यू–१९ राष्ट्रिय क्रिकेट: गण्डकी र लुम्बिनी विजयी
१२ कार्तिक २०८१
•
२ मिनेट पाठ
यू–१९ राष्ट्रिय क्रिकेट: गण्डकी र लुम्बिनी विजयी
यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन्।




विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत आइतबार मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले हराउँदै जित हात पार्यो।

टस जितेर ब्याटिङ थालेको मधेसले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८२ रनमै समेटियो। मधेसका जितेश मण्डलले ३२ रन, निरजकुमार यादवले १८ र मायन यादवले १३ रनको यागदान गरे। गण्डकीका अपराजित पौडेलले ५ विकेट लिए।

८३ रनको लक्ष्य पाएको गण्डकीले १८ ओभर २ बल खेल्दै १ विकेटको क्षतिमा लक्ष्य भेटायो। गण्डकीका सोहेल कुँवरले अविजित ३४ र अर्जुन कुमालले २४ रन बनाए। मधेसका जितेन मण्डलले १ विकेट लिए। गण्डकीले जितसँगै २ अंक जोडेको छ भने मधेसले २ खेलमा २ अंक जोडेको छ। कोशी २ खेलमा अंकविहीन अवस्थामा रहेको छ।

त्यस्तै, बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्बिनीले घरेलु टोली कोशी प्रदेशलाई ७५ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ४१ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ३५ रन बनायो। लुम्बिनीका सन्तोष यादव र दिलसाद अलीले क्रमशः ३६ र ३२ रन बनाए। कोशीका प्रतिक पोखरेलले ३ विकेट, सौजन घिमिरे, प्रेम कामत र विपिन महतोले समान २ विकेट लिए।

१ सय ३६ रनको लक्ष्य पछ्याएको कोशी २४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६० रनमा सीमित भयो। कोशीका लागि सोनु अन्सारीले १७ र रोशन साहले १३ रन बनाए। लुम्बिनीका महेश भार, रमेश कुर्मी र सन्तोष यादवले सामना ३–३ विकेट लिए। लुम्बिनीले २ अंक जोडेको छ।

कोशीका प्रशिक्षक लाक्पा लामाले बन्द प्रशिक्षणको समय कम भएकाले उनीहरुबीच राम्रोसँग तालमेल नहुँदा यस्तो भएको हो। बलिङ पक्ष सुधारिए खेले पनि ब्याट्सम्यानले भने सोचे अनुसार चल्न नसकेको लामाले बताए। उनले भने, ‘आजको खेलमा लुम्बिनीलाई पछ्याउन सक्ने योगफलमा रोकेको हौं। बलरले राम्रो खेले। तर ब्याटिङ पक्ष फितलो भयो। लगातार २ म्याचको तालिकाले खेलाडी थाकेको देखियो।’

प्रतियोगिताअन्तर्गत आज बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा बागमती र गण्डकी प्रदेश तथा मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। 
अर्को समाचार
टी–२० महिला राष्ट्रिय क्रिकेट: लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुवात
२२ जेष्ठ २०८३
•
२ मिनेट पाठ
टी–२० महिला राष्ट्रिय क्रिकेट: लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुवात
१९ वर्षमुनीको टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रतियोगिता अन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद सुरुवात गर्‍यो ।




वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगिताको सुरुवात गरेको हो । टस जितेर ब्याटिङका लागि निम्ता पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै ओभर खेल्दा चार विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो ।

लुम्विनीका लागि सोविका शाहीले सर्वाधिक १९ रन बनाउँदा रिसाना विश्वकर्माले १७ र उमा चौधरीले १६ रनको योगदान दिए । कर्णालीका लागि सुप्रिया बुढाले ३ विकेट हातपार्दा आशना चौधरी र आयुषा बरालले समान दुई–दुई विकेट लिए ।

सुदूरपश्चिमले सावित्री धामीको आक्रामक ४१ र रश्मी सुनारको ३५ रनको योगदानमा पहिलो खेलमै जीत निकाल्यो । सुदूरलाई बलियो शुरुवात दिलाउने क्रममा ओपनर धामीले ३५ बलमा ४१ र सुनारले ३० बलमा ३५ रन जोड्दा जयन्ति भण्डारीको २० रन सुदूरको जीतका लागि महत्वपूर्ण आधार बन्यो ।

१५१ रनको लक्ष्य पछ्याएको कोशी सुदूरपश्चिमका बलरसामु निरीह बने । कोशीका कुनैपनि ब्याटरले दोहारो अंक छुन सकेनन् । सुदूरका लागि अञ्जु पार्कीले ४ विकेट लिंदा आशिका कुमारी महरा र मनिषा चौधरीले २ दुई विकेट लिए ।

प्रतियोगिता अन्तर्गतको तेश्रो खेलमा गण्डकीले बागमतीमाथि सात विकेटको फराकिलो जीत आत्मसात ग¥यो । टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीका लागि अएली यादवले नट आउट ३२ रनको योगदान दिंदा ओपनर सेविकाकुमारी यादवले १८, पूजा साँवद र सम्भाव्या ढकालले समान १२–१२ रन जोडे ।

गण्डकीतर्फबाट कुसुम गोदार, नीरु जीटी, रञ्जना साउँदले समान दुई–दुई विकेट लिए ।

९६ रन पछ्याउन क्रिज उत्रिएको गण्डकीका लागि चन्द्रमाया बरालले ४१ बलमा ३८ तथा श्रेया शाहले जोडेको २२ रनको योगफलनै जीतका लागि पर्याप्त भयो ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस