आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपाल र स्कटल्याण्डबीच आज खेल हुँदैछ ।
क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि खेल शुरु हुनेछ । नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ ।
यस श्रृखलमा नेपालले यस अघिका लगातार तीन खेल जितीसकेको छ ।नेपालले नामिबियालाई दुई पटक र स्कटल्याण्डलाई एक चोटी जितेको छ ।
प्रतियोगिताको उपाधी जितीसकेको स्कटल्यान्डलाई यस श्रृखलामा दोश्रो पटक हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्ने सोचमा नेपाल रहेको छ ।
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।
हेड टे हेड
एकदिवसीयमा नेपाल र स्कटल्यान्डबीच पाँच खेल भएका छन् । जसमा तीन खेलमा स्कटल्यान्ड र दुई खेलमा नेपाल विजयी भएको छ । नेपालले पहिला ब्याटिङ गरेको तीनै खेलमा हारेको छ । लक्ष्य पछ्याउँदा दुबै खेलमा नेपाल विजयी भएको छ । यस सिरिजमा पनि नेपालले तीनै खेल लक्ष्य पछ्याउँदा जितेको छ । आजको खेलमा टस निर्णायक बन्नसक्छ ।
अंक तालिका
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
स्कटल्यान्डको टोली
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप(कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।