नियमित चार वर्षमा गरिने बाघ गणना चिवतनबाट सुरु भएको छ । चितवनको सौराहामा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक कार्यक्रमको आयोजना गरी मंगलबार (आज) वनमन्त्री माधवप्रसाद चौलागाईले बाघ गणनाको औपचारिक रुपमा सुरु गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौलागाईले बाघ गणनाको कामलाई वन मन्त्रालयले सहजिकरण गर्ने बताए । ‘बाघ गणना जोखिम पूर्ण काम हो । सुरक्षामा ध्यान दिएर काम गर्नुहोला’ उनले भने ‘आवश्यक सहजिकरण गर्न हामी तयार छौँ।’
जलवायू परिवर्तनले विश्वमा बाघको थपघट भइरहेको भन्दै उनले बासस्थानको व्यवस्थापन गर्नुपर्ने बताए । बासस्थान सुधार, आहारा प्रजाति, संरक्षण क्षेत्र विस्तार चोरी सिकारी नियन्त्रण र समुदाय स्तरमा चेतना सके बाघको संख्या बृद्धि हुने उनको भनाई छ ।
राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक बुद्धिसागर पौडेलले नेपालको तराई भू–परिधिका पाँचवटा राष्ट्रिय निकुञ्जहरुमा गणना गरिने जानकारी दिए । उनले साढे तीन महिनामा गणना सक्नेगरी काम सुरु गरिएको बताए । नेपाली सेना, समुदायको सहयोगमा गणना गरिने उनको भनाई छ ।
वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित गरिनेछ ।
तस्बिर: वसन्त ढुंगाना/नागरिकनेपालमा तीन वटा कम्प्लेक्स बनाएर गणना हुँदैन छ । बाघ गणनाका लागि २५० जनाको जनशक्ति र १ हजार १ सय वटा क्यामेरा जडान मार्फत हुनेछ । पहिलो चरणमा चितवन पर्सा कम्प्लेक्सबाट हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा वरिष्ठ इकोलोजिष्ट हरिभन्द्र आचार्यले जानकारी दिए । यस क्षेत्रमा करिव २ महिना समय लाग्नेछ । त्यसपछि बाँके बर्दिया कम्प्लेक्समा गणना गरिने उनले जानकारी दिए । चितवन र बर्दियामा २ देखि ४ वटा ब्लक हुनेछन् । एउटा ब्लक भित्र २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाईका वर्गाकार ग्रीड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिने उनले बताए । ‘एक ठाउँमा कम्तिमा १५ दिनसम्म क्यामेरा राखिन्छ,’ उनले भने ‘एक÷दुई दिनको बिचमा प्राविधिकले क्यामेराको रेखदेख गर्नेछन् ।’ चितवन राष्ट्रिय निकुञ्जमा ९ सय वटा ग्रीड तोकिएको छ । क्यामेरा बाघको फोटो खिच्नेगरी ४५ देखि ६० मिटरको उचाईमा राखिने छ ।
पुस १ गतेदेखि सुरु भएको गणनाको नतिजा जुलाई १९ बाघ दिवसको दिन सार्वजनिक गरिने उनले बताए । बाघ गणनाको लागि ३ करोड रुपैयाँ खर्च लाग्ने राष्ट्रिय निकुञ्ज विभागको अनुमान छ । सर्वेक्षणबाट प्राप्त नतिजाले बाघ, अन्य प्रजाति, बासस्थानको अवस्थाबारेमा महत्वपूर्ण जानकारी प्राप्त हुने र बाघ अन्य प्रजाति संरक्षणमा नीति, कार्यक्रम, योजना बनाई संरक्षणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विश्वमा नै पहिलोपटक सन् १९८३मा टाइगर इकोलोजिष्टको स्मिथ सोनियको वैज्ञानिक टोलीले चितवनको सौराहामा रेडियो क्लर जडान गरेर बाघको होम रेञ्ज विषयमा अध्ययन गरिएको थियो । त्यसपछि नेपालमा सन् १९९० को दशकदेखि बाघ संरक्षण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिएको थियो । क्यामेरा प्रविधिबाट भने सन् २००९ बाट सुरु भएको उनले जानकारी दिए । पछिल्लो सन् २०२२को तथ्यांक अनुसार नेपालमा ३५५ वटा बाघ रहेका थिए ।
सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २८ वटा बाघ थिए । पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, बाँके राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २५ र शुक्लाफाँटा–लालझाडी–जोगबुढा क्षेत्रमा ३६ वटा वश्यक बाघ पाइएको थियो । त्यसअघि सन् २०१० मा सार्वजनिक तथ्यांकमा नेपालमा १२१, स २०१४मा १९८ र सन् २०१८मा २३५ वटा बाघ रहेका थिए ।
बाघ नेपाल लगायत भारत, चीन, बंगलादेश, भुटान, क्याम्बोडिया, लावोस, इन्डोनेशिया, मलेशिया, म्यानमार, रसिया, थाइल्याण्ड र भियतनाम गरि एसियाका १३ वटा देशमा मात्र पाईनछ । नेपालमा प्रत्येक वर्ष वर्षकाको संख्या बढेको छ । अहिले नेपाल बाघ संरक्षणमा विश्वमै च्याम्पिएनको रुपमा चिनिएको महानिर्देशक पौडेले बताए ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...