आहा रारा पोखरा गोल्डकप: छ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी बाहिरियो
१९ पौष २०७९
•
३ मिनेट पाठ
आहा रारा पोखरा गोल्डकप: छ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी बाहिरियो
आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ मस्र्याङ्दी क्लबको थप यात्रा टुंगिएको छ। पोखराको मैदानमा गर्विलो इतिहास बनाएको मनाङ मस्र्याङ्दी आमन्त्रित टोली बिवाईएससी मिनेसोटा अमेरिकासँग १–० गोलमा पराजित हुदैं पहिलो खेलबाटै बाहिरिने इतिहास बनायो।




पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो। बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल सुरक्षित गर्यो। अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ।

हेक्टर ओर्टेगाको पासलाई सदुपयोग गर्दै बस्नेतले १८ मिनेटमा गोल गरे। डिबक्सभित्र मनाङ मस्र्याङदी क्लबका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई बस्नेतले सेकेण्ड बार च्याप्दै गोल गरेपछि मनाङको यात्रा गोल्डकपकै इतिहासमा पहिलो खेलबाट बाहिरिने टोली बन्यो। निर्णायक गोल गरेका बस्नेत म्यान अफ दि म्याचबाट पुरस्कृत भए। 

मनाङबाट खेल्ने अधिकांश खेलाडी केही दिन अघि मात्रै पोखरामा आयोजित स्पेनिस फुटबल क्लबसँगको मैत्रीपूर्ण प्रतिस्पर्धामा मैदान उत्रिएका खेलाडी थिए। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सहायक प्रशिक्षक किरण श्रेष्ठको प्रशिक्षकत्वमा उत्रिएको मनाङले घरेलु मैदानमा सुखद नजिता आत्मसात गर्न सकेन्। दुईदिन अघि मात्रै किरण श्रेष्ठले मनाङ मस्र्याङ्दीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। डेब्यु प्रशिक्षकत्व श्रेष्ठले हारको नजिता स्वीकारे।  

आमन्त्रित टोलीका अग्ला डिफेण्डरलाई कटाउन नसक्दा मनाङ मस्र्याङदीले आक्रमण बुनेपनि फिनिसिङमा चुक्दै निर्धारिता समय टुंग्यायो। २० औं संस्करणमा सशस्त्र प्रहरीबलसँग क्वार्टरफाईनलमै पराजित भएको बीवाईएससी मिनेसोटाले पोखराको मैदानमा मंगलबार इतिहास बनाउँदै सेमिफाईनल प्रवेश गर्यो। किरणले पोखरामा मनाङ मस्र्याङ्दीलाई जितको किरण छर्न सकेनन्।

पोखराको मैदानबाट आहा राराको संस्करणमा ६ पटकको विजेता मनाङ मस्र्याङ्दीले दोस्रो चरण पार गर्नै सकेन्। मनाङ मस्र्याङ्दी क्लबको पोखरामा सबै भन्दा खराब नजिता थियो। समर्थक पनि निराश बने। मनाङ मस्र्याङ्दीले ४४ औं मिनेटमा लक्ष्मण रुचालले हानेको लेफ्ट सट बीवाईएससी मिनेसोटाका डिफेण्डर ओर्टेगाले ब्लक गरे। मध्यपंक्तिबाट एकपछि अर्को आक्रमणको रणनीति बुन्ने प्रयास गरेपनि मनाङले अमेकिन टोलीको डिफेण्डरलाई कटाउन असमर्थ बने। पहिलो हाफकै ३५ औं मिनेटमा दियालो इराकाजेले अफसाईड ट्रयापलाई विट गर्दै प्रहार गरे। उनको प्रहारलाई मनाङका राजुबावु थापाले बचाउ गर्दै मनाङलाई थप दबाबबाट जोगाए।

अमेरिकन टोलीले पनि ७१ औं मिनेटमा अवसर सृजना गर्यो। तर असफल भयो। थोमस साकेरको प्रहार खेर गएको थियो। ८४ औं मिनेटमा रोजिन प्रजापतिको प्रहारलाई मनाङका डिफेण्डर रमेश थापाले गोललाईनबाट क्लियर गरे। प्रजापतिले गोलकिपर राजुबावु थापा अगाडि बढेको अवस्थामा फ्लिक गरेको बललाई डिफेण्डर थापाले बचाउ गर्दै थप संकटबाट जोगाए। मनाङले दोस्रो हाफमा पाएको फ्रिकिक र कर्नरलाई सदुपयोग गर्नै सकेन्। ‘लामो यात्रा गरेर आएको हौं। मनाङले कमब्याक गरेको भए कठिनाई हुने थियो। तर हामीले सेमिफाईनलमा विपक्षीको रणनीति अनुसार खेल्छौं।’ बीवाईएससी मिनेसोटा अमेरिकाका प्रशिक्षक प्रदीप हुमागाँईले भने।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको बुधबार पहिलो सेमिफाईनल खेल सशस्त्र प्रहरी बल(एपीएफ) र संकटा क्लब बीच हुने छ। सशस्त्र र संकटा दुवै एक एक पटकको आहा रारा गोल्डकपका च्याम्पियन समेत हुन्।  
अर्को समाचार
आहा रारा गोल्डकप: आजदेखि क्वाटरफाइनलका खेल
१३ माघ २०८०
•
१ मिनेट पाठ
आहा रारा गोल्डकप: आजदेखि क्वाटरफाइनलका खेल
पोखरामा जारी तेइसाैं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ। प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भुटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।




पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले बताए।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रूपैयाँ प्राप्त गर्ने उनले बताए। प्रि-क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही २०/२० हजार रूपैयाँ, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई ३०/३० हजार रूपैयाँ र सेमिफाइनल विजेता तथा पराजित दुवै टोलीलाई ५०/५० हजार रूपैयाँ प्रदान गरिने जनाइएको छ। प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस