यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण
१८ असार २०८०
•
२ मिनेट पाठ
यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण
एक महिनाको अन्तरमा रग्बीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। पहिले काठमाडौंमा आगामी अगष्टमा आयोजना हुने यु–२० एशियन रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाउनेछ। त्यसको एक महिनापछि सेप्टेम्बरमा सिनियर टोलीले चीनमा आयोजना हुने १९ औं एशियाडमा सहभागिता जनाउनेछ।




अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि यतिबेला रग्बी सेभेन्सको टोली पोखरामा प्रशिक्षणमा व्यस्त छ। यु–२० छनोट प्रशिक्षणमा व्यस्त हुँदा सिनियर टोली अर्को साता मात्रै बन्द प्रशिक्षणको लागि पोखरा आईपुग्ने नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले जानकारी दिए।  

‘यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण भईरहेको छ। अहिले महिला तथा पुरुष गरी ३५–३५ जना प्रशिक्षणमा व्यस्त छन्,’ वरिष्ठ उपाध्यक्ष गिरीले भने, ‘पहिलो चरणमा १८–१८ जना छनोट गरिने छ।’ त्यसपछि दुईसातापछि फेरी १५–१५ जना छनोट गरिने उनले जानकारी दिए। यु–२० रग्बी सेभेन्समा १५ जना खेलाडी छनोटपछि बन्द प्रशिक्षणमा राखिने छ। पोखराका मात्रै ७ जना महिला तथा पुरुष खेलाडी छनोट प्रशिक्षणमा रहेको उनको भनाई थियो। पोखरामा दुईदिन अघिदेखि प्रशिक्षण शुरु गरिएको हो। ४० दिनसम्म प्रशिक्षण गराईने कार्यक्रम रहेको नेपाल रग्बी संघले जनाएको छ।  

आगामी अगष्ट १९ र २० गते काठमाडौंमा यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको आयोजना हुने छ। एशियाडमा सहभागि हुने रग्बी टोलीको पनि पोखरामै प्रशिक्षण हुने उनले बताए। ‘एशियाडमा हुने टोली अर्को साता पोखरा आईपुग्ने छ’ उनले भने–‘सिनियर टोलीलाई श्रीलंकन प्रशिक्षक मिष्टर सनले प्रशिक्षण गराउने छन्।’ उनका अनुसार श्रीलंकन प्रशिक्षक यतिबेला पोखरामा यु–२० टोलीलाई समेत प्रशिक्षण गराईरहेका छन्। विशेष गरी महिला टोलीलाई सृजना राई र सावित्रा पूर्जाले प्रशिक्षण गराईरहेका छन्। पुरुष तर्फ भने विराट ऐडीले प्रशिक्षण दिईरहेका छन।  

एशियाड टोलीलाई श्रींलकन प्रशिक्षणसँगै सहायक प्रशिक्षकको रुपमा टंकराज गिरी रहने छन्। व्यवस्थापकमा कपिल सापकोटा रहने समेत नेपाल रग्बी संघले जनाएको छ। एशियाडमा गण्डकी प्रदेशबाट तीन जना छनोटमा परेको संघले जनाएको छ। सिनियर टोली आईपुगेपछि यु–२० र सिनियर टोली एकैसाथ प्रशिक्षण गर्ने छ।  

नेपालले गतवर्ष त्रिदेशीय रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको थियो। नेपाल, भारत र बंगलादेशी टोली सहभागि थिए। गतवर्ष नै बंगलादेशमा नेपालले रग्बी फिफ्टिन्स खेलेर फर्किएको थियो। ‘पोखरामा आवश्यक पूर्वाधार छ। मोफसलका खेलाडीहरुको सहभागिता छ,’ उनले भने, ‘फरक फरक ठाँउमा प्रशिक्षण गराउँदा पूर्वाधारको विकास हुन्छ। विकासको हिसाबले पनि सकारात्मक देखिन्छ।’ पोखरामा दुईदिन अघि मात्रै प्रदेश खेलकुद परिषदको आयोजनामा पोखरामा रग्बी सेभेन्स प्रतियोगिता सम्पन्न गरिएको थियो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत रग्बी सेभेन्सलाई समावेश गरिएको थियो।  
अर्को समाचार
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
३ मिनेट अघि
•
१ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
महेन्द्रनगर, कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्।




पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको  जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए।

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन्। शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस