एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार भएका सेमिफाइनलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारत र पाकिस्तानलाई समान ७ विकेटले हराउँदै बंगलादेश उपाधि नजिक पुगेका हुन्।
श्रीलंकाले दिएको १७४ रनको मध्यम लक्ष्य भारतले २१.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। पहिला ब्याटिङ गरेको श्रीलंका ४६।२ ओभरमा १७३ रनमा अलआउट भएको थियो।
अर्को सेमिफाइनलमा पाकिस्तानले दिएको ११७ रनको सामान्य लक्ष्य बंगलादेशले २२।१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। पहिला ब्याटिङ गरेको पाकिस्तान ३७ ओभरमा ११६ रनमा अलआउट भएको थियो।
फाइनल खेल यूएईमा आइतबार हुनेछ।
एसिया कपको जारी प्रतियोगितामा नेपाल पनि सहभागी थियो। समूह बीमा रहेको नेपाल मात्र एक जित निकाल्दै लिग चरणबाटै बाहिरिएको थियो।