ब्रसेल्समा आयोजना हुन लागेको युरोपियन युनियनको शिखर सम्मेलन छाडेर कतार गएका फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले फाइनल पुगेको आफ्नो टोलीको खेलबाट निकै गौरवान्वित भएको बताएका छन्।
मोरक्कोसँगको सेमिफाइनल हेर्न पुगेका माक्रोंले फाइनलमा स्थान बनाएको टोलीको प्रदर्शनबाट आफू निकै खुसी भएको बताएका हुन्। बुधबार भएको सेमिफाइनल खेलमा उनको टोली २–० को जित निकाल्दै उपाधि रक्षानजिक पुगेको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै विशिष्ट कक्षबाट राष्ट्रपति माक्रोंले खेल अवलोकन गरेका थिए। जित निकालेपछि उनले विशिष्ट कक्षबाटै उठेर टोलीलाई सम्मान दिए। अब उनको टोलीले आइतबार अर्जेन्टिनासँग उपाधिका लागि खेल्नेछ। यसअघि अर्जेन्टिनाले क्रोएसियालई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। खेलपछि माक्रोंले फ्रान्सको नागरिक हुनुमा गौरव भएको बताए।
‘मेरो देशको प्रदर्शनबाट निकै खुसी छु। फ्रान्सको नागरिक हुँ भन्दा हर्षित भएको छु,’ राष्ट्रपति माक्रोंले खेलपछि भने, ‘यो खुसीमा रमाउन सबै देशवासीलाई आग्रह गर्दछु। हामीलाई लगातार सफलता मिलेको छ।’
यस्तै प्रतिस्पर्धात्मक खेल खेलेको अफ्रिकन टोलीलाई राष्ट्रपति माक्रोंले सम्मानका शब्द खर्चिए। आफ्नो टोलीसँग राम्रो फुटबल खेलेको भन्दै उनले मोरक्कोका जनतालाई राम्रो मित्रता कायमै रहेको सन्देश पनि दिए।
‘मोरक्को टोलीले राम्रो प्रदर्शन गर्यो। उनीहरूको प्रदर्शन तारिफयोग्य छ,’ माक्रोंले भने,’ मोरक्कोका जनताले राम्रो टिम पाएका छन्। हाम्रो मित्रता कायमै छ।’
मोरक्कोमा फ्रान्सले १९१२ देखि १९५६ सम्म यहाँ शासन गरेको थियो। बुधबारको खेलमा दुवै देशको राजनीति र भावनात्मक सम्बन्ध जोडिएको थियो। उनीहरूको सम्बन्धमा राष्ट्रपति माक्रोंले दिएको प्रतिक्रियापछि फ्रान्स अझै साथ दिन तयार भएको देखाएको छ। मोरक्कोमा अझै आर्थिक, राजनीतिक र सांस्कृतिक विषयमा आंशिक असर देखिँदै आएको छ।
युरोपियन युनियनको शिखर सम्मेलनमा जान लागेका माक्रों आइतबार फाइनल हेर्न लुसेल रंगशालामा फर्किने योजनामा छन्। मोरक्कोसँगको खेलअघि उनले अनुमान लगाउनु अन्धविश्वास भएको भन्दै मजाकसमेत गर्न भ्याए। तर मोरक्कोविरुद्धकै खेलअघि नै उनले नतिजा फ्रान्सको पक्षमा पर्ने दाबी गरेका थिए।
खाडी राष्ट्रको भ्रमण गरेका राष्ट्रपति माक्रों दोहाका विभिन्न बजार अवलोकनका लागि निस्किएका थिए। सो क्रममा उनले कतारको राजधानी भ्रमण गरे। कडा सुरक्षाबीच उनी सार्वजनिक स्थलमा सामान्य मास्क लगाएर घुुमफिर गरेपछि सवारीसाधनमा चढेर फर्किएका थिए।