आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत आज नेपाल र नामिबियाबीचको खेल हुँदैछ।
क्रितिपुर क्रिकेट मैदानमा विहान ९ बजे देखि सुरु हुनेछ। नेपाल टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यस अघि खेलका २ खेल जितेको नेपालले आज पनि जित निकाल्ने सोचमा मैदानमा छिर्नेछ।
नामिविया यस अघि खेलका दुई खेल नै हारेको छ । आज उसले घरेलु टोलीलाई पराजित गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ । नेपालले लगातार दोस्रो दिन खेल्दैछ । नामिबियाले दुई दिन विश्राम पाएको छ । नामिबियालाई केहि सहज हुनसक्छ । तर नेपालको मनोबल निकै उच्च छ । नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै सानदार जित हात पार्न चाहन्छ । नेपाल जितको मोमेन्टलाई निरन्तरता दिने सोचमा हुनेछ ।
नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १० खेल नै जित्नुपर्ने हुन्छ । एकदिवसीयको मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ । उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ ।
प्रत्यक्ष प्रसारण
नेपालमा प्रत्यक्ष प्रसारणको जिम्मा कान्तिपुर टेलिभिजनले गर्नेछ । विदेशमा फ्यान कोड, आइसिसी टिभी र कान्तिपुरबाट हेर्न सकिनेछ।
नामिबियाको टोली
जेरार्ड इरास्मस (कप्तान) लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे।
नेपालको टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुलशन झा ललितनारायण राजवंशी, , भीम सार्की र सूर्य तामा ।
टिकट
टिकटको मूल्य १ सय ५० रुपैयाँ राखिएको छ । जुन टिकट सामान्य दर्शकको लागि राखिएको छ । ३ सय ५० रुपैयाँ तिर्नेले भित्र कुर्चीमा बसेर हेर्न पाउनेछन् ।