वीरगन्ज महानगरपालिका वडा नं-१० वडा समितिको कार्यालयद्वारा आयोजित दोस्रो वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी टिमले जितेको छ।
ठाकुरराम कलेजको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा बागमती टिमलाई ९ विकेटले हराउँदै कोशीले उपाधि उचालेको हो।
आज भएको फाइनल खेलमा बागमतीले २० ओभरको खेलमा १ सय ४८ रन बनाएको थियो। टस हारेर ब्यटिङ्गको निम्तो पाएको बागमतिका लागि बिक्की गुप्ताले सर्वाधिक ३९ रन बनाए।
त्यस्तै, अनमोल गुप्ताले ४ रन, विनोद कानुले १८ रन, करण पटेलले ३५ रन, शुभम् गुप्ताले १६ रन, आनन्द गुप्ताले ९ रन, राहुल कानुले १ रनको योगदान दिए।
१ सय ४९ रनको लक्ष्य पाएका कोशीका लागि ओपनर राहुल साहले नटआउट सर्वाधिक ६१ रनको योगदान दिए। त्यसैगरी सुमन साहले ५१ रन र सागर साहले ३५ रन जोडेर टिमलाई जितसम्म पुर्याए।
बलिङमा कोशीका लागि सन्नी साहले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए। त्यसैगरी आनन्द जितले ४ ओभरमा ४३ रन, आनन्द गुप्ताले ४ ओभरमा २७ रन खर्चेका थिए। सूर्य चौधरीले २ ओभरमा २२ रन खर्चे।
टिम कोशीका ओपनर ब्याट्सम्यानले शतकीय साझेदारी गरि आफ्नो टिमको जित सुनिश्चित पारे। आजको खेलमा राहुल साह म्यान अफ दि म्याच घोषित भए।