नागरिककर्मी बस्नेत सम्मानित
३१ असार २०८१
•
२ मिनेट पाठ
नागरिककर्मी बस्नेत सम्मानित
नागरिककर्मी चुमनकुमार बस्नेतलाई सम्मान गर्दै कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारलगायत । तस्बिर/नागरिक
कोशी प्रदेश खेलकुद विकास वोर्डले नागरिककर्मी चुमनकुमार बस्नेतलाई सम्मान गरेको छ । सञ्चार क्षेत्रबाट कोशी प्रदेशको खेलकुदको विकासमा सहयोग पुर्‍याएको भन्दै प्रदेश खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा एक समारोहकाबीच  मोरङ संवाददाता बस्नेतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको हो ।  




यसैवीच अन्य पत्रकारहरू अन्नपूर्ण पोष्टका किशोर बुढाथोकी, नेपाल टेलिभिजन इटहरीकी भुमिका पाख्रीन, विराटनगरका पत्रकार पुस्पराज थपलियालगायतलाई पनि नगद राशीसहित सम्मान गरेको छ ।  

कोशी प्रदेशका खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित २ सय बढीलाई कोशी प्रदेश खेलकुद विकास वोर्डले पुरस्कृत गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, वोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलगायतले पुरस्कृतहरूलाई नगद र  सम्मान पत्र प्रदान गरे  ।  

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई अन्तराष्ट्रिय खेलको हवका रुपमा विकास गर्ने तयारी भइरहेको बताए  । कार्कीले कोशी प्रदेशमा खेलकुदको पूर्वाधार निर्माणले तिब्रता लिंदै गएको र केहि वर्ष भित्रै अन्तराष्ट्रिय खेलकुद हवका रुपमा विकास गर्ने योजनाका साथ प्रदेश सकारले काम गरिरहेको जानकारी दिए ।  

उनले झापाको आदिवासी रंगशाला निर्माणको क्रममा रहेको, विराटनगरको वैजनाथपुर रंगशाला प्रदेशको मातहतमा ल्याएर चाँडोभन्दा चाँडो निर्माण गर्न संघ सरकारसँग पहल थालिएको, विराटनगर आसपासमा अन्तराष्ट्रिय रंगशला निर्माणका लागि पहल सुरू गरिएको मुख्यमन्त्री  कार्कीले बताए ।  

खेलकुदको पूर्वाधार विकाससँगै खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रोत्साहनलगायतका कामलाई पनि प्रदेश सरकारले ध्यानमा राखेको मुख्यमन्त्री कार्कीले बताए ।  

मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसके पनि अब, राजनीतिक स्थिरता तर्फ  प्रदेश अघि बढेकाले खेलकुद क्षेत्रमा सरकारले उल्लेख्य काम गर्ने दबी गरे  । ‘राजनीतिक अस्थिरताले प्रदेशमा सोचे जसरी काम गर्न नसकिएको भए पनि अदालतको आदेश पनि राजनीतिक स्थिरतातर्फ प्रदेश अघि बढेकाले अब, खेलकुद क्षेत्रमा कोशी सरकारले उल्लेख्य काम गर्नेछ’ मुख्यमन्त्री कार्कीले भने ।  

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खेलेर गौरवकासाथ बाँच्न सकिन्छ भन्ने स्थापित गर्न कोशी प्रदेश खेलकुद वोर्ड लागि परेको बताए । उनले केहि वर्ष भित्रै खेलाडीलाई गौरबकासाथ सम्मानित रुपमा बाँच्ने अवस्था  सृजना हुने बताए ।  

कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरू र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यार्थी खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो । खेलाडीहरूलाई १५ हजार देखि ५० हजार रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।  
अर्को समाचार
नागरिककर्मी चुमन बस्नेत सम्मानित
२२ असार २०८०
•
२ मिनेट पाठ
नागरिककर्मी चुमन बस्नेत सम्मानित
नागरिककर्मी चुमन बस्नेतलाई सम्मान गर्दै अस्पताल विकास समितिका पदाधिकारी लगायत। तस्बिर /नागरिक
नागरिककर्मी चुमन बस्नेत नगदसहित सम्मानित भएका छन्। अस्पताल सुधार गर्न पत्रकारिता मार्फत सहयोग गरेको भन्दै  कोशी अस्पताल विकास समितिले शुक्रबार बस्नेतलाई सम्मानपत्रसहित नगद ११ हजार रुपैयाँले सम्मानित गरेको हो।




कोशी अस्पताल विराटनगरको विकास समितिले तीन वर्षे कार्यअवधिमा गरेका उपलब्ध सार्वजनिक कार्यक्रममा बस्नेतसहित अस्पतालका कर्मचारीहरू पनि सम्मानित भएका छन्।

सम्मानित हुनेहरूमा  अस्पतालका जनस्वास्थ्य निरीक्षक गजेन्द्रप्रसाद यादव, कम्प्युटर अपरेटर विनोद राजभर, मेडिकल अधिकृत तथा न्यूरो सर्जन डाक्टर चन्द्रप्रकाश यादव, स्टाफ नर्स निशाकुसुम गौतम र कार्यालय सहयोगी ज्ञानबहादुर गौतम सम्मानित भए। सममानित हुनेहरूलाई कोशी अस्पताल विकास समितिका सदस्यहरू मुकेश बुढाथोकी, देवा यादव लगायतले  सम्मान गरेका थिए।

कार्यक्रममा कोशी अस्पता विकास समितिका सदस्य मुकेश बुढाथोकीले २०७७ असार २२ गते नियुक्त भएको समितिले २४ बैठकमा निर्णय भएका अस्पताल सुधारका २२ काम गरेको प्रगतिविवरण सार्वजनिक गरे।

कोरोना संक्रमणको जटिल समयमा महेश भट्टराई अध्यक्ष, मुकेश बुढाथोकी, शिल्पा निराला कार्की र देवा यादव सदस्यमा नियुक्त भएका थिए। कार्की  विराटनगर महानगरको उपप्रमुख छिन्। यस अवधिमा नयाँ भवनको मास्टर प्लान र निर्माण, ओएनएम सर्भे गरि १ हजार १ सय ४४ दरबन्दी कायम गराउने काम भएको छ। यस्तै विकास समितिको पहलमा  अक्सिजन प्लान्ट, एचडियु सेवा, आईसियु र भेन्टिलेटर सेवा व्यस्थापन गरिएको बुढाथोकीले जानकारी दिए।

यसैगरी अस्पतालको उठ्न बाँकी सटर भाडा ८० लाखमध्ये ५५ लाख उठाइएको छ। युरो सर्जरी सेवा, पूर्वाञ्चलको मेडिकल कजेजको रुपमा सञ्चालन प्रक्रिया अघि बढेको छ।  ३ अर्ब ३३ करोडमा दस तले भवन निर्माण कार्य सुरु भएको प्रगति विवरणमा उल्लेख छ। यसैगरी अस्पतालको जग्गा खाली गराएर नयाँ भवन निर्माण सुरु गरिएको जानकारी दिइएको छ।

विकास समितिले गरेका सबै निर्णय कार्यन्वयन गरेको दाबी विकास समिति सदस्य देवा यादवले गरे। भट्टराई नेतृत्वको विकास समितिको कार्यअवधि शुक्रबार नै सकिएको छ।  तीन वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै विकास समितिका पदाधिकारीहरूले शुक्रबार नै विदा लिएका छन्।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस