पोखराका जिमसेन्टर : व्यायामशाला बढे, खेलाडी बढेनन्
०४ साउन २०८०
•
४ मिनेट पाठ
पोखराका जिमसेन्टर : व्यायामशाला बढे, खेलाडी बढेनन्
स्वास्थ्यका लागि खेलकुद। खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन्। शहरी जीवन व्यस्त छ। तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ। वर्षेनी जिम सेन्टर थपिने क्रममा छन्। तर जिमका व्यावसायिक खेलाडी भने घट्दै गएको जिम सञ्चालक स्वीकार्छन्।  




पोखरामा २०४० सालदेखि जिम गर्ने परिपाटी शुरु भएको इतिहास छ। पोखरा व्यायामशालाको स्थापनासँगै व्यवसायिक जिमको शुरुवात भएको हो। ५० को दशकमा आईपुग्दा जिम सेन्टर १० को हाराहारीमा पुग्यो। ६० को दशकमा आईपुग्दा थपिएर १५ पुग्यो। ७० को दशकमा २५ वटा पुग्यो। त्यसपछिको पछिल्लो दशकमा पोखरामा व्यवसायिक जिम सेन्टरको संख्या ४० हो हाराहारीमा पुगेको छ।  

जिम थपिने क्रममा छ। कोभिडले धेरैलाई सतायो। कोभिडपछि स्वास्थ्यप्रतिको सचेतना निकै बढेको छ। त्यसयता नै धेरै जिम सेन्टर स्थापना भएको देख्न सकिन्छ। ‘पोखरामा अहिले ४०÷४२ को संख्यामा जिम सेन्टर छन्’ पोखराकै पुरानो जिम सेन्टर रत्न श्री जिमका सञ्चालक वकिलमान(शंकरमान) उदासले भने, ‘खुल्ने क्रममा अझै छन् ।’ उनका अनुसार व्यवसायिक जिमको तथ्यांक संकलन शुरु गरिएको छ। जिमको छाता संगठन जिम व्यवसायी संघ समेत दर्ता गर्ने क्रममा रहेको उल्लेख गर्दै उनले संघमा आवद्ध हुन ३९ जना आईसकेको जनाए।  

जिम सेन्टरमा पुरुष मात्रै होईन युवतीको पनि आकर्षण बढेको छ। खास गरी ३० वर्षमाथिको उमेर समूह स्वास्थ्यप्रतिको सचेत रहँदै पसिना बगाउन जिम धाउने गरेका छन्। दशजोड दुई अध्ययन गर्ने युवा भने शरीर बलिष्ठ बनाउन ध्यान दिने गरेका छन्। राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक जीवन घिमिरेका अनुसार  युवापुस्ताको आकर्षण बढेपनि निरन्तरता नहुदाँ खेलाडी उत्पादन हुनै सकेको ठोकुवा गर्छन्। ‘जिममा गर्ने खेलाडीलाई अनावश्यक खर्चको बोझ थप्ने प्रवृत्तिले अझ समस्या बनाएको छ,’ उनले भने।  
उनका अनुसार केमिमल प्रयोग गरिएको सप्लिमेन्टको प्रयोग गर्न प्रेरित गर्ने प्रवृत्तिले खर्चिलो बनाएको छ। खर्चिलो हुदैं गएपछि खेलाडीले बीचैमा छाड्ने गरेका छन्। नियमित प्रतियोगितात्मक गतिविधि नहुदाँ पनि त्यसको नकारात्मक असर खेलाडी उत्पादनमा देखिएको उनको भनाई थियो। चारवटा मात्रै व्यवसायिक जिम हुदाँ १५÷२० जना राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागिता जनाउने गरेकोमा अहिले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्या न्यून हुने गरेको अनुभव सुनाउँछन्।  

हिजो भन्दा आज जिममा आउने सर्वसाधारणको संख्या बढ्दै गएको छ। सर्वसाधारणको संख्या बढ्दै गएपछि ‘जिम सेन्टर खुल्ने क्रम पनि बढ्दै गएको छ,’ पोखरा–१४ मझेरीपाटनस्थित मेरो नेपाल व्यायामशालामा प्रशिक्षण गराउँदै आएका राजुकुमार थापाले भने–‘पसिना बगाउने बढे तर व्यावसायिक खेलाडी बन्छु भन्ने घटे।’ उनी मेरो नेपाल युवा क्लबका पूर्व अध्यक्ष समेत हुन्। क्लबकै अगुवाईमा मेरो नेपाल व्यायामशाला स्थापना गरिएको हो। व्यायामशाला सामुदायिक हो। थापा परिषदद्वारा सर्टिफाइ प्रशिक्षक समेत हुन् । शारीरिक सुगठन खासमा तौल समूहमा प्रतिस्पर्धा हुने गरेको छ। यद्दपी पोखरामा तौल समूहमा प्रतिस्पर्धा गर्ने खेलाडीकै संख्या घट्दै गएको छ।

‘फिटनेस खासमा ग्लामर बनिदियो। फिटनेस राख्नुपर्छ भन्ने भयो,’ उनले भने–‘दशजोड दुई अध्ययन गर्ने युवापुस्ता बढी जिममा भेटिन्छन्।’ पछिल्लो समय शारीरिक सुगठनसँगै मेन्स फिजिक र वुमन्स फिजिक जस्ता इभेण्टलाई प्रतियोगितामा समावेश गरिन थालेपछि युवतीहरुको जिममा आउने गरेको उनको भनाई थियो। ‘वुमन्स फिजिक कम्पिटिसनले युवतीहरुलाई उत्साह थपेको अनुभव हामीले गरेका छौं,’ उनको भनाई थियो। युवापुस्ताको जिमप्रति आकर्षण बढेपछि प्रतियोगिताको ¥याम्पमा उक्लिएर सेभेन पोज देखाउने खेलाडी खासै नभएको उनको अनुभव छ।  
‘जिम बढे तर शारीरिक सुगठन प्रतियोगिता खेल्ने खेलाडी बढ्न सकेन्,’ उनले भने–‘हुन त पोखरामा शारीरिक सुगठन प्रतियोगिता आयोजना समेत कम हुदै गएकोले खेलाडीको रुची घट्दै गएको हो कि भन्ने ठम्याई छ।’ पोखरामा दुई दुई वर्षमा मिष्टर पोखरा आयोजना हुदैं आएको छ। त्यसभन्दा अघि पोखरामै वर्षेनी मिष्टर माछापुच्छ«े आयोजना हुदैं आएको थियो। 

मिष्टर माछापुच्छ«े प्रतियोगित स्थगित छ। पछिल्लो समय पोखराकै बुल्समेन क्लबले बुल्समेन राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता आयोजना गर्दै आएको छ। यद्यपी पोखराको शारीरिक सुगठन खेलको विकास र विस्तारको लागि महानगरस्तरीय, जिल्लास्तरीय हुदैं प्रदेशस्तरीय प्रतियोगितालाई निरन्तरता दिनुपर्ने खाँचो उनले औंल्याए। ‘खेलाडीले जिम गरिसकेपछि प्रतियोगिता मार्फत एक्सपोज हुने हो । तर पोखरामा प्रतियोगिता कम हुदाँ खेलाडी एक्सपोज हुनै पाउने अवस्था छैन्,’ उनले बताए।  

पोखरामा वर्षेनी जिम सेन्टर थपिने क्रमसँगै टे«नर पनि बढ्दै गएका छन्। पुराना खेलाडी आफैमा टे«नर बन्दै आएका छन् । राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त ३५ जना प्रशिक्षक छन्। उनीहरुले विभिन्न जिममा प्रशिक्षण गराउँदै आएका छन्। जिममा पनि आधुनिक जिमका सामान राख्ने प्रतिस्पर्धा छ । कुनैबेला जिममा आईरन(फलाम) सेट अप हुन्थ्यो। जुन २५ लाख सम्ममा तयार हुन्थ्यो। तर अहिले सामान्य जिम खोल्न ७० लाख रुपैयाँ खर्च हुने गरेको छ। ‘सामान्य जिम खोल्न अहिले ७० लाख सामान्य रुपमा लाग्छ’ पोखरा रंगशालास्थित बुल्समेन प्ले ग्राउण्डका सञ्चालक नुना गुरुङ बताउँछन्। उनका अनुसार पोखरामा जिममा झण्डै १ अर्ब रुपैयाँ लगानी भईसकेको छ। लगानी अनुसार खेलाडी उत्पादनमा भने खासै हुन सकेको देखिदैन्।  
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
३५ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस