विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।
धनकुटामा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नगदसहित सम्मान गरेका हुन्।
साउदी अरेबियामा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडी सविता राना मगर, अमिसा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिषा बस्नेत, प्रीति राई, अञ्जिला तुम्बाफो र प्रशिक्षक श्याम मानन्धरले जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे।
मलेसियामा सम्पन्न आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङले ५० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरिन्।
त्यसैगरी, चीनमा सम्पन्न १९औं एसियाली गेम्समा महिला कबड्डीमा कास्य पदक विजेता खेलाडी क्याप्टेन मेनुका राजवंशी, अनुजा कुलुङ राई, ईशा राई र मुख्य प्रशिक्षक पार्वती राईले जनही २-२ लाख रुपैयाँसहित सम्मानपत्र पाए। १९औं एसियाली खेलकुदमा रजत पदक दिलाएका कराते प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।
खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेट प्रबन्ध गरेको बताए। उनले खेल कक्षा कोठा बाहिरको सिकाइका साथै रोजगारीको स्रोत भएकाले सरकारले प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र पदक दिलाउने प्रशिक्षकलाई सम्मान गर्ने कार्य योजना बनाएको बताएका छन्।
प्रदेश खेलकुद विकास बोर्डले स्पष्ट कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय खेलमा पदक जित्ने खेलाडी उत्पादनका लागि आएको अवस्थामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता मुख्यमन्त्री कार्की व्यक्त गरे।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ।
प्रदेशसभाको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभाको बैठकमा प्रतिपक्षमा बहुमत सांसद भएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न आग्रह गरे।
सर्वोच्च अदालतले गरेको व्याख्यामा सरकार बन्ने विकल्प बाँकी रहेसम्म नयाँ सरकार गठन हुन सक्ने दाबीसमेत गरे। उनले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिन पाउने जिकिर गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...