सातौँ गोर्खाली रनिङ कप सुरु, उद्घाटन खेलमा हरमटारी विजयी
०७ फागुन २०७९
•
२ मिनेट पाठ
सातौँ गोर्खाली रनिङ कप सुरु, उद्घाटन खेलमा हरमटारी विजयी
सातौँ गोर्खाली रनिङ कपको उद्घाटन खेल खेल्दै हरमटारी र याङकोट क्लब। तस्बिर: नागरिक
आइतबारबाट गोरखामा सातौँ ‘गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ।




पहिलो खेल याङकोट यूथ क्लब र हरमटारी क्लब 'ए' बीच भएको थियो। उक्त खेलमा ७–२ गोल अन्तरले हरमटारी क्लब 'ए' विजयी बनेको छ।

खेलको पहिलो हाफमा पहिलो गोल गरेको याङकोटले एक मिनेट पनि अग्रता टिकाउन सकेन। आत्मघाती गोलका कारण याङकोट र हमटारी 'ए' बिच खेल एक/एक गोलको बराबरी भयो। पहिलो हाफमै हरमटारी 'ए' ले अर्को एक गोल थप्यो।

दोस्रो हाफमा ५ गोल थप्दै हरमटारी 'ए' उद्घाटन खेलको विजेता बन्यो। दोस्रो हाफमा याङकोटले एक गोल फर्काएको थियो। हरमटारी क्लबको जितकालागि जमिर मास्केले ह्याट्रिक गरेका थिए। उनी म्यान अफ द म्याच घोषित भए।

खेलको प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले उद्घाटन गरेका हुन्। हरमटारी क्लबका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगायतले शुभकामना दिएका थिए।

प्रतियोगिता सुरु हुनुअघि हरमटारी क्लबका महिला खेलाडीहरू बिच मैत्रीपूर्ण खेल भएको थियो। यस वर्षदेखि महिला खेलाडी तयार गर्ने उद्देश्यले हरमटारी क्लबले प्रशिक्षण सुरु गरेको थियो। प्रशिक्षार्थी महिला खेलाडीहरुबिचको खेल निकै रोमाञ्चक थियो।

सोमवार बिहानको पहिलो खेल सतिपिपल क्लब र भिमसेन तारा यूथ क्लब बिच हुनेछ भने दोस्रो खेल साँढे १२ बजे द ओसन क्लब र पृथ्वी युवा क्लब बिच हुनेछ। सोमवारको तेस्रो तथा अन्तिम खेल हरमटारी क्लब बि र खोप्लाङ एफ सि बिच हुने क्लबका महासचिव किरण ढकालले बताए।

कोभिडका कारण विगत तीन वर्षसम्म रोकिएको गोर्खाली रनिङकप यस वर्ष भएको हो। जिल्लाभित्र सक्षम तथा स्तरीय खेलाडी तयार गरी बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्न गोर्खाली रनिङ कपलाई निरन्तरता दिएको क्लबका अध्यक्ष जीवन गुरुङले बताए। गोर्खाली कप २०७० सालबाट सुरु भएको हो।

हरमटारीस्थित खेलकुद मैदानमा हुने उक्त प्रतियोगिता संचालनका लागि २५ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ। जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मानिएको गोर्खाली रनिङ प्रतियोगिता विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ र उपविजेता नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव किरण ढकालले बताए। त्यस्तै, सेमिफाइनलिस्ट हुने दुई टिमले क्रमशः ५०/५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सो प्रतियोगितामा विभिन्न विधा अन्तरगत सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, सर्वोत्कृष्ट अग्रपङ्क्ति, सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट रक्षक, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्तालाई ७ हजार ५ सय/७ हजार ५ सयका दरले नगद पुरस्कार सहित सम्मान गरिने उनले बताए।

त्यस्तै, हरेक खेलमा एक जना खेलाडीलाई म्यान अफ द म्याच घोषित गरी नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको क्लबका महासचिव किरण ढकालले जानकारी दिए।
अर्को समाचार
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
३१ मिनेट अघि
•
१ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए।




शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम एपीएफसँग अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो।

पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस