नेपाली युवा(१९ वर्षमुनि) क्रिकेट टोलीले टेस्ट राष्ट्र अफगानिस्तानको युवा टोलीमाथि जित निकालेको छ । युनाइटेड अरब इमिरेट्स(युएई)मा जारी अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली युवा टोलीले रोमाञ्चक खेलमा अफगानिस्तानमाथि एक विकेटको जित निकालेको हो ।
यद्यपि यो जित नेपालका सान्त्वना सफलता मात्रै हो । तर, टेस्ट राष्ट्रको टोलीमाथिको जित नेपाल जस्तो एसोसियट राष्ट्रको क्रिकेटका लागि जहिल्यै अर्थपूर्ण हुन्छ । टेस्ट खेलको मान्यताप्राप्त राष्ट्र भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमित सदस्य रहन्छ ।
मंगलबार भएको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको थियो । खेलमा नेपाली बलर सुरुदेखि नै हाबी रहे । ३५ दशमलव ४ ओभरमै अफगानिस्तानको टोलीलाई १२३ रनमा अलआउट गरिदिए । जसमा युनिस ठकुरीले १० ओभरमा २४ रन खर्चँदै ३ विकेट, सन्तोष यादवले ४.४ ओभरमा २२ रन खर्चँदै ३ विकेट, हेमन्त धामीले ७ ओभरमा ३१ खर्चेर २ विकेट र अभिषेक तिवारीले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।
अफगानिस्तानका तर्फबाट ब्याटिङमा फैजल सिनोजादाले ५२ रन जोड्नुबाहेक अन्यले राम्रो योगदान दिन सकेनन् ।
१२४ रनको झिनो स्कोर पछ्याएको नेपाली युवा टोली पनि अफगानी बलरसामु कमजोर देखिए । सुरुदेखि नै विकेट गुमाउँदै जाने क्रम चलिरह्यो ।
तर, ४१ दशमलव ३ ओभरमा ९ विकेट गुमिसकेका बेला नेपालले लक्ष्य भेट्टायो । नेपाली टोलीलाई जित दिलाउन नरेन साउँदले २६, कप्तान हेमन्त धामीले अविजित रहँदै २२ रन, अर्जुन कुमालले २१ रन र अभिषेक तिवारीले १३ महत्त्वपूर्ण रनको योगदान दिए ।
प्रतियोगितामा नेपाल यसअघि श्रीलंका र बांग्लादेशसँग पराजित भएर उपाधि होडबाट बाहिरिएको थियो। अफगानिस्तानसँगको यो जितले नेपाली युवा क्रिकेटरमा भविष्यमा हुने खेलप्रति आत्मविश्वास भने बढाउने अपेक्षा गर्न सकिन्छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले स्कटल्यान्डमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको र यसको श्रेय टिमको एकता र बेलायतमा गरिएको तयारीलाई जाने बताएका छन्।
स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले स्कटल्यान्डको कठिन परिस्थितिमा पनि टोलीले एकताबद्ध भएर राम्रो क्रिकेट खेलेको बताए।
‘स्कटल्यान्डको कन्डिसन त्यति सजिलो थिएन,’ उनले भने, ‘तर टिमले एउटा युनिटको रूपमा एकदमै राम्रो क्रिकेट खेल्यो। सिरिजअघि १० दिन बेलायतमा गरेको तयारीले पनि हामीलाई निकै मद्दत गर्यो।’
कप्तान पौडेलले नयाँ प्रशिक्षकको आगमनले टोलीमा सकारात्मक वातावरण बनेको उल्लेख गरे।
‘उहाँले एकदमै सकारात्मक र शान्त वातावरण बनाउनुभएको छ,’ उनले भने, ‘उहाँ सीधा कुरा गर्नुहुन्छ र सबै कुरालाई सरल राख्नुहुन्छ। धेरै मिटिङमा विश्वास गर्नुहुन्न, बरु मैदानमा खेलाडीलाई आफैँ निर्णय लिन प्रेरित गर्नुहुन्छ।’
टोलीमा केही खेलाडी घाइते हुँदा नयाँ खेलाडीहरूले राम्रो प्रदर्शन गरेको र त्यसले टोलीको ‘डेप्थ’ परीक्षण गर्न मद्दत पुगेको पौडेलको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...