२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ।

नेपाल आजको खेलमा पनि जित हात पार्दै आफ्नो जितको यात्रालाई निरन्तरता दिन चाहन्छ भने पाहुना टोली वेस्ट इन्डिज ‘ए’ पहिलो जितको खोजीमा हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल र रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ ले पाँच खेलको टी–२० सिरिज खेल्दै छ। जसमा पहिलो खेलमा नेपाल सानदार जितसहित १–० ले अघि रहेको छ।

शनिवार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्दै जित हासिल गर्‍यो।

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको तेस्रो खेल १९ वैशाखमा हुनेछ। यस्तै चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ।

प्रकाशित: १६ वैशाख २०८१ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App