युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई पत्नीशोक परेको छ। मन्त्री लिम्बुकी श्रीमती गगामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बुका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए। उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो।
गंगामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनको आजै अन्त्येष्टि गरिने बताइएको छ। गंगामायाका एक छोरा र एक छोरी छन्। –रासस
गंगामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनको आजै अन्त्येष्टि गरिने बताइएको छ। गंगामायाका एक छोरा र एक छोरी छन्। –रासस