क्याप्टेन पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू-१९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।
नेपालले दिएको २१४ रनको उच्च रनको लक्ष्य पछ्याएको कुवेत १३ ओाभरमा ४८ रनमा अलआउट भयो । कुवेतका लागि कप्तान जिफा जिलानीले ३६ रन बनाउन बाहेक अन्यले दोहारो अंकको स्कोर गर्न सकेनन् । कुवेतका आठ खेलाडी शुन्य रनमा आउट भए ।
कुवेतलाई सस्तैमा समेट्न क्याप्टेन पूजा महतोले ५ विकेट लिइन् । उनले चार ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिएकी हुन् । रचना चौधरी र सिमाना केसीको नाममा समान दुई विकेट रह्यो ।
यसअघि कप्तान पूजा महतोको कीर्तिमानी शतक बनाएपछि नेपालले निर्धारित ओभरमा २ विकेट गुमाएर २१३ रनको विशाल योगफल तयार पारेको थियो ।
पूजाले कुल ६९ बलको सामना गर्दै १७ चौकाको मद्दतले नटआउट १३० रन जोडिन् । प्रतियोगिताको दोस्रो संस्करणसम्म आउँदा कुनै पनि खेलाडीले बनाएको यो नै पहिलो शतक हो । पूजालाई उत्कृष्ट सहयोग गर्ने क्रममा सोनी पाख्रीनले ३३ बलमा ४३ रन जोडिन् । उनीहरूबाहेक सावित्री धामीले ११ र साना प्रविनले ६ रनको योगदान दिइन् ।
योसँगै पूजा नेपाली महिला क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी बनेकी छन् । गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् ।
मगलबारको जितसँगै नेपालले पाँच खेलबाट ८ अंक जोडेको छ । एक खेल कम खेलेको यूएईको पनि समान अंक छ र रनरेटका आधारमा शीर्ष स्थानमा कायम छ । नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली यूएईसँग खेल्नेछ ।
स्कटल्यान्डमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ। जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली सुरुवाती दबाबमा परेको छ।
पावरप्ले(०–१० ओभर)को खेल सकिँदा नेपाल दबाबमा छ। ओपनरद्वय कुशल भुर्तेल(१८ रन) र अनिल साह(२ रन)को विकेट गुमाउँदा नेपाल दबाबमा परेको हो।
अहिले १० ओभरको खेल सकिँदा नेपाल ३७ रनमा खेलिरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...