‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ २९ देखि
२४ भदौ २०८०
•
२ मिनेट पाठ
‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ २९ देखि
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन्। लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन्। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि सहभागिता नजनाउने आयोजक समक्ष पत्रचार गरेको छ।  




पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छ। बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गल्कोट भलिवल क्लब बाग्लुङ र गण्डकी प्रदेशको टोलीको सहभागिता रहने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। ‘दुवै प्रतिस्पर्धा लिगको आधारमा खेलाईने छ। महिलाको लिग रोविनमा हुने छ’ पत्रकार सम्मेलनमा प्रतियोगिताका जुरी डि.बी नेपालीले भने, ‘पुरुषको अंकको आधारमा शीर्ष दुईमा पुग्ने टोली बीच फाईनल प्रतिस्पर्धा गराईन्छ।’    

यतिबेला महिला तथा पुरुष भलिबल खेलाडी १९ औं एशियाडको तयारीमा जुटेका छन्। बन्द प्रशिक्षणमा व्यस्त छन। लामाचौर कपमा नेपाली भलिबलका शीर्ष राष्ट्रिय खेलाडीहरुको उपस्थिति भने रहने छैन्। राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता पुरस्कार विजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा समाजका प्रथम उपाध्यक्ष प्रचारप्रसार समितिका संयोजक दिनेश भण्डारीले जानकारी दिए। उपविजेता टोलीले १ लाख १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन्। तेस्रो स्थानमा रहने टोलीले नगद ५० हजार १ सय ११ रुपैयाँ पाउने छन्।  

सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई आकर्षक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता भदौ २९ गतेदेखि शुरु हुने छ। पोखरा–१९ लामाचौरस्थित इन्द्रैराज्यलक्ष्मी माविको खेल मैदानमा हुने प्रतियोगिताको फाईनल असोज १ गते हुने छ। नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी हरितालिका तीजको अवसरमा वर्षेनी महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। समाजले दुईवर्ष यता विद्यालयस्तरीय भलिबल प्रतियोगितालाई स्थगित गरेको छ।  

भलिबल प्रतियोगितासँगै समाजले मनोरन्जनको लागि तीज गीत र विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितालाई समेत समावेश गरेको छ। एकै ठाँउमा खेलकुदसँगै मनोरन्जनको अवसर दर्शकले पाउने छन्। समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले दर्शकको लागि ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिने उल्लेख गरे। उनले शान्ति सुरक्षाको लागि सुरक्षा निकायसँग समन्वय गरिएको सुनाए।  
अर्को समाचार
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा ५-५ टिम सहभागी हुने
११ भदौ २०८१
•
३ मिनेट पाठ
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा ५-५ टिम सहभागी हुने
पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा ५-५ टिम सहभागी हुने भएका छन्।




नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले हरेक वर्ष आयोजना गर्दै आएको लामाचौर तिज महोत्सवको अवसरमा आयोजित लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुबैतर्फ विभागीयसहित ५-५ टिम प्रतिस्पर्धामा उत्रिने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। प्रतियोगिता भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म चल्ने जनाइएको छ।

लामाचौर तिज महोत्सवमा खेलकुदको छुट्टै ब्राण्ड बनाएको लामाचौर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ११ औं संस्करणमा नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र न्यू एभरेस्ट भलिबल क्लबलाई सहभागिताका लागि पत्राचार गरिएको क्लबका प्रथम उपाध्यक्ष तथा सूचना तथा सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिए।

विगत दुई अघिदेखि सुरु भएको तेस्रो लामाचौर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पनि सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल टिमलाई सहभागिताका लागि पत्राचार गरिएको प्रथम उपाध्यक्ष भण्डारीले बताए।

सहभागी टिमको यातायात, आवास तथा खानालगायतका सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने उनले बताए। ‘सहभागी टिमको सम्पूर्ण खर्च हामीले नै बेहोर्ने हो’–उनले भने।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको उपाधि बिजातेले १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तृतीय हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए।

प्रतियोगिता अवलोकनका लागि दर्शकले टिकट काट्नु पर्नेछ। भलिबल खेल अवलोकनका लागि पहिलो दिन एक सय, दोश्रो र तेस्रो दिन दुई सय र तेस्रो दिन अर्थात फाइनल खेल अवलोकनका लागि दर्शकले तीन सय रुपैयाँको टिकट काट्नुपर्ने अध्यक्ष भण्डारीले बताए।

लामाचौर तिज महोत्सवको अवसरमा खुल्ला तिज गीत प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ। तिजको अवसरमा आयोजित खुल्ला तिज गीत प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार १ सय ११, द्वितीय हुने समूहले ३० हजार १ सय ११, तृतीय हुने समूहले २० हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने समूहले १० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए।

महोत्सवको अवसरमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितासमेत आयोजना हुने आयोजकले जनाएको छ। जसमा प्रथम हुनेले ४० हजार १ सय ११, द्वितीय हुनेले २५ हजार १ सय ११, तृतीय हुनेले १५ हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने ३ टिमलाई ५ हजार १ सय ११ दरले पुरस्कार प्रदान गरिने उनले बताए।

भलिबल प्रतियोगिताका लागि टिकट काट्नुपर्ने भएपनि महोत्सवमा भने प्रवेश निःशुल्क गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

पत्रकार सम्मेलनमा उपस्थित पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले लामाचौर तिज महोत्सव र लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता लामाचौर र बाटुलेचौरको पहिचान भएकाले आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले भलिबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग गर्न आफूहरू तयार रहेको बताए।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस