एन्जल्स हार्ट र हिमरश्मि क्वार्टरफाइनलमा
२१ मंसिर २०८१
•
२ मिनेट पाठ
एन्जल्स हार्ट र हिमरश्मि क्वार्टरफाइनलमा
एन्जल्स हार्ट र हिमरश्मिले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलतर्फ बिहीबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।




तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको छात्र बास्केटबलमा हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमीलाई १६–१२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। हिमरश्मिका अजय खत्रीले सर्वाधिक सात स्कोर गरे।

एन्जल्स हार्टले भने रोजमेरीलाई २९–२० ले हरायो। एन्जल्सका लागि अदित पुनले १४ अंक जोडे। जुनियर ब्वाइजमै जीवनज्योतिले पद्मचक्रलाई १४–१० र सृजना ज्ञानसागरले काभ्रेस्थलीलाई २०–१८ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

त्यस्तै जीवनज्योतिका आयुश तामाङले आठ र सृजना ज्ञानसागरका विप्लव लामिछानेले ६ अंक बटुले। गल्र्समा लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई १८–१६, हिमरश्मिले पद्मचक्रलाई २८–१८, ल्यान्डमार्क एकेडेमीले तेजस्वीलाई १९–१५ र मानसिंहले एन्जल्सलाई २२–१४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। लालीगुराँसकी प्रियान्शु पन्थले ६, हिमरश्मिकी निमा तामाङले १५, ल्यान्डमार्ककी कृजिशा पुतुवारले ६ र मानसिंहकी देविका बोगटीले १० अंक जोडे।

त्यस्तै उसुमा किन्डर गार्टेन टिम च्याम्पियन बन्यो। किन्डर गार्टेनले आठ स्वर्ण, तीन रजत र एक कांस्य जित्दै उपाधि रक्षा गर्‍यो। लालीगुराँस दोस्रो हुँदा दुई स्वर्ण र तीन कांस्य जित्यो। एक स्वर्ण, आठ रजत र दुई कांस्यसहित हिमरश्मि तेस्रो भयो। थाउलोतर्फ नान छ्वानको पुरुषमा एलेक्स महर्जन र महिलामा करिना बोहरा तथा ताइची छ्वानको पुरुषमा एनेक्स महर्जन र महिलामा विपना तामाङले किन्डरगार्टेनलाई स्वर्ण दिलाए।

सान्सौंको महिला ४२ केजीमा किन्डर गार्टेनकी आयुष्ना अधिकारी र ४५ केजीमा किन्डर गार्टेनकै अंकिता श्रेष्ठले स्वर्ण जिते। यसै विधाको ४८ केजीमा लालीगुराँसकी अनु मोक्तानले स्वर्ण जितिन्। विजेतालाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले पुरस्कृत गरे।

त्यस्तै मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बिहीबार कबड्डीतर्फ छात्रमा तीन र छात्रामा चार गरी सात खेल भए। छात्रमा प्रारम्भले कालिकाशरणलाई ५७–३४, लालीगुराँसले हिमरश्मिलाई ५०–२५ र जितपुरले कालिकाशरणलाई ५१–२५ ले पराजित गरे। छात्रामा सिद्धार्थ मोडलले कौशललाई ४३–३१, मनमैजुले बालकुञ्जलाई ५९–६, ग्रामसेवाले सृजना ज्ञानसागरलाई ५४–१९ र सेक्रेट हार्टले नेपालरत्नलाई ४०–१९ ले हराए।

फुटबलमा हिमरश्मि विजयी

छात्र फुटबलमा हिमरश्मिले मनमैजुलाई २–१, एन्जल्स हार्टले गुरुकुल पब्लिकलाई ४–०, पुरानो गुहेश्वरीले रोजमेरीलाई १–० र कालिदेवीले फुटुङलाई ३–१ गोलले पराजित गरे। सृजना ज्ञानसागरले सनफ्लावरलाई १–०, नेपाल राष्ट्रिय माविले काभ्रेस्थलीलाई २–० र प्रारम्भ एलिगेन्टलाई ५–० ले हराए।

जीवनज्योतिले अमादब्लमबाट वाकओभर पायो। छात्रामा लालीगुराँसले मेघा पब्लिकलाई १–०, सेक्रेट हार्टले सनफ्लावरलाई १–०, नेपाल राष्ट्रियले ल्यान्डमार्कलाई २–० र प्रारम्भले पुरानो गुहेश्वरीलाई २–० गोलले हराए।  
अर्को समाचार
तारकेश्वर नगर खेलकुद विकासमा खड्गी
२६ फागुन २०८१
•
१ मिनेट पाठ
तारकेश्वर नगर खेलकुद विकासमा खड्गी
तारकेश्वर नगरपालिकाले नगर खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनीत गरेको छ।




काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन्। खड्गी तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक हुन्।

कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र ओझा, फिरोज श्रेष्ठ, महेश महर्जन, रमेश महर्जन र सानुबाबु महर्जन, सचिवमा गौरव बस्नेत, सहसचिवमा विकास महर्जन तथा कोषाध्यक्षमा विष्णुकुमारी महर्जन छन्। उनीहरूलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे।

समितिको संरक्षकमा मेयर महर्जन र प्रमुख सल्लाहकारमा उपमेयर सृजना बुर्लाकोटी अर्याल रहने प्रावधान छ। पुरुषोत्तम खत्री, राजेश श्रेष्ठ, प्रभुराम फुयाल, सुमन कार्की, भवनाथ गजुरेल र सुवर्ण लामा सल्लाहकारमा चयन भए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस