कास्की जिल्ला फुटबल संघले आगामी मंसिर २० गते सी लाइसेन्स प्रशिक्षक कोर्ष गर्ने तयारी गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अन्तर्गत सी लाइसेन्स प्रशिक्षक कोर्ष आयोजनाको जिम्मेवारी कास्की जिल्ला फुटबल संघले पाएको हो। यस अघि एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई प्रशिक्षक कोर्षको जिम्मेवारी थमाएको थियो।
एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई जिम्मेवारी दिए पनि एएफसीबाट स्वीकृति नहुँदा कोर्ष कार्यान्वयनमा आउन सकेको थिएन। एन्फाकै अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रशिक्षक कोर्ष अन्यौलतामा परेको थियो।
केही दिन अघि मात्रै हेटौँडामा सम्पन्न भएको विशेष अधिवेशनले एन्फा अध्यक्ष नेम्वाङको पक्षमा विश्वासको मत प्राप्त भएपछि कोर्षले नयाँ मोड लिएको हो। कोर्षको जिम्मेवारी कास्की जिल्ला फुटबल संघलाई दिइएको हो।
कास्की जिल्ला फुटबल संघले अधिवेशन अघि नै सी लाइसेन्स प्रशिक्षक कोर्षको लागि मागसहित निवेदन पेश गरेको थियो। निवेदनै आधारमा एन्फाले कास्की जिल्ला फुटबल संघलाई आगामी मंसिर २० गते कोर्ष गर्ने जिम्मेवारी सुम्पिएको हो। एन्फालाई आर्थिक भार नपर्ने गरी कोर्षको कार्यक्रम गर्न स्वीकृति दिएको हो।
कोर्षमा २४ जनाले सहभागिता जनाउन पाउनेछन्। राष्ट्रिय खेलाडी, डी लाईसेन प्राप्त प्रशिक्षक (कम्युनिटी कोर्ष गरेकोले) सहभागिता जनाउन पाउने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रन्जितले जानकारी दिए।
देशभरका सबै खेलाडी तथा कम्युनिटी कोर्ष गरेकाहरुले पाउने उनको भनाई थियो। खास गरी गण्डकी प्रदेशका जिल्लाहरुलाई प्राथमिकता दिइने उनले सुनाए।
कोर्ष एक हप्ताको हुनेछ। प्राविधिक रुपमा दक्ष, फिजिकल फिटनेस लगायतमा पास हुनुपर्ने प्रावधान रहेको छ। पास भएकाहरुले मात्रै लाइसेन्स पाउने उनले बताए। कोर्ष दुई चरणमा हुने छ।