‘ओभर दी क्लाउड्स’ (बादलभन्दा माथि)। सायद धावकहरू निकै उचाइमा पुग्नुपर्ने भएकाले नै होला नारा नै बादलभन्दा माथि तय गरिएको। नेपालकै पुरानोमध्येको ट्रेल रेसको आगामी कात्तिक १८ गते हुने संस्करणको नारा यही हो। धावकहरू मर्दी हिमाल टे«कअन्तर्गत बादलडाँडा पुगेर ओर्लिनेछन्। बादल डाँडा समुद्री सतहदेखि झन्डै ३३ सय मिटरको उचाइमा पर्छ।
ट्रेल रेसको यो नवौं संस्करण हो। हराउँदै गएका पोखरा र सेरोफेरोका गाउँहरूका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा टे«ल रेस सिरिज’ ले गर्दै आएको छ। पोखरा र आसपासमा धेरै ट्रेल (गोरेटो) छन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको छ। प्रवद्र्धन गर्नु नै संस्थाको मूल उद्देश्य हो। उद्देश्यअनुसार नै संस्थाले सिरिजलाई फरक फरक उकाली ओराली गोरेटोमा दौडाउँदै आएको छ। ‘नेपाली मौलिक एवं ग्रामीण गोरेटो (ट्रेल) लाई पर्यटनसँग जोड्ने अभियानअन्तर्गत ट्रेल रेस गर्दै आएका हौं,’ संस्थापक अध्यक्ष गुरुङको भनाइ थियो।
दौडमा अमेरिका, बेलायत, भियतनामलगायतका देशहरूका धावकले नाम दर्ता गरिसकेका छन्। दौड कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँबाट सुरु हुनेछ। ८० किलोमिटरको उक्त दौड लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडापुगेर फर्किनेछ। त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुँदै पोखराको खपौदी पुगेर दौड समापन हुनेछ। दौडलाई पोखराको गोल्ड्स जिमले फिटनेस पार्टनरका रूपमा सहयोगी भूमिका खेलेको छ। नर्थ नेपाल ट्राभल्स र टे«कर्स ट्राभल्स पार्टनरका रूपमा छन्। दौडमा फन रनका लागि ७ किलोमिटर र बालबालिकाका लागि १ किलोमिटरको दौड समावेश गरिएको छ। बालबालिकालाई स्वाथ्यप्रति सचेतनासँगै खेलकुदप्रति आकर्षण गर्ने उद्देश्यसहित गत संस्करणबाट इभेन्टलाई समावेश गरिएको उनले जानकारी दिए। दौडका विजेताले नगद पुरस्कारसमेत प्राप्त गर्नेछन्।
नेपालमा कर्णालीमा आयोजना हुने रारा ट्रेल रेस, रुकुममा हुने गोरिल्ला ट्रेल रेस निकै चर्चामा छन्। तीसँगै पोखरामा आयोजना हुने पोखरा टे«ल रेस निकै चर्चित छ। दौडिनैका लागि विदेशबाट समेत धावकहरू पोखरा आइपुग्ने गरेका छन्। नेपालकै विभिन्न जिल्लाबाट धावकहरूले आफूलाई टे«ल रेसमा सहभागी गराउँदै नयाँ अनुभव बुटल्न चाहन्छन्। टे«ल रेसमार्फत विदेशी धावक अंक बटुल्न पोखरा आउने गरेका छन्। पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले बर्सेनि लामो र छोटो दूरीको ट्रेल रेस गर्दै आएको छ। तीन महिनाअघि मात्रै २५ किलोमिटरको मेथ्लाङ–सराङकोट ट्रेल रेस आयोजना गरेको थियो।कात्तिक १८ गते (नोभेम्बर ४) मा आयोजना हुने दौड ८० किलोमिटरको हुनेछ। पन्चासे अल्ट्रा रेसको नाम दिइएको छ। जहाँ तीनवटा इभेन्ट्सलाई समेटिएको छ। ‘पन्चासे अल्ट्रामा ८० किलोमिटर, ५५ किलोमिटर र २५ किलोमिटरको दौड तय गरिएको छ,’ पोखरा ट्रेल रेस सिरिजका संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले भने, ‘५५ किलोमिटर विजेता महिला तथा पुरुष धावकले थाइल्यान्डमा आयोजना हुने अल्ट्रा रेसमा सहभागिता जनाउन पाउनेछन्।’ पोखरामा आयोजना हुने रेसका धावकलाई अन्तराष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले आइटिआरए प्वाइन्ट्स(अंक) दिने उनको भनाइ थियो।