विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।
विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज पहिलो लेगको खेल खेल्न लागेको हो।दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश छनौट हुनेछ ।
आफूभन्दा तल्लो वरियताका लाओसविरुद्ध उत्रदै गर्दा नेपाल सहज जितको खोजीमा हुनेछ।
सिनियर खेलाडी अधिकांश अस्ट्रेलिया पलायन भएपछि केही युवा खेलाडीलाई समावेश गर्दै नेपालले टिम बनाएको छ।
काठमाडौको दशरथरंगशाला परिसरमा नेपाल र लाओसबिचको खेल हेर्नका लागि टिकट गर्दै ।आज दशरथ रंगशालामा घरेलु दर्शकको उल्लेखिय सहभागिता हुने अपेक्षा गरिएको छ। आजको खेल हेर्नका लागि साधारण तर्फको प्याराफिटका लागि ३०० तथा भिआईपी तर्फको प्याराफिटको लागि ५०० रुपैया तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा खेल्नेछ।
दुवै टिम पहिलो चरणमा जित निकाल्दै दोस्रो चरणमा आफुलाई सुरक्षित गर्न चाहन्छन्। दोस्रो चरणमा पुग्ने टिमले एसियाका शीर्ष देशसँग होम एण्ड अवेका आधारमा छनोट खेल्ने अवसर पाउनेछन्।
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।
पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...