अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु
०३ साउन २०८१
•
९ मिनेट पाठ
अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु
उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो। पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन्।




गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन्। कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन्। त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन्।

धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूमिका निर्वाह गरिरहेको छ, मञ्जुश्री ट्रेल रेसले। मञ्जुश्रीले विभिन्न आयोजनामार्फत उनीहरुलाई विभिन्न अवसर प्रदान गर्नुका साथै थप प्रतिस्पर्धी पनि बनाउँदै लगेको छ। आज हामी केही नेपाली महिला धावकबारे चर्चा गर्दैछौँ।

निर्मला राई, खोटाङ

खोटाङकी ३३ वर्षीया निर्मला राईले नेपालको सबैभन्दा लामो मञ्जुश्री ट्रेल रेस एक सय माइल अर्थात् एक सय ७० किलोमिटरको दूरी ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा पूरागरी कीर्तिमानी जीत दर्ता गरिन्। उनले यस रुटमा कायम यसअघिको कीर्तिमानलाई बिना कुनै प्रशिक्षण एक घन्टाभन्दा बढी समयले तोडेकी हुन्। उनी अब आफूलाई अन्तर्राष्ट्रिय धाविकाका रुपमा स्थापित गर्ने योजनामा छिन्।

निर्मलाले अल्ट्रा रेस दौडन थालेको धेरै समय भएको छैन। तर छोटो समयको अथक प्रयासमा उनले कैयौँ दौड जितेकी छन्। यस क्षेत्रमा लाग्नुको श्रेय भने उनी अन्तर्राष्ट्रिय धाविका प्रिया राईलाई दिन्छिन्। प्रियाले नै आफूलाई दौडनका लागि जहिल्यै हौसाएको उनको भनाइ छ।

गाउँबाट काठमाडौँ आएकी उनी दौडामा लाग्नुअघि जीविकोपार्जनका लागि कहिले मार्केटिङ त कहिले सुरक्षागार्डको पनि काम गरिन्। विभिन्न पसल चाहर्दै फाइनान्सका लागि पैसा उठाउनेदेखि होटेलमा भाँडासमेत माझिन।

निर्मलाले पहिलोपटक नुवाकोटको झिल्टुङ क्रस कन्ट्री दौडमा भाग लिइकी थिइन। बाह्र दशमलव पाँच किलोमिटर दौडमा उनी चौथो भएकी थिइन्। उनी आफूलाई पहिलो सहभागिताबाटै अपेक्षाकृत सफलता मिलेपछि थप हौसला मिलेको हो भन्छिन्।

उक्त दौडपछि प्रियाले विभिन्न प्रतियोगितामा भाग लिन थालिन्। वीर गणेशमान दौड प्रतियोगितामा शीर्ष दशमा परेपछि उनको तारिफ भयो। निर्मलाले गत वर्ष अप्रिलमा एक सय ३० किलोमिटरको मनास्लु ट्रेलमा सहभागी भइन् तेस्रो भइकी थिइन्।

धावकका लागि मुख्य सहयोगी जुत्ता नै हो। जति राम्रो जुत्ता भयो दौडनका लागि त्यति नै  सहज हुन्छ। धावनका लागि जुत्ता किन्न निकै महँगो हुने गरेको उनको भनाइ छ। त्यसैले विदेशी प्रायोजक भएका प्रतियोगितामा दौडन सहज हुने उनले सुनाइन्। दौडलाई निरन्तरता दिनका लागि पनि राम्रो प्रायोजकको साथ आवश्यक भएको उनको बुझाइ छ।

अनिता राई, भोजपुर

भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईलाई सुरुमा मानिस किन दौडिन्छन् भन्ने थाहै थिएन। पोखरामा पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत रहँदा कहिलेकाहीँ धावकहरु भेटिन्थे। तर उनलाई यी धावकहरुको यो दौडाइको उद्देश्य बुझ्दिनथिन्। तर सन् २०११ मा अरु कसैले उक्साएकै भरमा दौडने योजना बनाइन्।

उनी आफ्नो पहिलो प्रतियोगिताको अघिल्लो दिन आयोजकको सम्पर्कमा आइकी थिइन्। आयोजकले दौडनुपर्छ मात्रै भनिदिए। भोलिपल्ट दौड सुरु हुने ठाउँमा पुगिन्। अरु धावकले सोहीअनुसारको पोशाक र जुत्ता लगाए पनि उनी भने सामान्य टिसर्ट, हाफ पाइन्ट र चप्पलमै पुगिन्। रातको समय पनि दौडनका लागि लाइट हुनुपर्ने भए पनि उनीसँग केही थिएन।  थियो त केबल शक्ति र आत्मबल।

उनी ५० किमीको उक्त दौडमा तेस्रो भइन्। पुरस्कारस्वरुप पाँच हजार पाइन्। आफू कार्यरत अफिसबाट पनि सम्मान पाएपछि भने दौडको महत्तव  बुझ्न थालिन्। उनले त्यसपछिका प्रायः दौडमा भाग थालिन्। केही दौडमा विजयी पनि भइन्।

उनी सन् २०२१ मा दौड प्रशिक्षणका लागि काठमाडौँ आइन्। नौ महिना प्रशिक्षण लिएर मञ्जुश्री ट्रेल रेसमा सहभागी भइन्। उक्त दौडमा उनी दुई पटकसम्म एक सय माइलको महिलातर्फ पहिलो र तेस्रो पटक दोस्रो भइन्।

मञ्जुश्री ट्रेल रेसमा दुई पटकसम्म प्रथम हुँदा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाइन्। दौडकै सिलसिलामा स्वीजरल्याण्ड, थाइल्याण्ड, फ्रान्सलगायतका मुलुक पुगिन् । अहिले उनी आफ्नो दौडलाई निरन्रतता दिँदै अरुलाई प्रशिक्षण पनि दिँदै आएकी छन्।  

आङ फुर्बा शेर्पा, सोलुखुम्बु

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जन्मिएकी आङ फुर्बा शेर्पा स्नातक अध्ययन गरिरहेकी छन्। विद्यालयमा छँदै दौड प्रतियोगितामा भागि लिएकी उनले अहिले पनि दौडलाई निरन्तरता दिएकी छन्। उनले साढे दुई वर्षअघि दाईको सुझावमा एभरेष्ट ट्रेलमा भाग लिइन्। त्यसपछि २५ किमीको दौडमा उनले दुई वर्षसम्म लगातार उपाधि जितिन्।

शेर्पा गत वर्षको एभरेष्ट म्याराथनमा विजेता बनिन्। बेसक्याम्पदेखि नाम्चेसम्मको ७० किमी दौडको महिला धावकमा उनी उत्कृष्ट ठहरिन्। त्यति मात्रै होइन, उनले आर्मी र पुरुषहरुसँगको दौडसमेत भाग लिएकी छन्। जहाँ उनले दुवैतर्फमा १०औँ स्थानमा परेकी थिइन्।

सोलुखुम्बुमै रहँदा उनी आमाबुबासँगै चौँरी चराउन जान्थिन् । विद्यालय जान मात्रै दुई घण्टा लाग्थ्यो। उनी भन्छिन्, “सायद त्यही बेलादेखि नै दौडने बानी परेको थियो। उकाली ओराली गर्दा दौडने बानी परेको हुनसक्छ।”

विगतमा भलिबल, फुटबललगायतका खेलमा सक्रिय उनी अहिले आफूलाई दौडमा मात्रै सीमित गरेकी छन्। उनी हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा पहिलो पटक सहभागी हुँदै एक सय माइलतर्फ तेस्रो भइन्। उनी अब दौडको प्रशिक्षण पनि लिने योजनामा छिन्। त्यसपछि अन्तर्राष्ट्रिय दौडमा भाग लिने सपना पनि देखेकी छन्।  

पदमकुमारी सुनुवार, ओखलढुङ्गा

ओखलढुङ्गाकी पदमकुमारी सुनुवारलाई सामान्य दौड प्रतियोगितामा भाग लिए पनि ट्रेल रेसबारे जानकारी नै थिएन। दौडमा रुचि राख्ने उनले अन्तर्राष्ट्रिय धाविका मिरा राईलगायतको नाम भने सुनेकी थिएन्।

उनले सन् २०२१ उनले आफूले देखेको सपना पूरा गर्ने अवसर पाइन्। गाउँमै सम्पन्न ४२ किमी दूरीको दौडमा भाग लिएकी उनी पाँचौँ भइन्। सो प्रतियोगिताको अतिथिमा मिरा राईलगायत खेलाडी थिए। सुनुवारले देखाएको उत्कृष्ट प्रदर्शनपछि उनीहरुले नै प्रशिक्षणको अवसर दिएका थिए। प्रशिक्षणका लागि सुनुवार काठमाडौँ आइन्। केही समय प्रशिक्षण लिएपछि दौडलाई निरन्तरता दिइन्।

उनले हालै सम्पन्न मञ्जुश्री ट्रेलको एक सय किमीको दौड २३ घण्टा ५६ मिनेट २२ सेकेण्डमा पूरा गरी महिलातर्फ प्रथम भइन्। उक्त प्रतियोगितामा भाग लिने रहर पूरा भएकामा उनी निकै खुसी देखिन्थिन्।

पछिल्लो समय उनी काठमाडौँमै रहेर दौडलाई निरन्तर अगाडि बढाएकी छन्। हालै मात्र पनि उनले २८ दिनमा नौ सय किलोमिटर दौडिइन्। जसमा उनी महिला तथा पुरुष दुवैमा पहिलो भइन्। अन्तर्राष्ट्रिय मुलुकमा समेत दौडिसकेकी उनले आगामी दिनमा पनि दौडलाई नै अगाडि बढाउने योजनामा छिन्।  

अनिता राई, सोलुखुम्बु

सोलुखुम्बु महाकुलुङकी अनिता कुलुङ राई पोखरामा दिदीसँग बस्दै गर्दा आम्दानीका लागि साइकल सर्भिसिङको काम गर्थिन्। साइकल सर्भिसिङका क्रममा उनी साइकल दौडाउन सिपालु भइसकेकी थिइन्। यही क्रममा उनले नेपालका विभिन्न स्थानमा जस्तै भारतका केही स्थानमा साइकल कुदाउँदै पुगिन्। यसै क्रममा उनले साइकल चलाएर केही प्रतियोगिता पनि जितिन्।

तर उनी यतिमा मात्रै सीमित हुन चाहन्नथिन्। उनको मनमा अझै केही गर्न पाएहुन्थ्यो लागिरहेको थियो। सोही समयमा पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ भन्ने समाचार उनको कानमा पर्‍यो। विद्यालयमा अध्ययनरत उनको परीक्षा पनि नजिकिँदै थियो। यस्तो अवस्थामा शिक्षकहरुले पनि उनलाई उक्त प्रतियोगितामा भाग लिन सुझाव दिए। उनले शिक्षकको सुझाव ग्रहण गरिन्। चार हजार मिटरको दौडमा पहिलो पटक भाग लिएकी उनी विजेता बनिन्।

त्यहाँबाट पाएको हौसलाले उनलाई दौडलाई निरन्तरता दिन हौसल दियो। तर घर परिवारले भने दौडेर जीवन खर्च गर्नुभन्दा विदेश गएर पैसा कमाउन भनिरहेका थिए। परिवारको उक्त सुझावविपरीत भाइले भने दौडनका लागि उत्सह भरिदिए। सोही समयदेखि दौडमा होमिएकी उनले हालसम्म दौडेरै कैयौँ सफलता पाइसकेकी छन्। केही समयअघि सम्पन्न काठमाडौँमा सम्पन्न मञ्जुश्री ट्रेल रेसअन्तर्गतको एक सय माइलको दौडमा उनी दोस्रो भइन्। यो सफलताले उनलाई अब अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडनका लागि ऊर्जा थपेको छ।  

प्रिया राई, खोटाङ

खोटाङकी प्रिया राई कक्षा ९ पढ्नका लागि काठमाडौँ आएकी थिइन्। अध्ययनका क्रममा उनले तेक्वान्दो प्रशिक्षण लिइन्। तेक्वान्दो प्रशिक्षणका क्रममा उनलाई अब यही क्षेत्रमा लाग्नुपर्छ भन्ने लागेको थियो। तर यसैबीच उनलाई कसैले ट्रेल रनिङबारे सुनाइदिएको थियो। तेक्वान्दोमा रमाइरहेकी उनले एक्कासी भोजपुरमा आयोजना भइरहेको ट्रेल रनिङमा पहिलो पटक भाग लिन पुगिन्। 

उनका अनुुसार त्यो बेलासम्म दौडमै पनि करिअर बनाउन सकिन्छ भन्ने थाहा थिएन रे । “पहाडका उकालो र ओरालोमा दौडनुपर्ने रहेछ। उक्त प्रतियोगितामा भाग लिइसकेपछि उनले अब तेक्वान्दो नभई यसै क्षेत्रलाई करिअर बनाउँछु भन्ने लागेको हो”, उनले भनिन् । हाल उनी यसै क्षेत्रमा निरन्तर क्रियाशील छन्।  

रसिला तामाङ, धादिङ

धदिङकी सन् २०१५ मा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरको जाउलाखेलस्थित आयोजना गरिएको एउटा तालिममा रसिला तामाङले भाग लिने अवसर पाएकी थिइन्। कार्यक्रममा सँगै गएकी दिदीले त्यो कार्यक्रम छाडेर अर्को कार्यक्रममा जान कर गरिन्। दिदीले भनेको अर्को कार्यक्रम दौड प्रतियोगिता रहेछ। सोही दिवसको आयोजनामा महिलाबीच दौड प्रतियोगिता आयोजना गरिएको रहेछ। तर सहभागीले अधिकांश जिन्स पाइन्ट र जुत्ता पहिरिएका थिए। उनी तुरुन्तै कोठामा पुगिन् र सोही पोशाकमा पुनःकार्यक्रममै फर्किइन्।

लाइनमा करिब चार सय महिला दौडनका लागि तयारी अवस्थामा थिए। उनी पनि त्यही भीडमा मिसिइन्। दौडने सङ्केत पाएसँगै उनी पनि भीडमा दौडिइन्। त्यो दौड रसिलाका लागि पहिलो थियो। पाँच किलोमिटर दूरीको उक्त दौडमा रसिला दोस्रो भइन्। पहिलो दौडमै सफलता पाएकी उनले त्यसपछि दौडमै आफूलाई केन्द्रित गरिन् । पछि विस्तारै अन्य प्रतिस्पर्धामा पनि भाग लिन थालिन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन थालिन्। हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा ५० किलोमिटरतर्फ उनी दोस्रो भइन्। उनले दौडकै सिलसिलामा एक दर्जनभन्दा बढी मुलुक पुगिसकेकी छिन्। हाल उनी दौडमै करिअर बनाउनेगरी सक्रिय छन्।  

 छोकी शेर्पा, ओखलढुङ्गा

ओखलढुङ्गाकी छोकी शेर्पा एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौँ आएकी थिइन्। गाउँकै साथीहरु दौड प्रतियोगितामा भाग लिएको देखेर उनी पनि यसमा आकर्षित भएकी रहिछन्। साथीहरुको सङ्गतले उनी पनि यसैमा जोडिँदै गइन्।

सन् २०१८ मा उनले पहिलो पटक औपचारिक रुपमा दौड प्रतियोगितामा सहभागी भइन्। उनको पहिलो दौड तीन सय किमीको अन्नपूर्ण सर्किटमा थियो। सात किलोसम्मको भारी बोकेर १२ दिनमा पूरा गर्नुपर्ने सो दौडमा उनी सफल भइन्। त्यसपछि हो दौडप्रति उनको लगाव अझ बढ्यो।

दौडका क्रममा उनी विभिन्न देश पुगेकी छन्। हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसको ५० किमी दौडमा उनी पहिलो भइन्। उनी दौडकी कारण आफू सङ्कुचीत हुन नपाएको बताउँछिन्।  दौडमार्फत प्रकृतिको अवलोकन गर्न पाएको र त्यससँगै आफूलाई जोडुन पाएको उनको बुझाइ छ। उनले पहिलो दौडमा लगाएको कन्भर्स जुत्ताले बनाएको घाउको अझै पनि सम्झना आउँछ। पछिल्लो समय उनले भाग लिएको काठमाडौँ भ्याली रिम च्यालेञ्जमा उनी पहिलो बनिन्। कमलकुमार बस्नेत/रासस
अर्को समाचार
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
५४ मिनेट अघि
•
१ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
चितवन। जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ।

 

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले शनिबार रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

 

निरीक्षणका क्रममा उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिए।

 

रङ्गशालाको बाँकी कामका लागि सानो विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जनाउँदै उनले आवश्यक प्रक्रिया पूरा गरी दुई–तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए। त्यसपछि तत्काल टेन्डर प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो।

 

रङ्गशालामा ‘फ्लडलाइट’ जडानलाई प्राथमिकतामा राखिएको जनाउँदै मन्त्री लम्सालले आगामी एनपीएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए। चौथो संस्करण ‘होम–अवे फर्म्याट’ मा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायत मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल सञ्चालन गर्न सकिने उनको भनाइ थियो।

 

गौतमबुद्ध रङ्गशालामा एनपीएलको चौथो संस्करणमै खेल सञ्चालन गर्न सकिनेमा मन्त्री लम्साल आशावादी देखिए। आगामी एनपिएलमा गौतमबुद्ध रङ्गशालामा खेल हुने वा नहुने विषय क्यानको निर्णयमा निर्भर रहने मन्त्री लम्सालले स्पष्ट पारे। प्रतियोगिताका खेल विभिन्न मैदानमा विकेन्द्रित गरी तीन–चार वटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल सञ्चालन हुनसक्ने उनको भनाइ थियो।

 

रङ्गशालाको बाँकी निर्माण तथा व्यवस्थापनका काम अघि बढाउने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी टेन्डरमा जाने विषय निरीक्षणका क्रममा प्राथमिकतामा परेको छ।



शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
यो पनि पढौँ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस