लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
१० मंसिर २०८३
•
३ मिनेट पाठ
लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न थालेको छ।




चाडपर्वअघि सुनसानजस्तै रहेका गन्तव्यमा अहिले आन्तरिक पर्यटकको आगमन बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्।

जिल्लाको घलेगाउँ, काउलेपानी, राइनासकोट र हरसिङडाँडालगायत क्षेत्रमा पर्यटकको आगमन बढेको छ। घरबास(होमस्टे) र स्थानीय व्यवसाय क्रमशः चलायमान हुन थालेका छन्।

क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा पछिल्लो समय दैनिक १०० देखि १५० जनासम्म पर्यटक आउने गरेको घलेगाउँ होमस्टेका कार्यालय सचिव तथा घरबास सञ्चालक दीर्घराज घलेले बताए।

तिहारअघि पर्यटकको आगमन न्यून रहे पनि अहिले बढ्न थालेपछि होमस्टे व्यवसायी उत्साहित भएको उनको भनाइ छ।

समुद्री सतहबाट करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गणेश, लमजुङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।

गुरुङ समुदायको मौलिक संस्कृति, परम्परागत घरबस्ती र स्थानीय जीवनशैली यहाँका प्रमुख आकर्षण हुन्।

घलेगाउँमा घाँटु, चुट्का, सोरठी, कृष्णचरित्रलगायत परम्परागत सांस्कृतिक नृत्य तथा प्रस्तुति पर्यटकका लागि आकर्षण बन्ने गरेका छन्।

चिया बगान, तमु सङ्ग्रहालय, दृश्यावलोकन स्तम्भ, उत्तरकन्या मन्दिर र कोइबो यहाँका घुम्नलायक स्थल हुन्।

विसं २०५७ वैशाख २३ गते १२ घरबाट सुरु भएको घलेगाउँको घरबास कार्यक्रमले ग्रामीण पर्यटनको पहिचान बनाएको छ। 

बेँसीसहर नगरपालिका–३ स्थित काउलेपानीमा पर्यटकको आगमन बढेको छ। होमस्टे सञ्चालक कवीन्द्र गुरुङका अनुसार अहिले दैनिक ६० देखि ७० जनासम्म पर्यटक आउने गरेका छन्।

गाउँको अवलोकनसँगै काउलेपानी देवीको दर्शन र स्थानीय संस्कृति तथा रहनसहनबारे जानकारी लिन स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको उनले बताए।

काउलेपानीमा पर्यटकको आगमन बढेसँगै होमस्टे व्यवसायबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेका छन्। यसले गाउँको आर्थिक गतिविधि बढाउन सहयोग पुगेको छ।

राइनास नगरपालिका–९ स्थित राइनासकोटमा पनि दैनिक ३० देखि ४० जनासम्म पर्यटक पुग्ने गरेको होमस्टे समितिका अध्यक्ष बालसिंह गुरुङले जानकारी दिए। यहाँ १४ घरमा घरबास सञ्चालनमा छन्।

राइनासकोट ऐतिहासिक कोट, कालिका मन्दिर, कोटेश्वर महादेव, परम्परागत घुमाउने घर तथा हिमाली दृश्यावलोकनका लागि परिचित छ। यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यसँगै ग्रामीण जनजीवन र स्थानीय संस्कृति अनुभव गर्न सकिन्छ।

पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालक तथा स्थानीय व्यवसायीलाई राहत मिलेको अध्यक्ष गुरुङले बताए।

मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडामा पनि तिहारपछि पर्यटकको चहलपहल बढेको छ। स्थानीय व्यवसायी पूर्णबहादुर गुरुङका अनुसार अहिले दैनिक जनासम्म पर्यटक आउने गरेका छन्।

दसैँपछि केही पर्यटक आउनथाले पनि तिहारपछि आगमन थप बढेको उनले बताए। सडकको पहुँच सहज हुँदै गएपछि हरसिङडाँडा पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ।

यहाँ आउने केही पर्यटक दृश्यावलोकन गरेर फर्कने गरेका छन् भने केही रात बिताउन आउने गरेका छन्। राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यस क्षेत्रको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले पर्यटकलाई आकर्षित गरेको छ।

ग्रामीण पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेपछि स्थानीयस्तरमा सञ्चालित होमस्टे, होटल तथा अन्य साना व्यवसायमा सकारात्मक प्रभाव परेको छ।

सडक तथा अन्य पूर्वाधारको थप विकास र प्रचारप्रसार गर्न सके ग्रामीण पर्यटनबाट स्थानीयको थप आर्थिक उन्नयन हुने देखिन्छ। रासस
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३१ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस