अमेरिकामा जारी आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले क्यानडालाई हराएको छ। अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटबाट हराएको हो।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारीत २० ओभरमा ७ विकेटको नोक्सानीमा १०६ रन बनाएको थियो ।
जवाफमा पाकिस्तानले १७ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै पहिलो जित हात पारेको छ । योसंगै पाकिस्तानले ३ खेलमा पहिलो जित हासिल गरेको हो । यस अघि पाकिस्तान पहिलो खेलमा अमेरिकासंग तथा दोश्रो खेलमा भारतसंग पराजित भएको थियो ।
पाकिस्तानका लागि सबैभन्दा बढि मोहम्मद रिजवानले ५३ रन तथा कप्तान बाबर आजमले ३३ रन बनाए । सैम अयुब ६ रन बनाएर आउट भए । क्यानडाका लागि डिलोन हेलिगरले दुई विकेट लिए । त्यसैगरी जेरेमी गोर्डनले एक विकेट लिए ।
क्यानडाको पालोमा सबैभन्दा बढि आरोन जोन्सनले ५२ रन बनाए । उनले ४४ बलमा ४ छक्का र ४चौक्कासंगै ५२ रन जोडेका हुन । त्यसैगरी कलीम सानाले १३ र कप्तान साद बिन जफरले १० रन बाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले दुई दुई विकेट लिए । त्यसैगरी शाहीन शाह अफ्रिदी र नसीम शाहले एक एक विकेट लिए ।