युनाइटेडमा परीक्षा दिन अमोरिम तयार
०९ मंसिर २०८१
•
३ मिनेट पाठ
युनाइटेडमा परीक्षा दिन अमोरिम तयार
पोर्चुगिज प्रशिक्षक रुबेन अमोरिमले आइतबार इप्सविचमा पहिलोपल्ट म्यानचेस्टर युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। समस्याग्रस्त प्रिमियर लिग क्लबलाई पुनर्जीवित गर्ने लक्ष्यसाथ उनले युनाइटेड सम्हाल्न लागेका हुन्।




३९ वर्षे अमोरियो पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनका सफल प्रशिक्षक थिए। चार वर्ष उक्त क्लबमा रहँदा उनले दुई प्रिमेइरा लिग जिताएका थिए। युनाइटेडलाई सोही लयमा ल्याउने आशासहित इङ्लिस क्लबले उनलाई भिœयाएको हो। एलेक्स फर्गुसनले सन् २०१३ मा अवकाश लिएपछि युनाइटेड भित्रिने अमोरिम छैटौं स्थायी प्रशिक्षक हुन्। त्यसयता ११ वर्षमा युनाइटेडले प्रिमियर लिग वा च्याम्पियन्स लिगमा चुनौती दिन सकेको छैन। जारी प्रिमियर लिगमा पनि क्बल १३औं स्थानमा छ। एरिक टेन हागको प्रशिक्षणमा युनाइटेडले दुई सिजनमा एफए कप र कारोबाओ कप जितेको थियो।

तर, दुई उपाधि जिते पनि उनले प्रिमियर लिगमा युनाइटेडको खराब प्रदर्शनलाई सुधार गर्न सकेनन्। डच प्रशिक्षक टेन हागको प्रशिक्षणमा क्लबले बार्सिलोना, लिभरपुल र म्यानचेस्टर सिटीजस्ता टोलीमाथि प्रभावशाली जित हासिल गरेका थियो। तर, उनी त्यो जित लयलाई निरन्तरता दिन भने असफल रहे। उनीमाथि सधैं खेलाडीको प्रतिभामा भर पर्ने गरेको आरोप लाग्दै आएको थियो। त्यसको ठिक विपरीत रहे, अमोरिम। आक्रामक फुटबल शैलीका कारण स्पोर्टिङ लिस्बनलाई उनले चार वर्षमै ठूलो परिवर्तन गराइदिए।

कुनै बेला बेन्फिका र पोर्टोको छायाँ रहने स्पोर्टिङ लिस्बनले १९ वर्षको प्रतीक्षापछि पोर्चुगलको लिग दुईपल्ट जित्यो। त्यो सफलतालाई उनी जोखिम बाटोको रूपमा संज्ञा दिन्छन्। ‘प्रशिक्षकका रूपमा तपाईले कुनै न कुनै बाटो रोज्नुपर्छ। म सधैं जोखिम बाटो रोज्छु,’ उनी भन्छन्, ‘म खेलाडीप्रति र आफ्नो खेलाउने शैलीप्रति विश्वास गर्छु। युनाइटेडमा पनि नयाँ कुरा प्रयोग गर्न चाहन्छु।’ तर, नोभेम्बर २४ देखि जनवरी ५ सम्म १२ खेलको कठिन खेलतालिकाले उनलाई आफ्नो शैली कार्यान्वयन गर्न धेरै समय दिने छैन। ठूलो रकम खर्च गरिसक्दा पनि युनाइटेडको खराब नतिजामा सुधार आएको छैन।

टेन हागले पाँच ‘ट्रान्सफर विन्डो’ मा सात सय ७८ मिलियन अमेरिकी डलर खर्च गर्न लगाएका थिए। यी ‘विन्डो’ मा भित्रिएकामध्ये थोरै खेलाडीले मात्र उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। पूर्वकप्तान गेरी नेभिल धेरै खर्च गरेर ल्याएको खेलाडी असफल हुँदा प्रशिक्षकलाई बारम्बार दबाब पर्ने गरेको बताउँछन्।

‘युनाइटेडमा आएका हरेक प्रशिक्षकलाई हामी समस्या ठान्न थाल्छौं। तर, समस्या खेलाडीमा छ। ५० देखि ७० मिलियनमा आएका खेलाडी यहाँ आएर असफल हुन्छन्,’ उनी भन्छन्। डेभिड मोयस, लुइस भान गाल, जोसे मोउरिन्हो र ओले गुनर सोल्सजायरले युनाइटेडलाई राम्रो नतिजा दिन सकेनन्। सधैं खराब प्रदर्शनसँगै क्लब व्यवस्थापकबाट आइपर्ने दबाबले थिचिएर उनीहरू बाहिरिए।

इङ्लिस फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलको प्रभुत्वले पनि युनाइटेडका समर्थक अहिले निराश छन्। आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्ड पनि युनाइटेडले पहिलेजस्तो प्रभावशाली प्रदर्शन देखाउन सकेको छैन। लिभरपुल र टोटनह्यामले गत सेप्टेम्बरमा युनाइटेडलाई घरेलु मैदानमै ३–० ले नै हराए।

नयाँ प्रशिक्षकको आगमनसँगै युनाइटेड पहिलाझैं प्रभावशाली लयमा फर्किने कप्तान ब्रुनो फर्नान्डेस विश्वास व्यक्त गर्छन्।‘म स्पोर्टिङ लिस्बनको ठूलो समर्थक हुँ। रुबेन अमोरिमले उक्त क्लबमा उत्साहजनक नतिजा ल्याउनु भएको थियो। उहाँको प्रशिक्षणमा सबै कुरा परिवर्तन भयो र सबैलाई एकताबद्ध गराउन सफल हुनुभयो,’ फर्नान्डेसले भने।

अमोरिमसँग स्पोर्टिङ लिस्बनमा भन्दा धेरै प्रतिभावान् खेलाडी छन्। यी खेलाडीलाई राम्रोसँग उपयोग गर्नु नै उनको सबैभन्दा ठूलो सफलता हुनेछ। त्यसमाथि अमोरिम आफैंमा पनि आत्मविश्वासको कमी छैन। ओल्ड ट्राफोर्डमा चुनौती स्विकार्दै आफ्नो योग्यताको परीक्षा दिन उनी तयार देखिन्छन्। ‘म सपना देख्ने मान्छे हुँ। मलाई आपैंmप्रति विश्वास छ र मप्रति क्लबलाई पनि छ। हामीसँग एउटै विचार र उहीं मानसिकता पनि छ। तपाईहरूलाई यो सम्भव छ जस्तो लाग्दैन, तर म क्लबमा परिवर्तन गर्नेछु,’ उनी भन्छन्।
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
९ मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस