भोटेकोशी बाढीको तीन महिना : बेपत्ता कहिले हुन्छन् मृत घोषित ?
०९ मंसिर २०८३
•
३ मिनेट पाठ
भोटेकोशी बाढीको तीन महिना : बेपत्ता कहिले हुन्छन् मृत घोषित ?
विनाशकारी भोटेकोशी बाढी गएको तीन महिना पूरा भएको छ। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका बस्ती नै बगाउँदा १ हजार ४६४ जनाको मृत्यु भएको र ५ हजार २८५ जना बेपत्ता भएको तथ्यांक सरकारसँग छ। मृतकमध्ये ११० जनाको मात्रै शव पहिचान गरी आफन्तले बुझेका थिए। फेला परेका बाँकी शवको डीएनए नमुना संकलन गरी सरकारले व्यवस्थापन गरेको थियो।




सरकारले बेपत्ता नागरिकको हकमा विगतको ऐन संशोधन गर्दै ४५ दिनभित्र मृत घोषणा गर्न सकिने नयाँ कानुन ल्याएको थियो। दसैँअघि नै अध्यादेशमार्फत उक्त कानुन कार्यान्वयनमा आए पनि एक महिनासम्म बेपत्ता पाँच हजारभन्दा बढी नागरिक मृत घोषित भएका छैनन्।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले दसैँतिहार बिदाका कारण मृत घोषणा गर्ने प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै अब छिट्टै प्रक्रिया टुंगिने दाबी गरे।

उनका अनुसार विभिन्न ४८ जिल्ला र १९ देशबाट मृत घोषणा गर्नका लागि प्राधिकरणमा विवरण आएका छन्। बेपत्ताको सूचीमा पाँच हजारभन्दा बढीको नाम रहे पनि हालसम्म ४ हजार १०५ जनाको मात्रै विवरण प्राप्त भएको प्रवक्ता केसीले जानकारी दिए। तीमध्ये ३ हजार ९१५ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।

प्राधिकरणले गत शनिबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरूको दाबी पेस गर्न आह्वान गरेको छ। बेपत्ताको सूचीमा रहेका व्यक्तिहरू जीवित रहेको वा फेला परेको कुनै जानकारी भए विवरण पेस गर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको हो।

प्रवक्ता केसीका अनुसार सात दिनको म्याद आगामी शुक्रबार सकिनेछ। त्यसपछि गृहमन्त्रीको अध्यक्षतामा बस्ने प्राधिकरणको कार्यकारी समितिको बैठकले अन्तिम रुजु गरी मृत घोषणा गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मृत घोषणाको अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।

सरकारको निर्णयलगत्तै बेपत्ता नागरिकलाई मृत घोषणा गर्दै सम्बन्धित स्थानीय तहले आफन्तलाई मृत घोषणाको प्रमाणपत्र उपलब्ध गराउनेछन्।

प्रवक्ता केसीका अनुसार भोटेकोशी बाढीमा मनाङ र मुस्ताङबाहेक बाँकी सबै ७५ जिल्लाबाट बेपत्ताका निवेदन परेका छन्। पहिलो चरणमा ४७ जिल्ला र दोस्रो चरणमा बाँकी २८ जिल्लाका बेपत्ता नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु हुनेछ।

उनका अनुसार बाढीमा विभिन्न ३४ देशका नागरिक बेपत्ता रहेको प्रारम्भिक विवरण आए पनि मृत घोषणा प्रक्रियामा भने १९ देशका नागरिक मात्रै सहभागी भएका छन्। मृत घोषणाका लागि भारतसहित १२ देशका ४५२ जनाको निवेदनअनुसार मृत घोषित गर्न प्रक्रिया अगाडी बढाइएको छ। बाँकी ७ देशका नागरिकलाई भने थप विवरणसहित दोस्रो प्रक्रियामा सहभागी गराइने छ। देशभित्र र बाहिर पनि बेपत्ता व्यक्तिहरू भेटिएको सूचना प्राप्त भएकाले प्रक्रिया पारदर्शी बनाउन केही समय लागेको केसीको भनाइ छ।

बाढीपछि रसुवा, नुवाकोटसहितका प्रशासन कार्यालयमा टिपोट गरिएको नामको विवरण उच्च रहेकाले दोस्रो चरणको मृत घोषणा प्रक्रियामा सहभागी हुन प्रवक्ता केसीले सबैलाई आग्रह गरेका छन्।

प्रवक्ता केसीका अनुसार मृत घोषणाका लागि बेपत्ता व्यक्तिका आफन्तले सम्बन्धित वडामा सम्पूर्ण विवरणसहित निवेदन दिनुपर्नेछ। उक्त निवेदन वडा कार्यालयले सम्बन्धित स्थानीय तहको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ। जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा विवरण प्राप्त हुनेछ।

प्राधिकरणले प्राप्त विवरणलाई अन्तिम रूप दिँदै सार्वजनिक सूचना जारी गर्नेछ। दाबीविरोधको सूचनामा आवश्यक कारबाहीपछि अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ।

बेपत्ताहरूलाई मृत घोषणा नगर्दा विभिन्न सरकारी प्रक्रियामा समस्या भएको भन्दै आफन्तहरूले भने प्रक्रिया छिटो टुंग्याउन आग्रह गर्दै आएका छन्।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस