‘लोकतन्त्रविरुद्ध आन्दोलन गरेका होइनौं’
०१ असोज २०८२
•
४ मिनेट पाठ
‘लोकतन्त्रविरुद्ध आन्दोलन गरेका होइनौं’
जेन-जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गयो। मुलुकका महत्वपूर्ण भौतिक संरचना ध्वस्त भए। दुई दिनमै केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो।




ह्वाट्स एप, डिस्कर्ड, रेडिट लगायतबाट एकजुट भएका जेन्जी पुस्ताको मुख्य माग मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने थियो।

आन्दोलनको पहिलो दिन नै प्रहरीले लापरवाहपूर्ण तरिकाले प्रदर्शनकारीमाथि गोली चलायो। आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ मा सरकार ढलिहाल्यो।

आन्दोलनाको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, प्रतिनिधिसभा बाहिरबाट सरकार बन्यो, प्रतिनिधिसभा पनि विघटन भयो।

ओलीले २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार नबन्दासम्म संकट निकासका लागि नेपाली सेनाको सहजीकरणमा जेन-जी प्रतिनिधिहरूसँग संवाद भयो। जेनजीका तर्फबाट संवादमा सहभागीमध्ये दुई जनाले ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हो, यसबाहेक लोकतन्त्रको विकल्प छैन, आन्दोलनको आदेश लोकतन्त्र फ्याँक्ने होइन, यसको चालक सिटमा बसेका व्यक्तिहरुलाई मात्र फ्याँक्ने यसको आदेश हो’ भनिरहे।

प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलको ‘स्टेक होल्डर राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं पनि हुन्, उनीहरुसँग पनि कुरा गर्नुपर्छ’ भनेपछि जेनजीका तर्फबाट संवादमा सहभागीमध्ये दुईजना संवादस्थल छाडेर हिँडेका थिए।

संवादको टेबुलमा बसेका धिरज जोशी र रक्षा बम आन्दोलनमा कुनै भूमिका नभएका प्रसाईं र रास्वपासँग टेबुल नै सेयर नगर्ने भन्दै संवादस्थलबाट बाहिरिएका थिए।

‘भ्रष्टाचार, बेथितिविरुद्धको आन्दोलन परिस्थितिले हिंसात्मक बन्यो, यो अवस्था आउनुमा राज्य पक्ष नै जिम्मेवार’ भएको उनीहरुको धारणा छ। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालयसहितका भौतिक संरचना जलाउने, तोडफोड गर्ने जेनजीको उद्देश्य नभए पनि आन्दोलन हिंसात्मक बन्न पुग्यो।

‘तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि हामीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएका थियौं तर फेरि पनि यही प्रचिनिधिसभाबाट अर्को व्यक्तिले सरकार बनाउने भएपछि संविधान जोगाएर जनतामाझ नयाँ जनादेश लिन जानुको विकल्प थिएन। त्यसैले हामीले प्रतिनिधिसभा विघटनको माग अघि सारेका हौं,’ जेन-जी विद्रोही रक्षा बमले नागरिकसँग भनिन्।

उनको जस्तै धारणा अर्का जेन-जी अगुवा धिरज जोशीको छ। लोकतन्त्रको विकल्प नभएको उनको धारणा छ। आफूहरुले लोकतन्त्रविरुद्ध आन्दोलन नगरेको पनि उनी बताउँछन्।

‘लोकतन्त्रलाई ड्राइभ गर्ने व्यक्तिहरु गलत भए, व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन गर्न खोजेका हाैं’, जेनजी अगुवा जोशीले भने। उनका अनुसार प्रधामनमन्त्री ओलीले राजीनामा दिएपछि अलमलमा परेका जेन-जीलाई प्रधानसेनापतिले समन्वय गरेर राम्रो गरेका थिए।

‘पहिलो दिन राम्रो कुराकानी भइरहेको थियो। दोस्रो दिन प्रधानसेनापतिले दुर्गा प्रसाईंसँग पनि बस्नुपर्छ भनेपछि हामीलाई चित्त बुझेन। उहाँसँग टेबुल सेयर गर्न सकिँदैन भन्यौं। केही साथीहरु त्यहीं बस्नुभयो। हाम्रो आत्माले मानेन, हामी बाहिर आयौं। किनकी दुर्गा प्रसाईं हाम्रो आन्दोलनसँग कही पनि जोडिनु भएको थिएन, उहाँको उद्देश्य के थियो, हामीले बुझ्न सकेका थिएनौं’, जोशीले भने।

जोशीसहित बमले प्रधानसेनापतिले सहजीकरण मात्रै गर्नुपर्ने र वर्ता राष्ट्रपतिसँग गर्नुपर्ने धारणा राखेका थिए। ‘तपाईंसँग संवाद गर्ने होइन। तपाईंले सहजीकरण मात्रै गर्ने हो। संवादका लागि राष्ट्रपति चाहिन्छ। उहाँसँग बस्न चाहन्छौं। हामीले यही भन्यौ’, बमले भनिन्।

शान्ति, न्याय, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा जस्ता विषयमा नयाँ पुस्ताको प्रष्ट धारणा रहेको बताउँदै यी सबै विषयबाट आफूहरु बाहिर नगएको पनि उनीहरुले बताए।

‘लोकतान्त्रिक व्यवस्थाको विकल्प उन्नत लोकतान्त्रिक व्यवस्था हो, लोकतन्त्रको कुनै विकल्प छैन’, बमले भनिन्, ‘हामीले आन्दोलनमार्फत व्यवस्था परिवर्तनको माग गरेको होइन, हामीले तिरेको कर कसरी सदुपयोग भइरहको छ भनेर अघिल्लो पुस्तालाई प्रश्न गरेका हौं।’

ह्वाट्सएप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो अजेन्डा राखेर आन्दोलनलाई नै उनीहरूको पक्षमा पार्न खोजेका थिए।

जेन-जी पुस्ताले स्वतन्त्रता, समानता र उत्तरदायी शासनलाई प्रमुख अजेन्डा बनाएको भए पनि राजावादी पक्षले यो अवसरलाई राजसंस्था पुनर्स्थापनाको औजार बनाउन खोजेका थिए। त्यही क्रममा सैनिक मुख्यालयमा प्रधानसेनापतिसँग वार्ता गर्ने भन्दै दुर्गा प्रसाईं पुगेपछि जेन-जीका केही अगुवा बाहिर निस्केका थिए।

सेनाले प्रसाईंलाई प्राथमिकताका साथ बैठकमा सहभागी गराएको भन्दै आलोचनासमेत भएको थियो। जेनजी प्रतिनिधिहरूसँग वार्ता जारी रहँदा प्रधानसेनापति सिग्देलले प्रसाईंलाई छुट्टै भेटेका थिए।

त्यसपछि प्रसाईंले नेपाली सेनाले सरकार बनाउन समन्वय गरिरहेका बेला आफू जुनसुकै तहको नेतृत्व लिन तयार रहेको बताएका थिए।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
१७ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस