नेपाल विद्यालय खेलकुद महासंघको साधारणसभा तथा निर्वाचनले शनिबार विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
उक्त सभाले माधव सापकोटालाई वरिष्ठ उपाध्यक्षमा जिम्मेवारी दिएको छ। अन्य उपाध्यक्षत्रयमा गोपीबहादुर सार्की अछामी, मोहनकुमार कार्की र सीता लामा चयन भए। राजकुमार कार्की महासंघको महासचिवमा दोहोरिए।
सुवास न्यौपाने, आरबी कट्वाल, खडकबहादुर थापा, डिके ढुंगाना, मोहनराज भट्ट, विलय गौतम, सुमन श्रेष्ठ, पदम राना, सोविनराज रेग्मी, नवीन महर्जन र रञ्जना प्रधान सदस्यमा चयन भए। साधारण सभाको सभामुख देवराज घिमिरेले कार्यक्रमबीच उद्घाटन गरेका थिए।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान र एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। साधारण सभामा केन्द्रीय कार्यसमितिका १७, सातै प्रदेशबाट १७ र ५७ जिल्लाबाट ५७ प्रतिनिधिको उपस्थिति रहेको महासचिव कार्कीले जानकारी दिए।