केपी ओली टी–२० क्रिकेटःसुदूरपश्चिममाथि मधेशकाे रवाफिलो जीत
११ मंसिर २०८०
•
१ मिनेट पाठ
केपी ओली टी–२० क्रिकेटःसुदूरपश्चिममाथि मधेशकाे रवाफिलो जीत
प्लेयर अफ दि म्याच हरिशंकर साह। तस्बिरः उमेश पुन/नागरिक
सुदूरपश्चिममाथि मधेश प्रदेशले ८ विकेटको जीत निकालेको छ। सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै पुरा गर्यो। 




मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा टस जितेको सुदूरपश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमायो। ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा डकआउट भए। त्यस्तै गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए। कप्तान राजु रिजालको पनि व्याट चलेन्। उनी पनि २ रनमा आउट भए। चौथो नम्बरमा आएका खडक बोहोरा ९ बलको सामना गर्दै एक रनमा पभेलियन फर्किए। बसन्त कार्की ४ रनमै आउट भए। 

छ जना व्याटरको दोहोरो अंकको रन बनाउनबाट चुकेको सुदूरलाई किरण ठगुन्नाले १० रन बनाउँदै क्रिजमा टिक्ने सम्भावना देखाए। तर उनी पनि अनिल साहको बलमा आउट भएपछि सुदूरपश्चिमको नियत उस्तै रह्यो। बसन्त खत्री १ रनमा र नारायण जोशी ३ रनमा फर्किए। नरेश साउदले १८ रनको योगदान दिँदा भोजराज भाट भने १० रनमै आउट भए। मधेश प्रदेशको बलिङ सामु सुदूरको व्याटर खासै चल्नै सकेनन्। मधेशका हरिशंकर साहले ४, रुपेश सिंहले तीन विकेट लिए।  

हरिंशकर साह शून्यमै आउट भएपछि दबावमा परेको मधेशलाई अनिल साहले जितको आधार तयार पारिदिए। ५९ रनको लक्ष्य पछ्याउने क्रममा साह तीन बल खेल्दै खाता नै नखोली गजेन्द्र बोहोराको बलमा बोल्ड भए। अनिल साहले ११ बल  खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाए। उनी पनि बोहोराकै बलमा आउट भए। इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी गर्दै जित सुनिश्चित गरे। दुवै नटआउट रहने क्रममा शेखले १७ र सर्राफले १४ रन बनाए। शेखले ९ बलमा २ चौका र १ छक्का हिकाए भने सर्राफले ५ बल खेल्ने क्रममा दुई चौका र एक छक्का बोर्डमा चढाए। हरिशंकर साह खेलमा प्लेयर अफ दि म्याच घोषित भए।
अर्को समाचार
केपी ओली टी–२० क्रिकेटः मधेशलाई उपाधि
१५ मंसिर २०८०
•
३ मिनेट पाठ
केपी ओली टी–२० क्रिकेटः मधेशलाई उपाधि
पोखरामा आयोजित केपी ओली टी–२० को उपाधि विजेता मधेश प्रदेशका खेलाडी ट्रफी सहित। तस्बिरः उमेश पुन/नागरिक
त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो। मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो।  




शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा मधेशको शुरुवात उत्कृष्ट हुन सकेन्। मधेशले पावर प्लेमा ४६ रन बनाउँदा दुई विकेट गुमाएको थियो। सातौं नम्बरमा आएका विशाल पटेलले इनिङ सम्हाल्दै अविजित ४९ रनको योगदानमा मधेशले ८ विकेट गुमाउँदै १३५ रन बनायो। उनले ३२ बल खेल्दै तीन चौका र तीन छक्का हिर्काए।  

१७ रन जोड्ने क्रममा पहिलो विकेट गुमायो। मधेशले दोस्रो विकेट पनि सस्तैमा गुमायो। अनिल साहलाई तिब्रगतिका बलर सोमपाल कामीले विवेक यादवको हातबाट क्याच गराए। दोस्रो विकेटको रुपमा हरिशंकर साहलाई गुमाएको थियो। कप्तान हरिशंकरले २१ बल खेल्दै २७ रन बनाए। ३ चौका र २ छक्का उनको इनिङमा रह्यो। इमरान शेखलाई सातौं ओभरको दोस्रो बलमा गुमाएपछि मधेश दबावमा पर्यो। शेख पनि ८ रन आउट भए। साहब आलमको बलमा विकेट किपर विनोद भण्डारीले शेखलाई स्टम्प आउट गरिदिए । पाँचौ नम्बरमा आएका मायान यादवलाई आलमले नै बोल्ड गरेपछि मधेश ९ ओभरको समाप्तीमा ५२÷४ को स्थितिमा रह्यो। दशा ैंओभरमा मधेशले केवल तीन रन मात्रै जोड्यो।  

११ औं ओभरको तेस्रो बलमा आलमले पवन सर्राफलाई ९ रनमा पभेलियनको बाटो देखाए। १४ बल खेल्ने क्रममा सर्राफ बोल्ड भए। त्यस ओभरमा आलमले केवल एक रन खर्चिएर एक विकेट लिए। उनले तीन ओभर बलिङमा केवल ५ रन खर्चिएर ३ विकेट लिए। मधेशका व्याटरको महत्वपूर्ण साझेदारी बन्ने सकेन्। बसिर अहेमदको बलमा हिमांशु दत्त १४ रनमा बोल्ड भए। १८ औं ओभरमा विवेक यादवले पहिलो र दोस्रो बलमा विकेट लिएपछि मधेशको स्कोर मध्यम बन्न पुग्यो। एकै ओभरमा यादवले विशाल सुस्लिङ र रुपेश सिंहको विकेट लिए। विवेक र साहब आलमको नाममा समान ३ विकेट लेखियो।  

१३६ रनको लक्ष्य पछ्याएको आर्मी सन्तोष कार्की पाँचौ ओभरमा १६ रनमा आउट हुदाँ पहिलो विकेट गुमायो। ३२ रनको साझेदारी हुदाँ प्रविन पासवानको बलमा कार्की एलबीडब्लु धरापमा परे। कार्कीले १६ रन बनाउन १३ बल खेले। तीन चौका हिर्काए। दोस्रो विकेटको रुपमा रोहित पौडेल आउट भए। पौडेल केबल ११ बलमा ५ रनमा प्रतिक यादवको बलमा मायान यादवबाट क्याच भए।

११ औं ओभरको पहिलो बलमा हरिशंकर साहले विनोद भण्डारीलाई एलबीडब्लु धरापमा पार्दै आर्मीमाथि दबाव बनाईराखे। भण्डारीले ३० बलमा ३२ रन हिर्काउँदा ५ चौका सामेल थियो। सोही ओभरको तेस्रो बलमा साहले बसिर अहेमदलाई उस्तै एलबीडब्लु आउट गरे। ओभरको पाँचौ बलमा कुशल मल्ललाई बोल्ड गर्दै डकआउट गरे। साहले एकै ओभरमा तीन विकेट झारेपछि आर्मीलाई लक्ष्य पछ्याउन सकस बनेको थियो। आफनो दोस्रो ओभर बलिङ गरेको साहले केवल एक दिएर ३ विकेट लिए। साहले आफनो तेस्रो ओभरको बलिङ गर्ने क्रममा राजेश पुलामीलाई पनि दुई रनमै पभेलियन फर्काए।  

इनिङ सम्हाल्ने प्रयास गरिरहेका भीम सार्की पनि २२ रनमा आउट भएपछि आर्मी धरासायी बन्न पुग्यो। प्रदीप पासवानको बलमा सार्की १७ औं ओभरको चौथो बलमा आउट भए। २१ बलमा दुई चौका र एक छक्का हिर्काए। विवेक यादवले १४ बलमा २५ रन बनाए। सोमपाल कामीले १५ बलमा १६ रनमा अविजित रहे। यद्यपी हार टार्नबाट जोगाउन सकेनन्। ७ विकेटको क्षतिमा आर्मी १२४ रनमा समेटियो।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस