इलाम गोल्डकपको तयारी पूरा
२१ मंसिर २०८१
•
१ मिनेट पाठ
इलाम गोल्डकपको तयारी पूरा
१० लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ। रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताए।




१२ हजार  दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम पुगिसकेका छन्।

प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ। स्पर्धामा आयोजक रेड हर्स क्लब पनि सहभागी हुनेछ।

क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो। विजेताले उपाधिसहित नगद रु १० लाख  र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २५ हजार नगद प्रदान गरिनेछ।रासस
अर्को समाचार
छोरासँगको फिटनेस तस्बिरले ट्रोल बने रोनाल्डो
०२ असार २०८२
•
१ मिनेट पाठ
छोरासँगको फिटनेस तस्बिरले ट्रोल बने रोनाल्डो
विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो र उनका १४ वर्षीय छोरा क्रिस्टियानो जुनियरको सँगै खिचिएको फिटनेस तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।  




४० वर्षीय रोनाल्डो र उनका छोराले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा दुवैको उत्कृष्ट शारीरिक बनावट देखिएको छ। तस्बिर राख्दै रोनाल्डोले लेखे, ‘जस्तो बाबु, उस्तै छोरो।’  

यो तस्बिरमा रोनाल्डो रातो र जुनियर नीलो सर्ट्समा देखिएका छन्। तस्बिरमा उनीहरूले आफ्नो कडा परिश्रम र फिटनेसको नतिजा प्रदर्शन गरेका छन्। तर, प्रशंसकहरूले एउटा रोचक विवरणप्रति ध्यान दिए। १४ वर्षीय जुनियर आफ्ना १.८७ मिटर अग्ला बुबाभन्दा अग्ला देखिए।  

सामाजिक सञ्जालमा एक प्रशंसकले लेखे, ‘हाहा, छोरा तिमीभन्दा अग्लो छ!’ अर्कोले टिप्पणी गरे, ‘रोनाल्डोको छोरा मेस्सीभन्दा पनि अग्लो छ!’  

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले आफ्नो करियरमा फिटनेसलाई प्राथमिकता दिँदै कडा आहार र जिममा घण्टौं बिताउँछन्। बुबाको अनुशासनलाई जुनियरले पनि पछ्याइरहेका छन्। उनी हाल अल–नासरको यु–१५ टिममा खेल्छन् र पोर्चुगलको यु–१५ टिमबाट डेब्यू गरिसकेका छन्।

जुनियरले भर्खरै पोर्चुगलको यु–१५ टिमबाट क्रोएसियाविरुद्ध ३–२ को जितमा दुई गोल गरे। खेलमा उनले आफ्ना बुबाको प्रतिष्ठित ‘सिउ’ उत्सव मनाए। म्यानचेस्टर युनाइटेड, टोटनहम, र रियल म्याड्रिडजस्ता क्लबहरूले उनलाई नजिकबाट हेरिरहेका छन्।  

रोनाल्डोले आफ्नो छोराको डेब्यूमा इन्स्टाग्राममा लेखे, ‘पोर्चुगलका लागि तिम्रो डेब्यूमा बधाई, छोरा। मलाई गर्व छ।’ यो तस्बिरले रोनाल्डोको फेसन शैलीलाई पनि उजागर गरेको छ। उनको खुट्टाको नङ रंगिएको देखियो, जुन प्रशंसकहरूका लागि थप चर्चाको विषय बन्यो। एजेन्सी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस