हरिशंकरको अलराउन्ड प्रदर्शन
०७ माघ २०८०
•
२ मिनेट पाठ
हरिशंकरको अलराउन्ड प्रदर्शन
अर्धशतक पूरा गरेपछि मधेशका हरिशंकर साह। तस्बिर: क्यान
कप्तान हरिशंकर साहको अलराउन्ड प्रदर्शनमा मधेस प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित आत्मसात् गरेको छ।




मधेसले शनिबार कर्णालीमाथि ६१ रनको जितसहित जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो। कप्तान तथा ओपनर हरिशंकरले ५० रनको अर्धशतक बनाएसँगै एक विकेट पनि लिँदै अलराउन्ड प्रदर्शन गरे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मधेसले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। शीर्ष तीनका ब्याटरको साथ पाएपछि मधेसले मध्यम लक्ष्य दिएको हो। जबाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा १७० रनमै अलआउट भयो।

कर्णालीको सुरुआत राम्रो हुन सकेन र चौथो ओभरमै १२÷२ को अवस्थामा पुग्यो। यस क्रममा कप्तान तथा ओपनर रवीन्द्र शाही एक रन र हिमान्शु शाही दुई रनमा आउट भए। दुवैलाई राजेश यादवले आउट गरेका हुन्।
अर्का ओपनर विपिन शाहीले तेस्रो विकेटका लागि अर्जुन घर्तीसँग ४६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे। तर, विपिन ३१ रन बनाएर पभेलियन फर्किए। त्यसपछि विकेटकिपर अर्जुनले राम्रो साथ पाएनन्। लगातार विकेट पतन हुँदा कर्णाली २८.२ ओभरमा १०४/७ को अवस्थामा पुग्यो।

यद्यपि, नवौं नम्बरमा ब्याटिङ गर्न आएका दिनेश अधिकारीले उनलाई साथ दिए। यी दुईले आठौं विकेटका लागि ६१ रनको साझेदारी गर्दै कर्णालीको आशा जीवन्त राखे। तर, मधेसका बलर राजेश यादवले ४०औं ओभरमा दिनेशलाई ३३ रनमा आउट गर्दै साझेदारी तोडे। त्यसपछि खातामा थप पाँच रन जोड्दा कर्णालीले बाँकी दुई विकेट पनि गुमाउन पुग्यो। अर्जुन ५८ रनमा अर्जुन तिवारीद्वारा आउट हुन पुगे। उनको इनिङमा दुई चौका र दुई छक्का रह्यो। मधेसको बलिङमा राजेशले तीन विकेट लिए।

प्रदीप पासवानले दुई तथा रूपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर र पवन सर्राफले समान एक विकेट लिँदै कर्णालीलाई सस्तैमा अलआउट गरे। त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले उत्कृष्ट सुरुआत गर्‍यो। तर, मध्यक्रम चल्न नसक्दा ठूलो योगफल भने बनाउन सकेन।

कप्तान हरिशंकर र मयनको अर्धशतकमा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३१ रनको योगफल बनायो। कप्तान हरिशंकर र मयनले समान ५० रन जोड्दा विकेटकिपर अनिल साहले ४४ रन बनाए। हरिशंकरले ६१ बलमा ६ चौका प्रहार गरे। अनिलले ४४ बलमा चार चौका र दुई छक्का हिर्काए।
मयनको अर्धशतकमा पाँच चौका रह्यो। अनिल र हरिशंकरले पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रन जोड्दै सानदार सुरुआत गरेका थिए। आठौं नम्बरका ब्याटर अभिषेक तिवारीले ३७ बलमा ३४ रन जोड्दै मधेसको इनिङ उकास्न मद्दत गरे। कर्णालीको बलिङमा दीपेन्द्र रावतले चार, अनुज चनाराले दुई तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले समान एक विकेट लिए।
अर्को समाचार
पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो
२५ कार्तिक २०७९
•
१ मिनेट पाठ
पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो।




पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले। उनले एक सय ४० रनको योगदान दिए। यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे।  

बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट झारे। यस खेलको विजेताले फाइनलयात्रा तय गर्नेछन्। हिजो भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मधेस प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको छ। प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन्। फाइनल खेल भोलि हुनेछ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस