रनमा नटआउट रहे ।

आर्मीका लागि इश्वरी विष्ट र लक्ष्मि साउदले समान १ विकेट लिए ।

दोस्रो खेलमा पराजित भएपनि आर्मी २ अंकमा समूह बीको शीर्ष स्थानमा कायम छ । जितसँगै बागमती २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

समूह ‘ए’ बाट सशस्त्र प्रहरीको एपीएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
अर्को समाचार
पीएम कप महिला क्रिकेटमा कोशीको लगातार दोस्रो जित, रुबिनाको अलराउण्ड प्रदर्शन
०७ माघ २०८१
•
१ मिनेट पाठ
पीएम कप महिला क्रिकेटमा कोशीको लगातार दोस्रो जित, रुबिनाको अलराउण्ड प्रदर्शन
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।  




कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार मधेश प्रदेशलाई ४७ रनले हराउँदै कोशी समूह 'बी'को शीर्ष स्थानमा पुगेको हो । उसको चार अंक भएको छ । अंकविहीन मधेशको भने यो लगातार दोस्रो हार हो ।  

कोशीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित ओभरमा ९ विकेट गुमाएर ५९ रनमात्र बनाउन सक्यो । मधेशका लागि प्रतिमा साहले १७ रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।  

कोशीका लागि क्याप्टेन रुबिना क्षेत्रीले ३, ज्योति दनवार र अलिशा कडरिया समान २ तथा संगीता राईले एक विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०६ रन बनाएको थियो । कोशीका लागि रुबिना क्षेत्रीले ५७ र टीका शाहले २१ रन बनाइन् ।  

मधेशका लागि  प्रतिमा साहले २ तथा सरस्वती कुमारी, भूमि सिंह र दीपा रामले समान एक विकेट लिए । 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस