आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डसँग खेल्नेछ। यो खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरू हुनेछ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग ५२ रनमा हारेको थियो भने स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो। यो खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ।
आज नै अमेरिका-आयरल्याण्ड, अस्ट्रेलिया-बंगलादेश र न्युजिल्याण्ड-नाइजेरियाको खेल बिहान ८ः१५ देखि जारी छ। दिउँसो हुने खेलमा नेपाल र स्कटल्याण्डसँगै पाकिस्तान-इंग्ल्याण्ड र दक्षिण अफ्रिका-सामोआबीच खेल हुँदैछ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...