बजेटमा हेपिएको पोखरा क्रिकेट मैदान
१६ जेष्ठ २०८०
•
४ मिनेट पाठ
बजेटमा हेपिएको पोखरा क्रिकेट मैदान
नेपाली क्रिकेट लयमा छ। लयमा रहेको क्रिकेटलाई जोगाई राख्नुपर्ने चुनौति छ। लय जोगाउन नियमित अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा घरेलु प्रतियोगितालाई निरन्तरता दिनुपर्छ। घरेलु प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणको खाँचो छ। क्रिकेट पूर्वाधार बनाउने ध्यानमा सरकारको गाम्भीयर्ता खासै देखिएको छैन्।  




सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गरे। बजेटमा केवल त्रिभुवन विश्वविद्यालय परिसरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गर्दै रात्रीकालिन प्रतियोगिताको लागि बत्ती जडान(फ्लड लाईट) गर्ने समेटियो। तर सरकारको ध्यान त्रिभुवन विश्वविद्यालयको मैदान, मुलपानी, धनगढीको फाप्लालाई विशेष चासो दिएको छ। बजेटमै सुर्वणशम्सेर क्रिकेट रंगशाला निर्माण गरिने उल्लेख छ। चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय मैदानलाई समेत सरकारले स्वामित्व लिएको छ।  

एशियन क्रिकेट काउन्सिल(एसिसी) को फोटो अफ दि इयरबाट पुरस्कृत भएको पोखरा क्रिकेट मैदानले सरकारी बजेटलाई पर्खिरहेको छ। डेढदशक अघि पोखरा रंगशालाको क्रिकेट मैदान एसिसीको ‘ड्रिम प्रोजेक्ट’ थियो। एसिसीले लगानी गर्ने चासो देखाउदै एकेडेमी सञ्चालन गर्ने उद्देश्य थियो। राजनीति र केन्द्रीकृत मानसिकताकै कारण उद्देश्यमा तुसारापात भयो। त्यसपछि सरकारी निकायले पनि पोखराको क्रिकेट मैदानलाई हेयको दृष्टिकोणले हेर्न थालेको क्रिकेटसँग सरोकार राख्ने पदाधिकारीहरु सुनाउँछन्। 

मैदान स्तरोन्नति गर्न सरकारी बजेट आएको छैन्। बजेट नआउँदा मैदान एकदशक अघि जस्तो थियो त्यस्तै छ। यद्यपी तारजाली लगाई मैदान संरक्षण भने गरिएको छ। त्यस बाहेक अन्य पूर्वाधार थप्नको लागि वर्षेनी बजेट भाषणमा अपेक्षा गरेपनि शून्यता मात्रै पाएको जिल्ला क्रिकेट संघ कास्कीले गुनासो गर्दै आएको छ।  

चेन्जिङ रुम, शौचालय, पभेलियन, मिडिया बक्स, स्टोर, एण्टी करप्सन, प्लेयर बक्स बनाउनुपर्ने आवश्यकता छ। ती पूर्वाधार बनाउन सकिए पोखरामा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिन्छ। अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुग्ने थियो। पोखराको क्रिकेट मैदानलाई बजेट दिएर पनि काम नगर्ने प्रवृत्तिले स्तरोन्नति हुनै नसकेको गुनासो छ। ‘बजेट दिएरपनि टेण्डर प्रक्रियामा लैजान आनाकानीले बर्षेनी बजेट फ्रिज हुदैं गएको छ,’ नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, ‘बजेट दिने तर कार्यान्वयन नगर्ने सरकारलाई धन्यवाद भन्न चाहन्छौं।’

तर अहिलेको बजेट भाषणमा पोखरा क्रिकेट मैदानको उच्चारण नै भएन्। खेलकुदको विकासमा लबिङ गर्ने प्रदेशका नेताहरु कमजोर हुँदा पोखराको क्रिकेट मैदानको स्तरोन्नति हुन नसकेको गुनासो केन्द्रीय सदस्य गौतमको थियो। ‘जुन तरीकाले खेलकुदमा लबिङ हुनुपर्ने थियो, त्यो हुन सकेन्,’ उनले भने, ‘हाम्रोमा नेताहरु कमजोर रहे। लबिङ गर्न सकेनन्।’  

केन्द्रीय सरकारले पोखरा क्रिकेट मैदानलाई दिने बजेट केवल कागजमा मात्रै रहेको छ। कागजमा बजेट दिएपछि थप दबाव दिने अप्ठ्यारो भएको प्रदेश क्रिकेट संघ गण्डकीले जनाएको छ। ‘बजेट केवल कागजमा मात्रै दिएको अवस्था रह्यो। देख्दा कागजमा बजेट छ। त्यसले गर्दा दबाव दिने अवस्था पनि रहेन्।’ प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूले भने–‘कागजमा मात्रै बजेट राख्ने कार्यान्वयन नगर्ने परिपाटी रह्यो।’ प्रदेश सरकारले खेलकुदको विकास लबिङ गर्ने तर्फ समेत गम्भीरता नदेखाएको आरोप उनको थियो।  प्रदेश सरकारका मन्त्रीले लबिङ गर्ने विषयमा पन्छिने प्रवृत्तिले खेलकुदको बजेट पोखरालाई पर्न नसकेको अध्यक्ष प्रजूको बुझाई थियो।  

दुईवटा अन्तर्राष्ट्रिय मैदान तयार भए। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको बैकल्पिक रुपमा मुलपानी क्रिकेट मैदान बन्यो। सरकारको ध्यान पनि केन्द्रीकृत नै छ। पोखरा, भैरहवा, दाङमा समेत अन्तराष्ट्रिय क्रिकेट मैदान बन्ने भएपनि सरकार उदासिन छ। दाङमा निर्माणाधिन छ। पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्माण भईसकेको अवस्था छ। ‘काठमाडौं भन्दा बाहिर जँहा अन्तर्राष्ट्रिय विमानस्थल छन् त्यहाँ क्रिकेट मैदान बनाउन सरकारले ध्यानदिनु पर्ने थियो,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘सरकार काठमाडौं भन्दा बाहिर जान सकेन्। केन्द्रीकृत मानसिकताबाट माथि उठन नसकेको प्रष्ट देखियो।’  

अध्यक्ष सिग्देलले पोखराको क्रिकेट मैदानलाई बजेट पार्ने विषयमा पहुँचमा कमजोर रहेको स्वीकारे। ‘मैदानको विस्तृत परियोजना प्रतिबेदन(डिपिआर) बनिसकेको छ। सबै तयार हुदाँ पनि राजनीतिक पहुँच कमजोर हुदाँ पोखराले बजेट पाएन्।’ उनले भने। केन्द्रीय बजेट आउने अपेक्षामा झिनो आशा रहेपनि सम्बोधन हुनै सकेन्। केन्द्रले बजेटमा राख्ने तर पैसा नदिने प्रवृत्तिले विगतमा दुईकरोड रुपैयाँ कार्यान्वयनमा लैजान सरकारले गम्भीरता नदेखाएको गुनासो अध्यक्ष सिग्देलको थियो।  
अर्को समाचार
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
१५ मिनेट अघि
•
१ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो।




सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो।

यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका थिए।

टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ११७ रन बनाएको थियो। गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रनको योगदान दिइन्। ३४ बल खेलेकी सिमानाले तीन चौका प्रहार गरिन्। यस्तै सम्झना पौडेलले नटआउट ३८ रनको योगदान दिइन्।

ओपनर दिपिका सापकोटा शून्यमै आउट हुँदा श्रेया शाहले १५ रन बनाइन्। रेखा तामाङ चार रन बनाएर आउट हुँदा चन्द्रमाया बराल र कुशुम गोदारले एक एक रन थपे। सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन भने अनु कठायत, करिष्मा थापा र यशु पाण्डेले एक-एक विकेट लिए।

सुदूरपश्चिमलाई विताउन अनु कडायतले महत्वपूर्ण पारी खेलिन्। ३३ बलको सामना गरेकी अनुले दुई छक्का र सात चौका प्रहार गरिन्। यस्तै मनिषा बोहराले २५ रन बनाउँदा यशु पाण्डेले ११, ऋतु कनौजीयाले आठ स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाए। 
गण्डकीका लागि दिपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले एक विकेट लिए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस