तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिपस: सशस्त्र र गण्डकीलाई उपाधि
१४ माघ २०७९
•
४ मिनेट पाठ
तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिपस: सशस्त्र र गण्डकीलाई उपाधि
लिग चरणमा व्यहोरेको हारको बदला लिदैं गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलमाथि रोमाञ्चक एवं प्रतिस्पर्धात्मक फाइनल खेलमा ३–२ को सेटमा पराजित गर्दै तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको उपाधि रक्षा गरेको छ। गण्डकीले यस अघि पहिलो संस्करणको टाइगर कपका उपाधि उचालेको थियो। महिला तर्फको उपाधि भने सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।  




शनिबार पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रको एरिनामा भएको फाइनलमा पहिलो सर्भिस बाहिर फाल्दै अंक गुमाएको गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग पहिलो सेट २५–१६ गुमाउन पुग्यो। पाकिस्तानी खेलाडी नितिन र अकित लामाको क्विक स्पाईकमा घरेलु कोर्टमा गण्डकी प्रदेशले प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि अन्ततः पहिलो सेट गुमाउन पुग्यो। पहिलो सेटमा सशस्त्रले स्पाईक र डिफेण्समा उत्कृष्टता देखायो। गण्डकी प्रदेशका स्पाईकरको स्पाईक बाहिरिएपछि अंक गुमाउँदै पछि परेको थियो। तर दोस्रो सेटमा गण्डकी प्रदेशले घरेलु दर्शकको साथमा उत्कृष्ट प्रदर्शन गर्‍यो।  

११–९ को स्थितिबाट लगातार ७ अंक जोड्दै १८–९ को स्थितिमा पुर्‍याएको गण्डकीले थप ७ अंक जोड्न भने केही समय लगायो। यद्यपि दोस्रो सेट भने गण्डकीले २५–१८ मा लिदैं सेट बराबरी गर्‍यो। तेस्रो सेटमा घरेलु दर्शकको हौसलालाई आत्मसात् गरेको गण्डकीले २५–१९ को स्कोरमा लिदैं सशस्त्र प्रहरी बलमाथि दबाब बनाई राख्यो। तर चौथो सेटमा २०–१६ स्कोरमा पछि परेको अवस्थालाई उल्ट्याउँदै सशस्त्रले २८–२६ स्कोरमा आफ्नो पक्षमा पार्दै खेल प्रतिस्पर्धात्मक मात्रै बनाएन निर्णायक सेटमा पुर्‍यायो।  

तर निर्णायक सेटमा भने सशस्त्रको जोर चलेन्। घनश्याम चौधरी, रवि केसी, हरि पाण्डे, नितिन र अंकित लामाको क्विक, डिफेण्ड र स्पाईकमा गण्डकी प्रदेशले निर्णायक सेट १५–८ स्कोरमा पराजित गर्दै दोस्रो पटक टाइगर कपको उपाधि उचाल्यो। गण्डकीले ५ लाख रुपैयाँमा प्राप्त गर्‍यो। सशस्त्रले २ लाख ५० हजार पाउँदा नेपाल पुलिस क्लबले १ लाख २५ हजार र चौथो बनेको त्रिभुवन आर्मी क्लबले ६५ हजार रुपैयाँ नगद प्राप्त गर्‍यो।  

यता महिला तर्फको तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको उपाधिमा सशस्त्र प्रहरी बलले आफ्नो नाम लेखाएको छ। विभागीय डर्बी भिडन्तमा सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा पन्छाउँदै उपाधि आफ्नो बनायो। टाइगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाइनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो। पहिलो सेट २५–२०ले लिएको सशस्त्रले दोस्रो सेट भने उस्तै लयमा रहन सकेन्। आर्मीले खेल सुधार्दै सशस्त्रलाई २५–२२ को सेटमा पराजित गर्दै खेल बराबरीमा ल्यायो।  

तर तेस्रो सेटमा सशस्त्रले आर्मीलाई कुनै मौका नै दिएन। तेस्रो सेट २५–८ को स्थितिमा गुमाएको आर्मीले चौथो सेटमा पनि उत्साहजनक देखाउन सकेन्। चौथो सेट २५–२२ को सेटमा पराजित हुदैं आर्मी उपविजेतामा चित्त बुझायो। सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्‍यो। आर्मीले २ लाख ५० हजार प्राप्त गर्‍यो। न्यु डायण्डले १ लाख २५ हजार र चौथो एवं सान्त्वना बनेको गण्डकीले ६५ हजारको नगद पुरस्कार प्राप्त गर्‍यो।  

महिला तर्फ सर्वोत्कृष्ट खेलाडी सशस्त्र प्रहरी बलकी सरस्वती चौधरी घोषित भइन्। उनले नगद २५ हजार प्राप्त गरिन् उत्कृष्ट लिबेरो त्रिभुवन आर्मी क्लबी सरस्वती जैसी, उत्कृष्ट स्पाईकरमा सशस्त्रकी निरुता ठगुन्न सशस्त्र प्रहरी बल, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीकी संगम महतो, उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगति नाथ, उत्कृष्ट प्रशिक्षक सशस्त्र प्रहरीबलका महेश चौधरी घोषित भए। पुरुष तर्फ,सर्वोत्कृष्ट खेलाडी रवि केसी भए। उनले पनि नगद २५ हजार प्राप्त गरे। उत्कृष्ट सेटर गण्डकी प्रदेशका दिवस आले, उत्कृष्ट लिबेरो सशस्त्रका विनोद चन्द, उत्कृष्ट सर्भर गण्डकीका घनश्याम चौधरी, उत्कृष्ट स्पाईकरमा सशस्त्र प्रहरी बलक टेकराज वस्थी, उत्कृष्ट ब्लकर गण्डकीका नितिनर उत्कृष्ट प्रशिक्षक गण्डकी प्रदेशका रमेश केसी घोषित भए।  

विधागत महिला तथा पुरुष उत्कृष्ट खेलाडी घोषित खेलाडीहरुले जनही १०÷१० हजार नगद प्राप्त गरे। विजेता तथा उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।  
अर्को समाचार
गण्डकीको बजेटमा पर्यटनः पाँचवर्षमा विदेशी पर्यटक आगमन दोब्बर बनाउने
०१ असार २०८३
•
४ मिनेट पाठ
गण्डकीको बजेटमा पर्यटनः पाँचवर्षमा विदेशी पर्यटक आगमन दोब्बर बनाउने
आगामि पाँचवर्षमा गण्डकी प्रदेशमा विदेशी पाहुना आगमन दोब्बर पुर्याउने लक्ष्य सहित गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। पाहुना आगमन बढाउने लक्ष्य सहित प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले बताएको छ।  




प्रदेशको आगामि आर्थिक वर्ष (२०८३/८४)को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले गण्डकी प्रदेशमा विदेशी पर्यटकको आगमन दोब्बर बनाउनका लागि हवाई पहुँच बिस्तारमा जोड, विभिन्न धार्मिक पर्यटकीय पदमार्गको बिस्तार, सिमापार पर्यटन प्रवर्द्धनमा जोड दिने बताएका छन्। उद्योग र पर्यटनका लागि प्रदेश सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरेको छ।  

अहिले प्रदेशमा कति संख्यामा विदेशी पाहुना आउँछन् भन्ने यकिन तथ्यांक कतै छैन। तर, पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयका अनुसार कम्तिमा पनि ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र सन् २०२५ मा ५ लाख १४ हजार विदेशी पाहुना भित्रिएको र ती बाहेक पोखरा सहर घुमेर मात्र फर्किने विदेशीको संख्या पनि पर्याप्त हुने हुँदा वर्षमा कम्तिमा ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान गर्न सकिने पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने बताउँछन्।  

उनका अनुसार भारतीय पाहुनाको आगमन यो वर्ष अत्यधिक हुँदा पोखरामा विदेशी पाहुनाको आगमन यो वर्ष १० लाख हाराहारीमा पुग्न सक्ने अनुमान छ। तर, आधिकारिक तथ्यांक भने कतै छैन। लामिछानेको अनुमानमा गण्डकी प्रदेशमा विदेशीमात्र ८ लाख हाराहारीमा आउँछन्। यो पटक भारतीयको आगमन अत्यधिक भएको छ। आन्तरिक बाहेकका सबै पर्यटक विदेशी हुन। पछिल्लो समय भारतीयको आकार ह्वात्तै बढेको छ।  

‘आएजतिका सबै पाहुना अन्नपूर्ण क्षेत्र जाँदैनन र सबै पोखरामा मात्र पनि घुम्दैनन,’ उनले भने, ‘अहिलेको आगमनको भीडभाड देख्दा यो वर्ष पोखराले मात्र १० लाख हाराहारीमा विदेशी पाहुना पाएको अनुमान गर्न सकिन्छ।’ १० लाख पाहुना भित्रिएको अनुमानको आधारमा प्रदेश सरकारले आगमन दोब्बर बनाउने भनेर बजेटमा समेटेको उनले बताए। 

‘अहिलेको भीडभाड, आउजाउमा सहजता जस्ता कुराले पाहुना आगमन पाँचवर्षमा २० लाख हाराहारीमा पु¥याउनुपर्ने हुन्छ,’ उनले भने, ‘अलिकति व्यवस्थापन गर्ने हो भने पोखराले अबको पाँचवर्षमा अहिलेको आगमन दोब्बर पुर्याउनु खासै समस्या होईन। तर, अब भने व्यवस्थापनमा जोड दिनुपर्ने बेला भएको छ। २० लाख पर्यटक भित्र्याउन कुनै कठिन पनि छैन।’
पोखरामा पछिल्लो समय अधिक संख्यामा भारतीय पाहुना भित्रिएको अवस्थामा संख्या बढाउनु भन्दा पनि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको उनले बताए। ‘पछिल्लो समयको भीडभाड देखेर त व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिन्छ। भारतीयको आगमन संख्या बढेसँगै त्यसलाई व्यवस्थापन गर्न सक्षम पनि हुनुपर्छ। क्षमता भन्दा बढि पर्यटक आए भने त्यसलाई व्यवस्थापन गर्नुपर्छ,’ लामिछानेले भने, ‘संख्या बढाउनका लागि प्रवर्द्धन पनि चाहिन्छ। त्यसबाहेकका व्यवस्थापन गर्नका लागि पर्यटकलाई नयाँनयाँ गन्तव्यमा पनि घुम्न पठाउनुपर्छ।’  

पर्यटक आगमन बढाउने योजना बाहेक गण्डकी प्रदेश सरकारले बजेटमा पूर्वाधार निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। पर्यटनमैत्री विकास निर्माण गर्ने योजना सरकारको रहेको आर्थिक मामिला मन्त्री शेरचनले बताए। ‘पहिला घरदेश अनि परदेश’ लाई पनि प्रदेश सरकारले यो पटक बजेटमा निरन्तरता दिएको छ। त्यस्तै ‘लेक टु लेक’ कार्यक्रम पनि सरकारकै प्राथमिकतामा छन।  

पहिला घरदेश अनि परदेश तथा लेक टु लेक कार्यक्रममार्फत प्रदेशमा आन्तरिक र बाह्यक पर्यटनमा प्रवर्द्धन हुने मन्त्री शेरचनको विश्वास छ। स्थानीय कला संस्कृति, परम्परा र उत्पादनलाई पनि पर्यटनसँग जोड्ने सक्ने हो भने त्यसबाट लाभ लिन सकिने उनले बताए।

त्यसबाहेक निजी क्षेत्र, पर्यटन बोर्ड र गण्डकी सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्ने योजनालाई पनि प्रदेश सरकारमा समावेश गरेको छ। ‘गण्डकी जाउँ प्रकृति र संस्कृतिसँग रमाउँ,’ अभियानलाई सुदृढ बनाउँदै पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन), स्वास्थ्य र खेलकुद तथा साहसिक पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गर्ने योजना पनि सरकारको रहेको छ।  

त्यसैगरि प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण र स्तरोन्नती र पर्यटन मैत्री विकासलाई बजेटमा समेटिएको छ। दामोदर कुण्ड–मुक्तिनाथ–गलेश्वर–पञ्चकोट–रिडी–रामदी–केलादिघाट–देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासलाई पनि बजेटले समेटेको छ। ती परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गर्नेदेखि मोदीबेनीधाम देखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइने पनि बजेटमा उल्लेख छ।  

बजेटमा मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रिय पदमार्ग स्तरोन्नती गर्ने तथा ती क्षेत्रमा वैकल्पिक पदमार्ग पहिचान गर्नका लागि पनि बजेटमा प्राथमिकता दिइएको छ। ढोरपाटनको बुकी संरक्षण गर्ने तथा त्यहाँ जलाशय निर्माण गरेर आन्तरिक पर्यटकलाई घुम्न पठाउने योजनालाई पनि सरकारले बजेटमा समेटेको छ।  

सरकारले अघिल्लो वर्षजस्तै यो पटक पनि ‘राउन्ड फेवा र भ्यू फेवा’लाई बजेटमा प्राथमिकता दिएको छ। फेवा होराइजन, सेल्फी ब्रिज, रुपातालमा शिशाको पुल बनाउका लागि पनि बजेट दिएको छ। त्यस्तै पोखरा महानगरको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यकरणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेटमा प्रदेशसरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उल्लेख गरेको छ। स्थानीय संस्कृति, होमस्टे, फार्मस्टे र रैथाने उत्पादनको ब्राण्डिङ गर्ने पनि सरकारी तयारी छ।  
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस