१९ औँ एसियाली खेलकुद: नेपालको निराशाजनक प्रदर्शन
०८ असोज २०८०
•
४ मिनेट पाठ
१९ औँ एसियाली खेलकुद: नेपालको निराशाजनक प्रदर्शन
नेपालले चीनको हानझाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा आइतबार ११ खेलमा प्रतिस्पर्धा गर्दा निराशाजनक प्रदर्शन गरेको छ ।




जारी एसियाली खेलकुदमा नेपालका दुई सय ५३ खेलाडीले कुल २९ खेलमा प्रतिस्पर्धा गर्दै छन् । एसियाड औपचारिक रूपमा सुरु भएको दोस्रो दिनको खेल सकिँदा छिमेकी राष्ट्र चीनले स्वर्ण पदकमा वर्षा गरिरहेको छ । तर, नेपाल भने कम्तीमा कांस्य पदकको नजिक पनि पुग्न सकिरहेको छैन । त्यसैले सन् १९८६ को सिओल एसियाडदेखि कम्तीमा एक कांस्य पदक जित्दै आएको नेपाल यस पटक पनि हात खाली नराख्ने लक्ष्यमा छ । नेपालले एसियाडकै लागि तीन खेललाई विशेष तयारी गराएको थियो । ती खेल हुन्, तेक्वान्दो, कराते र बक्सिङ ।  

हालसम्म एसियाडमा तेक्वान्दोले १४ पदक, बक्सिङले ६ र करातेले तीन पदक ल्याएको इतिहास छ । त्यसैले पनि नेपाली खेलकुदको निकायले यी खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षण या विदेशी प्रशिक्षक नै नियुक्त गर्दै तयारी गराएका थिए । यी तीन खेलमध्ये बक्सिङ र तेक्वान्दो दुवैको प्रतिस्पर्धा सोमबारबाट सुरु हुँदा नेपालको सुरुआत सुखद भएन । सोमबार बिहान नेपालले तेक्वान्दोको एकल पुम्सेमा महिला र पुरुष दुवैतर्पm प्रतिस्पर्धा गरेको थियो ।

प्रेमबहादुर भुजेलले क्वार्टरफाइनलसम्म यात्रा तय गर्दा स्वस्तिका तामाङ अन्तिम १६ मै पराजित भएपछि तेक्वान्दोमा पहिलो दिन नै नेपालका दुई खेलाडीको चुनौती सकिएको छ । प्रेमले अन्तिम १६ मा पाकिस्तानका कदिर अब्दुसलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका थिए । तर, उनी क्वार्टरफाइनलमा फिलिपिन्सका पेरेज प्याट्रिक किङसँग पराजित हुन पुगे । प्रेमबहादुरले ७.१६० स्कोर ल्याउँदा प्याट्रिकले ७.५६० स्कोर प्राप्त गरे । स्वस्तिका भने मलेसियाकी दिहाना एकिदासँग पराजित भइन् । स्वस्तिकाले ७.२५० अंक ल्याउँदा दिहानाले ७.६०० अंक पाइन् ।

बक्सिङ: दीपक र संगीता निरास

जारी एसियाडमा पदकको आशा गरिएको बक्सिङमा नेपालका १३ बक्सरको चुनौती तय थियो । त्यसमध्ये पहिलो दिन दीपक श्रेष्ठ र संगीता सुनारको चुनौती पनि पहिलो खेलमा नै समाप्त भयो ।

दीपकले ८० केजीमुनि तौलसमूहमा विश्व बक्सिङ च्याम्पियनसिपका रजत विजेता उज्बेकिस्तानका खबिबउल्लेब तुराबेकसँग पराजित भए । संगीता भियतनामकी हा थी लिनसँग पराजित भइन् । दुवै बक्सरको चुनौती ५–० ले समाप्त भयो । १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता मीनु गुरुङ पहिलो खेलमा नै पराजित भइन् । महिला ५०–५४ केजी तौलसमूहमा उनी जापानकी किनोसिन्ता रिंकासँग ५–० ले सहजै पराजित भइन् । एसियाका लागि भारतमा विशेष प्रशिक्षण गर्दै चीन आएको नेपालको बक्सिङ टोलीको सुरुआत सुखद हुन सकेन ।  

उज्बेकिस्तानका खबिबउल्लेब तुराबेकसँग बक्सिङमा प्रतिस्पर्धा गर्दै दीपक श्रेष्ठ (नीलो) बायाँ र तेक्वान्दोको एकल पुम्सेमा प्रतिस्पर्धा गर्दै नेपालका प्रेमबहादुर भुजेल । 
उसु: विजयको उत्साहजनक प्रदर्शन

पहिलो दिन उसुमा १३औं सागका स्वर्ण विजेता विजय सिन्जाली मगरले सोमबार एसियाडमा छानछ्वान विधामा उत्साहजनक प्रदर्शन गरे पनि नतिजा उनको पक्षमा आएन । उनी पदक जित्नबाट ०.०५७ अंकले मात्र पछि परे । यस विधामा स्वर्ण जितेका सुन पेयुनले ९.८४० अंक ल्याउँदा रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउमा ची कुवानले ९.७६० ल्याए । विजयले ९.७०३ अंक ल्याए पनि पदकका लागि साँघुरो अन्तरले पराजित भए । सविता राईको प्रदर्शन भने निराशाजनक रह्यो । सविताले ८.७९६ अंक ल्याउँदा उनी १४औं स्थानमा खुम्चिइन् । उसुमा सोमबार नेपालका थप दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उसुको सान्सौं (फाइट) मा इलिना चौधरी र रोहित चुनारा पराजित भए ।

महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा इलिना इरानकी मानसो¥यान इलाहेसँग पराजत भइन् । रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गिस्तानका एमानबेकोभसँग अभाजबेकसँग २–० ले पराजित भए ।  

सागका स्वर्ण विजेता विजय सिन्जाली मगर १९ औँ एसियाली खेलकुदमा प्रदर्शन गर्दै ।
टेनिस: प्रदीपको विजयी सुरुआत

चीनको हाङझावमाजारी १९औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । 

अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् । आइतबारै नेपाली खेलाडीले दुई महिला सिंगल्स तथा एक पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे । महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा बाई पाएका थिए ।

दोस्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–० र ६–० ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसँग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले चुक्यो । सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्नेछन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
२१ मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस