दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रूप लिएर सुनसरी देवानगञ्जको वडा नं. ३ कप्तानगञ्जमा हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्न प्रयास भइरहेका बेला फेरि दुई पक्षीय भिडन्त भएको छ।
दिनभर एकपक्षीय रूपमा प्रदर्शन भए पनि साँझतिर भने दुई पक्षका मानिसहरू रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिदा स्थिति भयावह भएको छ।
सुनसरी प्रहरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले साँझ सात बजेदेखि दुवै पक्ष भेला एकअर्काविरुद्ध लागेका हुन्।
स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। डिएसपी खड्काका अनुसार दुवै पक्ष अहिले समूह समूह बनाएर बसेका छन्।
यसअघि हिन्दु पक्षले मात्र प्रदर्शन जारी राखेकोमा मंगलबार साँझदेखि मुस्लिम पक्ष पनि प्रदर्शन उत्रिएका हुन्।
आइतबार राति दुई पक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
सो घटनामा कम्तीमा २१ जना घाइते थिए, जसमा दुई जनाको अवस्था गम्भीर छ। घटनापछि स्थिति दिनदिनै थप तनावग्रस्त बन्दै गएको छ।