तेस्रो दिन ८४ स्वर्ण छिनोफानो
१० जेष्ठ २०८०
•
३ मिनेट पाठ
तेस्रो दिन ८४ स्वर्ण छिनोफानो
बाग्मती प्रदेशका चार जिल्लामा प्रतिस्पर्धा भएको दोस्रो बाग्मती प्रदेश खेलकुदमा तेस्रो दिनसम्म मंगलबार कुल ८४ स्वर्ण पदक छिनोफानो भएको छ।




बाग्मती प्रदेश खेलकुद परिषद्को आयोजनामा जारी सात दिने बाग्ममीको बृहत् खेलकुदमा कुल २ सय १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने तय छ। मंगलबारसम्म एथलेटिक्समा १६ स्वर्ण, आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, करातेमा १७ स्वर्ण र तेक्वान्दो २१ स्वर्णका लागि प्रतिस्पर्धा भइसकेको छ। महिला क्रिकेटको प्रतिस्पर्धा पनि सोमबार नै सम्पन्न हुँदा कुल ८४ स्वर्ण पदकको टुङ्गो लागेको हो। आइटिएफ, महिला क्रिकेट, कराते र तेक्वान्दो गरी चार विधाको खेल सम्पन्न भएका छन्।

बाग्मती प्रदेशका १३ जिल्ला करिब २६ सय खेलाडीले १३ खेल विधामा प्रतिस्पर्धा गर्ने तय छ। १३ खेलमध्ये काठमाडौंमा हुने पौडीको २० स्वर्ण भने पदकतालिकामा गणना नहुने बाग्मती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरी जानकारी दिए। यद्यपि, पौडीमा शीर्ष तीन स्थानमा रहने खेलाडीले नगद पुरस्कारका साथै दैनिक भत्ता पनि पाउने चौधरीले जानकारी दिए।  

आइटिएफमा काभ्रे च्याम्पियन

काभ्रे जिल्ला जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो टिममा च्याम्पियन भएको छ। हुप्रा चौरमा मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित टिम च्याम्पियन भएको हो। दुई दिनसम्म चलेको आइटिएफमा कुल २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्याटर्नतर्फ १२ स्वर्ण र फाइटमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। पुरुषमा चितवनका आरएन महतो र महिला चितवनकै सुस्मिता तामाङ उत्कृष्ट खेलाडी भए। आरएनले प्याटर्नतर्फ पहिलो डान र फाइटमा पुरुष ६१–६५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए।

सुस्मिताले पनि प्याटर्नमा पहिलो डानतर्फ र फाइटमा ४१–४५ केजी तौलसमूहमा स्वर्ण जितेकी थिइन्। चितवन ६ स्वर्ण, दुई रजत र दुई कांस्यसहित दोस्रो भयो। तेस्रो स्थानको भक्तपुरले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य प्राप्त गर्यो। चौथो स्थानमा रहेको काठमाडौंले चार स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो। ललितपुरले तीन स्वर्ण, पाँच रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो। नुवाकोटले एक स्वर्ण र चार कांस्य पदक प्राप्त गर्यो।

विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास मन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए। प्रतियोगितामा स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेताले तीन हजार नगद पुरस्कार प्राप्त गरे।  

तेक्वान्दोमा काठमाडौंलाई सफलता

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोमा टिम च्याम्पियन बनेको छ। काठमाडौं ८ स्वर्ण, तीन रजत र दुई कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो। हुप्राचौरमा भएको प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र दुई कांस्यसाथ नुवाकोट दोस्रो भयो। तेस्रो स्थानको ललितपुरले २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक एवं तेक्वान्दोका संयोजक नवीनकुमार श्रेष्ठले जनाएका छन्। प्रतियोगिताको पुरुषमा नुवाकोटका धनबहादुर तामाङ तथा महिलामा सिन्धुपाल्चोककी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

कराते: काठमाडौं नै अब्बल

दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत करातेमा पनि काठमाडौंकै वर्चस्व रह्यो। सहभागी १३ वटै जिल्लालाई उछिन्ने क्रममा काठमाडौंले सर्वाधिक पाँच स्वर्ण, तीन रजत र दुई कांस्य जित्दै समग्रमा टिम च्याम्पियनको उपाधि उचाल्यो।

दोस्रो स्थानको मकवानपुरले तीन स्वर्ण र तीन कांस्य प्राप्त गर्यो। समान २-२ स्वर्ण, रजत र कांस्य पदकका साथ सिन्धुपाल्चोकले तेस्रो स्थानमा चित्त बुझायो। पुरुषमा मकवानपुरका रोशन बलामी तथा महिलामा काभ्रेकी मनिका तामाङ उत्कृष्ट खेलाडी चुनिए।
अर्को समाचार
नवौं इन्डो–नेपाल करातेः पहिलो दिन नेपाललाई ६ स्वर्ण
१९ जेष्ठ २०८०
•
२ मिनेट पाठ
नवौं इन्डो–नेपाल करातेः पहिलो दिन नेपाललाई ६ स्वर्ण
नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्।




नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु–काइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौलसमूहमा शिवपूरी डोजोका अरुण तामाङले स्वर्ण जिते। फाइनलमा उनले आईपीएसका सुसन तामाङलाई हराए। २५ केजीमूनि तौलसमूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आईपीएसका सुशन चौलागाइंलाइ पराजित गरे। ३० केजी तौलसमूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्णपदक जिते। 

उनले फाइनलमा लुम्बिनी एकेडेमीका शौरभ चौधरीलाइ पराजित गरे।पुरुषकै ४० केजीमूनि तौलसमूहमा मित्रपार्क डोजोका श्रीयश शाही पहिलो हुँदा फाइनलमा आफ्नै डोजोका प्रयास शाहीलाइ पराजित गरे।पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको बर्चश्व रह्यो। सक्षम लामाले स्वर्ण जित्दा निश्चल राइले रजत र श्रीयस शाहीले कांस्य जिते। अर्को कांस्य विजेता सीएमएसका पुजन तामाङ हुन्।

महिला कातातर्फ आयोजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जित्न सफल भइन्। चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयोजक नेशनलकी दिनिका राइले कांस्य जिते।

महिला कुमुतेतर्फ ४० केजीमूनि लुम्बिनी एकेडेमीकी  प्रेशा राईले स्वर्ण जितिन्।उनले फाइनलमा नेशनल युनाइटेडकी कुन्साङ राईलाई हराइन्। लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी  निनिशा हमालले कास्य  जिते।

हात्तिगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयोजित प्रतियोगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरै २५० भन्दा बढी खेलाडीहरु सहभागी छन्।प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उदघाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोष्टर शहरमा सम्पन्न भएको उमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक बिजेता बिमल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक बिजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो। प्रतियोगितामा बाँकी स्पर्धाको खेलहरु शनिबार सम्पन्न हुनेछ।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ९ सेकेन्ड अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस