मच्छिन्द्र दोस्रो चरणमा
२४ साउन २०८०
•
३ मिनेट पाठ
मच्छिन्द्र दोस्रो चरणमा
पारो एफसीका खेलाडीसँग बलका लागि प्रतिस्पर्धा गर्दै मच्छिन्द्रका आयुष घलान (दायाँ) । तस्बिर सौजन्य ः क्लिक स्पोर्ट्स
नेपालको शीर्ष डिभिजन टोली मच्छिन्द्र फुटबल क्लब दोस्रो प्रयासमा एएफसी कप छनोटअन्तर्गत दोस्रो चरणमा पुग्न सफल भएको छ।  




त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मच्छिन्द्र भुटानको शीर्ष डिभिजन क्लब पारो एफसीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै एएफसी कप छनोटअन्तर्गत दोस्रो चरणमा पुगेको हो। अघिल्लो सिजन घरेलु मैदानमा श्रीलंकाको ब्लु स्टारसँग २–१ ले स्तब्ध हुँदा मच्छिन्द्र दोस्रो चरणमा प्रवेश गर्न असफल भएको थियो। यस पटक घरेलु लिगमा दोस्रो स्थानमा सीमित भए पनि एएफसी कप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलेको मच्छिन्द्रले पहिलो प्रतिद्वन्द्वीलाई पन्छायो।  

गत सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको एएफसी क्लब लाइन्सेन्स नहुँदा दोस्रो स्थानको मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप छनोट खेल्न अवसर पाएको हो। अब मच्छिन्द्रले दोस्रो चरणको खेलमा भारतको मोहन बगान क्लबसँग आगामी अगस्ट १६ मा खेल्नेछ। खेलको सुरुआतमा नै पछाडि परे पनि मच्छिन्द्रले धैर्यता गुमाएन र छिट्टै खेलमा फर्कियो। पारोले खेलको आठौं मिनेटमा नै आत्मघाती गोलमार्फत अग्रता लिँदै घरेलु टोलीमाथि दबाब बनायो।

पेनाल्टी क्षेत्रको बायाँ भागबाट यशी दोर्जीको पासमा काजुओ होमाको प्रहार बचाउने प्रयासमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हात लागेर बलले जाली चुमेको हो। तर, पाहुना टोलीको त्यो अग्रता लामो समय टिक्न सकेन। १२औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। आयुष घलानको क्रसमा विमलले हेडरमार्फत गोल गरे। त्यो गोलसँगै मच्छिन्द्रले उच्च आत्मबलका साथ लगातार आक्रमण बुन्यो र अर्को गोल थप्यो। यस पटक आयुषले १५औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई २–१ ले अग्रता दिलाए।  

विमलको पास सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रबाट नै गोल गरेका हुन्। खेलमा अग्रतापछि मच्छिन्द्रले लगातार आक्रमण बनायो। २७औं मिनेटमा विमलको अर्को लामो प्रयास पहिलो बार हुँदै बाहिरियो। खेलको ३९औं मिनेटमा मच्छिन्द्रले तेस्रो गोल गरेपछि पाहुना टोली दबाब पर्यो। ओमुलाजा करिमको क्रसमा अफिज ओलावालेले हेडरमार्फत गोल गर्दै मच्छिन्द्रलाई ३–१ ले अगाडि बढाए। ४३औं मिनेटमा उत्सव राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको सशक्त प्रहारले पोस्टको सही दिशा लिन सकेन।  

खेलको दोस्रो हाफमा भने पारोले सुधारिएको प्रदर्शन गर्यो। ४९औं मिनेटमा मच्छिन्द्रका सनिस श्रेष्ठले डी बक्सभित्रबाट पाएको अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहार माथिल्लो बारबाट अकासियो। ५७औं मिनेटमा एसी दोङले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार मच्छिन्द्रका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिए। त्यससँगै पाहुना टोलीले अग्रता छोट्याउने अवसर गुमायो। त्यसको तीन मिनेटपछि पनि पारोका इभान असान्तेको प्रहार विशालले बचाए। ६७औं मिनेटपछि मच्छिन्द्रका आशिष चौधरीको पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत हुन सकेन। अन्तिम २० मिनेट बाँकी छँदा भने पारोले लगातार आक्रामण बुन्दै मच्छिन्द्रलाई दबाबमा राख्यो।  

पारोले ७१औं मिनेटमा त्यसको सफलता पनि पायो। इभान्सले लामो पास नियन्त्रणमा लिँदै गोल गरे। त्यो गोलसँगै पारोले खेलमा फर्किने आशा देखायो। त्यसपछि पारोले लगातार आक्रामण बुन्दा मच्छिन्द्रले लामो समय बललाई मध्यभाग पार गराउन सकेन। खेल सकिन लाग्दा मच्छिन्द्रका गोलकिपर विशाल बाधक बनेपछि पारोले बराबरी गर्ने अवसर गुमायो। ८९औं मिनेटमा डी बक्सभित्रबाट काजुओ होमाको प्रहार विशालले उत्कृष्ट बचाउ गर्दै मच्छिन्द्रको संकट टारे। इन्जुरी समयमा विमल खाली पोस्टमा गोल गर्न चुके।  

आशिष चौधरीले दिएको पासमा पारोका गोलकिपर ग्याल्छेन ग्याङ्पो पनि बिट भएको अवस्थामा उनी गोल गर्न असफल रहे। यद्यपि, मच्छिन्द्रले ३–२ को जित निकाल्दै दोस्रो प्रयासमा एएफसी कप छनोटको पहिलो चरण पार गर्यो। यसअघि पहिलो सिजनमा भने मच्छिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणमा नै स्तब्ध भएको थियो। घरेलु मैदानमा भएको उक्त खेलमा मच्छिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–१ ले स्तब्ध भएको थियो। अब मच्छिन्द्रले दोस्रो चरणको खेलमा भारतीय क्लब मोहन बगानसँग अगस्ट १६ मा प्रतिस्पर्धा गर्दै छ।  
अर्को समाचार
भुटानी क्लब पारोलाई हराउँदै मच्छिन्द्र दोस्रो चरणमा
२३ साउन २०८०
•
१ मिनेट पाठ
भुटानी क्लब पारोलाई हराउँदै मच्छिन्द्र दोस्रो चरणमा
नेपाली क्लब मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश पुगेको छ। 




भुटानी क्लब पारो एफसीलाई ३-२  गोलले  हराउँदै  मछिन्द्र पहिलो पटक दोस्रो चरणमा पुगेको हो। 

आज दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई  दोश्रो चरणमा पुराउन विमल घर्ती मगर, आयुष घलान र  ओलावाले आफिजले १/१ गोल  गरेका हुन। मछिन्द्रले तीनै गोल मध्यान्तर अघि गरेको हो । पारोले मध्यान्तर अघि एक र मध्यान्तर पछि एक गोल गरेको हो। 

मछिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टसंग  खेल्नेछ। खेल साउन ३१ गते  कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस