म्याग्दी जेसीज कपको उपाधि माउण्ट एभरेष्टलाई
२२ मंसिर २०८१
•
२ मिनेट पाठ
म्याग्दी जेसीज कपको उपाधि माउण्ट एभरेष्टलाई
२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ।




शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले ५–४ ले पराजित गदै उपाधि जितेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा १–१ गोलसँगै पेनाल्टी सुटआउटको अन्तिम प्रहारमा बेनी सामुदायिकका खेलाडी चुक्दा जेसीज कपको इतिहासमै पहिलोपटक विजेता बन्ने सपना अधुरै रह्यो भने ६ संस्करण पछि माउण्ट एभरेष्टले उपाधिको स्वाद लिएको छ।

यस अघि सन २०१६ मा १५ औं संस्करणको उपाधि जितेको माउण्टलाई पुनः उपाधि जित्नका लागि २२ औं संस्करण सम्म कुर्नु परेको थियो।

प्रतियोगिताका विजेता माउण्ट एभरेष्टले जनप्रिय मावि दरबाङ र उपविजेता बेनी सामुदायिक माविले डिफेन्डिङ च्याम्पियन न्यु वेष्ट पोइन्ट आवासीय माविलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगितामा विजेता विद्यालयलाई गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उप-विजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २३२ पुरस्कार प्रदान गरेका थिए।

पुरस्कार वितरणमा बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी जेसीसका अध्यक्ष दिनेश बानियाँ लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता ११ गोल सहित सुनिल थापा, उत्कृष्ट गोलरक्षक बेनी सामुदायिकका सन्दिप खत्री, उत्कृष्ट डिफेन्डर माउण्ट एभरेष्टका मनोज मल्ल रहेका छन्।

त्यस्तै, उत्कृष्ट स्ट्राईकर माउण्ट एभरेष्टका सनम बिक, उत्कृष्ट मिडफिल्डर न्यू वेष्ट प्वाइन्टका पवन खत्री, राईजिङ प्लेयर एन्जल थजाली माउण्ट एभरेष्ट तथा उत्कृष्ट प्रशिक्षक माउण्ट एभरेष्ट आवासीय माविका टिपेन पुन र अनुशासित टिम न्यू वेष्ट प्वाइन्ट आवासीयलाई सम्मान गरिएको मूल संयोजक देवेन्द्र घिमिरेले बताए।

विजेता माउण्ट एभरेष्टका कप्तान सनम विक मैदानमा खेल सकिँदा बित्तिकै आफ्ना बुबाको अन्तेष्टीका लागि गएका थिए। लामो समयसम्म बिरामी भएका बुबाको घरमै निधन भएपछि प्रतियोगिताका उत्कृष्ट स्ट्राईकर समेत रहेका विक कालिगण्डकी नदीमा जाँदा खेलाडी समेत भावुक भएका थिए।

अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताका लागि एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीले सन् २०२८ सम्म मुख्य प्रायोजन गरेको छ। म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ।
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
३७ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस