खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै
०२ भदौ २०८०
•
२ मिनेट पाठ
खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै
प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई सूचीकृत गर्न परिपत्र गरेको छ। सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा (जोखिम बहन) गर्ने निर्णय गरेको छ। त्यसको लागि प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले आगमाी बुधबार हुने छलफलबाट कार्यविधि तयार गर्ने बताए।  




‘पहिला हामीले जिल्लाका रेफ्री, प्रशिक्षक, संघका पदाधिकारी तथा कर्मचारीलाई सम्बन्धित संघ मार्फत सूचीकृत गर्न आग्रह गरेका छौं’ सदस्य सचिव शर्माले भने, ‘सूचीकृतको भएकाको यकिन तथ्यांक आएपछि मात्रै विमाको फाईनल गर्नेछौ।’ उनका अनुसार खेलाडीहरुको पनि दुर्घटना विमा हुनेछ।

खेलाडीको हकमा प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगितामा समावेश भएका खेलाडीहरुलाई विमामा समेटिने छ। आगामी बुधबार हुने बैठकमा दुर्घटना विमा९जोखिम०को कतिसम्म दिने विषयमा निर्णण् गरेपछि विमा कम्पनीसँग छलफल गरेर टुंग्याईने बताए।‘प्रतियोगिताको दौरानमा हुने दुर्घटनालाई ध्यानमा राखेर दुईलाखसम्म उपचार खर्च (प्रकृति अनुसार) पाउने व्यवस्थासहितको विमा गर्ने छौ,’ उनको भनाई थियो।  

प्रदेश सरकारले खेलाडीको विमाको लागि खेलाडी कल्याणकारी कोषमा १० लाख रुपैयाँ छुट्टाएको छ। प्रदेश खेलकुद परिषदले पनि सबै रेफ्री तथा प्रशिक्षकलाई सूचीकृत गर्न आग्रह गरिसकेको छ। सूचीकृतको लागि परिषदले जिल्ला खेलकुद विकास समिति कास्की मार्फत आउन सबैलाई आग्रह गरेको छ। सूचीकृतको लागि एकहजार रुपैयाँ शुल्क बुझाउनुपर्ने समेत प्रावधान राखेको छ। ‘सूचीकृत हुन एकहजार रुपैयाँ शुल्क तोकेका छौं’ प्रदेश खेलकुद परिषदका सदस्य सचिव शर्माले भने, ‘जुन शुल्क खेलाडी कल्याणकोषमा जम्मा हुने छ। कोष बृद्धि गर्दै लैजाने उद्देश्य पनि हो।’  

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले एककरोड रुपैयाँ बराबरको खेलाडी कल्याणकोष स्थापना गरेको छ। त्यसको खेलाडी कल्याणकारी कोष नियमावली छ। प्रदेश खेलकुद ऐन २०७७ मा कोष स्थापना गर्ने बारे उल्लेख छ। प्रदेश खेलकुद परिषदले खेलाडी कल्याणकारी कोष २०७८ को नियमावली बनेपछि आवश्यक छलफल गरेर कार्यविधि तयार पार्ने योजना बनाएको उनको भनाई थियो। खेलाडी कल्याणकोषबाट खेलाडीको उद्दार, आपतकालिन सहयोग तथा छात्रवृत्ति लगायतका विषयमा छलफल गरेर कार्यविधि बनाईने उनले जानकारी दिए।  

‘खेलाडीलाई पढनबाट बन्चित नहोस भन्ने उद्देश्यले कोषबाटै छात्रवृत्ति दिन मिलाउने विषयमा समेत छलफल गरिने छ,’उनले भने। प्रतियोगिताको समयमा हुने भइपरि आउने दुर्घटनाबाट खेलाडी घाईते भएको अवस्थामा न्यूनतम दुईहजारदेखि दुईलाखसम्मको औषधी उपचारको व्यवस्था गर्ने विषयमा कार्यविधिमा उल्लेख गरिने सदस्य सचिव शर्माले सुनाए। कतिपय खेलाडीहरु रकमकै अभावमा उपचार गर्न पाएका छैनन्। रकम अभावकै कारण उपचार नपाउँदा खेलाडी फेरी खेलकुदका फर्किन सक्ने अवस्था छैन्।  

‘यो शुरुवात हो। राम्रो हो। तर खेलाडीसँग शुल्क उठाउनुहुदैन्,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने, ‘रकम अभावकै कारण कतिपय अवस्थामा खेलाडीले उपचार गर्न पाएका छैनन्। प्रदेश खेलकुद परियादको यो शुरुवात गर्नु राम्रो हो।’  
अर्को समाचार
‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण
२६ फागुन २०८०
•
२ मिनेट पाठ
‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण
पोखरामा टेनिस प्रशिक्षण लिने बालबालिका। तस्बिरः नागरिक
‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण पोखरामा सुरु भएको छ।




प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ भन्ने नाराका साथ प्रशिक्षण दिन थालिएको हो।

गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिने प्रशिक्षण शनिबारबाट सुरु गरिएको हो। उक्त प्रशिक्षणको शनिबार पोखरा रंगशालामा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका छन्।

प्रशिक्षण कार्यक्रममा सदस्य सचिव शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि अभियान रहेको बताए। उनले टेनिस खेलाडी उत्पादन गर्न यो प्रशिक्षणले सघाउने पनि बताए।

‘खेल्छ गण्डकी’ खेलकुदको क्षेत्रमा अविरल बगिरहने नदी जस्तै हो, यो पवित्र अभियान पनि हो । टेनिसले खेलकुदबाट टाढा रहेकालाई मैदानमा ल्याएर उल्लेखनीय कार्य गरेको छ,’ उनले भने, ‘अब खेलकुदबाट टाढा हुनुपर्ने छैन। विपन्न वर्गका बालबालिकाले यसमा मौका पाउनेछन्। पहुँच हुनेका लागि मात्र नभई सबैका लागि खेल हुनेछ।’

मोबाइलमा झुम्मिएर फुर्सदको समय कटाउने बालबालिकालाई खेल मैदानसम्म ल्याउनु निकै चुनौतीपूर्ण रहको उनले बताए। अभिभावकलाई समेत आफ्ना छोराछोरी कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको पनि सदस्य सचिव शर्माले बताए।

यो कार्यक्रमले खेल संस्कृति र खेलकुद विकासको अभियानमा समेत महत्त्वपूर्ण भूमिका निभाउने उनको भनाई छ। ‘खेलकुद क्षेत्र बहु आयामिक विषय समेत हो। सबै उमेर समूह र वर्गलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी भूमिका यसले निभाउनेछ,’ उनले भने।

खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताए।

उनले भने, ‘सबै खेल संघहरुको संस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ,’ उनले भने।  

उक्त प्रशिक्षणमा ६ देखि १६ वर्ष सम्मका बालबालिका सहभागी छन्। उनीहरुलाई दुई महिना प्रशिक्षण दिइनेछ। पहिलो चरणमा ३० जना बालबालिका सहभागी छन्। ती सबै विपन्न वर्गका बालबालिका हुन्। घरघरबाट ल्याएर उनीहरुलाई प्रशिक्षणमा सहभागी गराइएको पनि संघले बताएको छ।

कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेल पनि विपन्न वर्गका बालबालिकाबाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही वर्गका बालबालिका समेटिने बताए।

‘खेल्छ गण्डकी खेल्नेका लागि एक महत्त्वपूर्ण कार्यक्रम हो। यो कार्यक्रम मार्फत समाजमा पछाडि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ कायस्थले भने।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस