भारत र अस्ट्रेलियाबीच बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्ट सुरु
०७ मंसिर २०८१
•
१ मिनेट पाठ
भारत र अस्ट्रेलियाबीच बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्ट सुरु
भारत र अस्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्ट शुक्रबार अस्ट्रेलियास्थित पर्थको ओप्टस रंगशालामा सुरु भएको छ। भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।  




यस खेलमा भारतीय टिमको कप्तानी जसप्रित बुमराहले गरिरहेका छन्। भारतका नितिश कुमार रेड्डी र हर्षित रानाले टेस्ट डेब्यु गरेका छन्। आज बिहान विराट कोहलीले नितिश कुमार रेड्डीलाई टेस्ट क्याप दिएका थिए, जबकि हर्षितलाई आर अश्विनले क्याप दिएका छन्।

यो खेल पाँच टेस्ट म्याचको सिरिजको पहिलो खेल हो। समाचार तयार गर्दा भारतले तीन विकेट गुमाएर ३२ रन बनाएको छ। यशस्वी जैसवाल र केएल राहुल ओपनरको रूपमा मैदानमा उत्रे, तर जैसवाल कुनै रन बनाउन नसकेर आउट भए। उनको स्थानमा आएका देवदत्त पडिक्कल पनि बिना रन आउट भए। १२ बलमा पाँच रन बनाएर कोहली पनि आउट भएका छन्।

हाल ऋषभ पन्त र केएल राहुल अस्ट्रेलियाका बलरहरूको सामना गर्दै मैदानमा छन्।
अर्को समाचार
सिड्नी टेस्टमा भारत पराजित, अस्ट्रेलिया डब्लूटीसीको फाइनलमा
२१ पौष २०८१
•
१ मिनेट पाठ
सिड्नी टेस्टमा भारत पराजित, अस्ट्रेलिया डब्लूटीसीको फाइनलमा
सिड्नी टेस्टमा भारतीय टोली अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ। यो हारसँगै भारत बोर्डर-गावस्कर ट्रफीमा ३-१ ले पराजित भएको छ। अस्ट्रेलियाले यो सिरिजमा १० वर्षपछि भारतलाई हराएको हो। यसअघि सन् २०१४-१५ सिजनमा एमएस धोनीको कप्तानीमा भारतले अस्ट्रेलियालाई हराएको थियो।




पाँचौ तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार, भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको थियो, जुन अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्यो। ट्रेभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे। उस्मान ख्वाजाले ४१ र साम कन्स्टासले २२ रन बनाए। 

भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए। दिनको पहिलो सत्रमा भारतीय टोली दोस्रो इनिङ्समा १५७ रनमा अलआउट भएको थियो।

यसअघि अस्ट्रेलिया पहिलो इनिङ्समा १८१ रनमा अलआउट भएको थियो भने भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो, जसले भारतलाई ४ रनको अग्रता दिएको थियो।

योसँगै भारत विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) फाइनल दौडबाट बाहिरिएको छ। अस्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ। टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ। वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आउँदो जुनमा हुनेछ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस