इङ्ल्यान्डलाई अन्तरिम प्रशिक्षक कास्र्लेको बलियो साथ
०४ मंसिर २०८१
•
४ मिनेट पाठ
इङ्ल्यान्डलाई अन्तरिम प्रशिक्षक  कास्र्लेको बलियो साथ
रर




, मंसिर ३ ()– ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलसँगै दोस्रो हाफमा गोल वर्षा भएको खेलमा इङ्ल्यान्ड आइतबार आयरल्यान्डमाथि जित निकाल्दै नेसन्स लिगको शीर्ष स्थानमा फर्किएको छ।

अन्तरिम मुख्य प्रशिक्षक ली कास्र्लेको प्रशिक्षणमा इङ्ल्यान्डले आयरल्यान्डमाथि ५–० को फराकिलो जितसँगै युरोपेली फुटबलमा आफूलाई पनि शीर्ष टोलीका रूपमा उभ्यायो। ‘इङ्ल्यान्डको फुटबल हेर्न उत्साहित हुने वातावरण सिर्जना गर्न चाहन्छु,’ कास्र्लेले भने, ‘सबै खेलाडीको प्रशिक्षण हेरेको छु। उनीहरू प्रशिक्षण मैदानमा राम्रा छन्। सोहीअनुरूप आजको खेलमा पनि देखियो।’ इङ्ल्यान्डले दोस्रो स्थानको ग्रिसलाई गोलअन्तरले पछि परेको छ। ग्रिसले पनि फिनल्यान्डलाई २–० ले हराएको थियो। केनले ५३औं मिनेटमा पेनाल्टी गोल गर्दै देशका लागि कीर्तिमान सुधार गरे। पाँच मिनेटकै अन्तरमा इङ्ल्यान्डले ३–० को अग्रता बनायो।

यस क्रममा ५५औं मिनेटमा एन्थोनी गोर्डन र ५८औं मिनेटमा कनर गालागरले गोल गरेका थिए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका जारोड बोएनले पनि प्रभाव जमाए। उनले आफ्नो पहिलो टचमा नै ७५औं मिनेटमा गोल गरे। डेब्युटेन्ट टेलर हारवुडले पनि इङ्लिस जर्सी लगाएको दिन यादगार बनाए। उनले चार मिनेटपछि नै हेडमार्पmत गोल गरे। ‘यो जित हाम्रा लागि महŒवपूर्ण छ,’ केनले भने, ‘पहिलो हाफ धेरै कठिन रह्यो। तर, दोस्रो हाफमा हामी लयमा फर्कियौं र गोल स्कोरिङ गर्न सफल भयौं।’  

इङ्ल्यान्डले आगामी जनवरीमा नयाँ प्रशिक्षकका रूपमा थोमस टुचेललाई भिœयाउँदै छ। कास्र्लेले पछिल्ला ६ खेलमा पाँच जित दिलाएका छन्। उनी अब स्थायी रूपमा नै  

इङ्ल्यान्डको यु–२१ टोलीको प्रशिक्षक भइसकेका छन्। जर्मन प्रशिक्षक टुचेलले आगामी जनवरीदेखि इङ्ल्यान्डको सिनियर टोली हेर्नेछन्। टुचेलको नेतृत्वमा इङ्ल्यान्डले सन् २०२६ को विश्वकप छनोट यात्रा खेल्नेछ। उनीसँग आफ्नो टोली तय गर्न धेरै अवसर पनि हुनेछ। किनकी कास्र्लेले आफ्नो छोटो कार्यकालमा आठ खेलाडीलाई डेब्यु गर्ने अवसर दिएका छन्।  

सिनियर टोलीका लागि अन्तिम प्रशिक्षणमा पनि कास्र्लेले गोर्डन, गालागर, बोएन र हारवुडलाई डेब्यु गराएका थिए। यी सबैले गोल पनि गरे। ‘कास्र्ले लीले हाम्रो लक्ष्यअनुरूप नै काम गरे। उनले ६ खेलबाट इङ्ल्यान्डलाई नेसन्स लिगको शीर्ष स्थानमा फर्काएका छन्,’ इङ्ल्यान्ड फुटबल एसोसिएसनका सिइओ मार्क बुलिङ्घमले भने,‘उनको प्रशिक्षणमा खेलाडी पनि उत्साहित रहे। अन्तरिम प्रशिक्षकका रूपमा पनि उनले राम्रो जिम्मेवारी निर्वाह गरेका छन्।’

राबियटको दुई गोल

एड्रियन राबियटको दुई गोल प्रेरणामा फ्रान्सले बलियो इटालीमाथि ३–१ को जित निकाल्यो। यो खेलअगाडि नै दुवै टोलीले मिलानमा हुने क्वार्टरफाइनल खेलमा स्थान बनाइसकेका थिए।

तर, फ्रान्स कम्तीमा दुई गोल अन्तरमा जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा बस्न चाहन्थ्यो। राबियटले हेड गोलमार्पmत खेलको दुई मिनेटभित्र नै पाहुना टोली फ्रान्सलाई अग्रता दिलाए। ३३औं मिनेटमा लुकास डिग्नेले २५ यार्डबाट गरेको फ्रिकिक प्रहार माथिल्लो बारमा लागेर इटालियन गोलकिपर गुग्लिइल्मो भिकारियोमा ठोकिँदै गोलमा परिणत भयो। यससँगै सान सिरोमा रहेका इटालियन समर्थक शान्त बने। उनी जियालुइगी डोनारुम्मा बिरामी भएपछि उनले गोलपोस्ट समालेका थिए। तर, आत्मघाती गोल बेहोर्न पुग्दा उनका लागि सुखद भएन। तर, दुई मिनेटपछि नै इटालीले गोल फर्कायो। आन्द्रे काम्बियासोको भली प्रहार फ्रान्सका गोलकिपर माइक मेइगनानलाई पार गर्न सफल भयो।

त्यसपछि घरेलु टोलीले खेलमा फर्कन संघर्ष गरिरह्यो। यद्यपि, ६५औं मिनेटमा राबियटले अर्को हेड गोल गर्दै इटालीमाथि दबाब बढाए। त्यसपछि थप गोल भएन र फ्रान्सले इटालीको भूमिमा सहज जित निकाल्यो। यससँगै इटालीले सन् १९८३ पछि पहिलोपल्ट घरेलु भूमिमा दुई गोलभन्दा बढी अन्तरमा हार बेहो¥यो। यसै समूहको इजरायलले फिफा विश्व वरीयतामा छैटौं स्थानमा रहेको बेल्जियममाथि १–० को जित निकाल्दै सनसनी मच्चायो। इजरायल विश्व वरीयतमा ८१औं स्थानमा छ।

८६औं मिनेटमा यार्डन सुएले गरेको गोल नै हंगेरीको बुडापेस्टमा इजरायललाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। यो जितका बाबजुद इजरायल लिग ‘बी’ मा घटुवा भएको छ। अब बेल्जियमले रेलिगेसनबाट बच्न संघर्ष गर्नुपर्नेछ। इर्लिङ हालान्डको ह्याट्रिकमा नर्वेले पनि काजाखस्तानमाथि ५–० को रबाफिलो जित निकाल्यो। यो जितपछि नर्वे पनि शीर्ष स्थानमा फर्किएको छ। समूहको दोस्रो स्थानमा रहेको अस्ट्रियाले स्लोभानियासँग १–१ को बराबरी सामना ग¥यो।
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
११ घण्टा अघि
•
४ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।




बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ।

नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कांस्य पदक जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा दूरी पूरा गरेका थिए।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्वर्ण पदक जिते। उनले ९ मिनेट ०३.२१ सेकेन्डमा दूरी पूरा गरे। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते। यस इभेन्टमा यसअघि काल्किनकै नाममा ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।

महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस