पोखरामा आयोजित ड्रागन बोट रेसको उपाधि चीनको सिचुवान ड्रागन बोट टिम (पहेँलो) ले जितेको छ।
शुक्रबारदेखि सुरु भएको नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस महोत्सव अन्तर्गत शनिबार ५ सय मिटरको प्रतिस्पर्धा भएको थियो। पाँच सय मिटरको प्रतिस्पर्धामा सिचुवान टोलीले दुई चरणमा गरी ४ मिनेट ३८.३३ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बन्यो।
टोलीले शुक्रबार दुई सय मिटरको प्रतिस्पर्धा एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गरेको थियो।
नेपालको नारा ड्रागन बोट टिम दोस्रो स्थानमा रह्यो। पाँच सय मिटरको दोस्रो दिनको प्रतिस्पर्धामा नेपाली टोलीले ४ मिनेट ४७.२९ सेकेण्डको समय लगायो। नेपाली टिमले पहिलो दिनको २ सय मिटरको टास्कलाई १ मिनेट ५३.१४ सेकेण्डको समयमा पुरा गरेको थियो।
४ मिनेट ५३.२२ सेकेण्डमा दोस्रो दिनको ५ सय मिटरको टास्क पुरा गर्दै युनान ड्रागन बोट टिम तेस्रो बन्यो। अघिल्लो दिन २ सय मिटरको रेसमा पनि युनान ड्रागन बोट टिम तेस्रो स्थानमै रहेको थियो।
चौथो स्थानमा नेपालको एनआरसिए ड्रागन बोट टिम आउन सफल भयो। शनिबारको प्रतिस्पर्धामा टोलीले ५ मिनेट ०२.१८ सेकेण्डको समय लगाएको थियो।
पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतबास र नेपाल पर्यटन बोर्डको आयोजनामा फेवातालमा सुरु भएको बोट रेसको फाइनल प्रतिस्पर्धामा नेपालका दुई र चीनका दुई टोली थिए। दुई दिने बोट रेस महोत्सवको पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा सहयोगी संस्थाका रुपमा रहेका थिए।
महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम गरिएको थियो। सांस्कृतिक कार्यक्रमले सर्वसाधारणलाई आकर्षित गरेको थियो।
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा महोत्सवको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। दुई दिनसम्म चल्ने बोट रेस महोत्सवमा चीन, नेपाल र सिंगापुरका गरी ८ बोटको सहभागिता रहेको थियो।
बोट रेसमा च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेण्टमा शीर्षस्थानमा रहँदै ५ लाख ५० हजारको दरले ११ लाख रुपैयाँ प्राप्त गरेको छ। दोस्रो स्थानमा आएको नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेण्टमा गरी ७ लाख रुपैयाँ प्राप्त गरे।
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिमले ४ लाख रुपैयाँ प्राप्त गरेको छ। नेपालकै अर्को टोली एनआरसिएले शीर्ष चारभित्र रहँदै प्रतिस्पर्धा टुङ्ग्याएको थियो। बोट रेसमा सहभागिता जनाएका ८ वटै टिमलाई नगद एक एक लाख रुपैयाँ प्राप्त गरेका छन्। बोट रेस टिम विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनिया राजदूत छन् छोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले ट्रफीसहित नगद हस्तान्तरण गरेका थिए।