सिंहदरवार जलाउनेलाई अष्टमीकै दिन सुटुक्क उन्मुक्ति
१९ असोज २०८२
•
४ मिनेट पाठ
सिंहदरवार जलाउनेलाई अष्टमीकै दिन सुटुक्क उन्मुक्ति
भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत महत्वपूर्ण सरकारी भवन जलाउनेहरूलाई छाडिएको छ। गृह मन्त्रालयको दबाबमा सिंहदरवार लगायतका सरकारी संरचना जलाउनेहरूलाई बिनासर्त छाडिएको हो।  




जेनजी आन्दोलन पक्राउ नगर्न सरकारले प्रहरीलाई दबाब दिएपछि महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका करिब ६० जनालाई अष्टमीको दिन छाडेको हो। तर प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले अनुसन्धान भैरहेको बताए। उनले केही व्यक्तिलाई हाजिर जमानीमा छाडेको स्वीकार पनि गरे। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ, केही व्यक्तिलाई हाजिर जमानीमा छाडिएको हो, हाजिर जमानीमा छाड्नु भनेको उन्मुक्ति दिनु होइन, अनुसन्धान नगर्ने वा रोकिएको होइन,’ एसपी भट्टराईले भने।  

जेन–जी आन्दोलनका नाममा सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी कार्यालय जलाउनेहरूलाई गृह मन्त्रालयबाटै विज्ञप्ति जारी गरेर पक्राउ नगर्न दबाब दिइएको थियो। प्रहरी प्रधानकार्यालयबाटै परिसरलाई उदण्ड व्यक्तिहरूलाई छाड्न आदेश दिइएको थियो। सिंहदरवार मात्र होइन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, जिल्ला अदालतहरू, संसद् भवन, निजी व्यापारिक भवन, स्कूल कलेज लगायतका विभिन्न प्रतिष्ठानहरू जलाउनेलाई उन्मुक्ति दिँदा सर्वसाधारणमा थप आतंक र त्रास फैलिएको छ।

‘उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसरबाट सिसी टिभी फूटेजको आधारमा पक्राउ परेकाहरूलाई छाडिएको हो,’ स्रोतले भन्यो। स्रोतका अनुसार उदण्डता मच्चाउने र आगजनी तथा लुटपाटमा संलग्न रहेका दशैको टिकाको दुई दिनअघि सबैलाई छाडिदिएको छ। जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत महत्त्वपूर्ण सरकारी भवन तोडफोड गर्नेलाई पक्राउ नगर्न सरकारले प्रहरीलाई दबाब दिएपछि महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका ६० जनालाई अष्टमीको दिन छाडेको हो। त्यसको पाँच दिन अघि ४० भन्दा बढीलाई छाडेको थियो।  

जेनजी आन्दोलनका नाममा सरकारी कार्यालय, निजी भवन र व्यावसायिक प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगो लगाउनेलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याउन खोजेपछि त्यसो नगर्न गृह मन्त्रालयले छाड्न दबाबमा छाडेको एक प्रहरी कर्मचारीले गुनासो गरे। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई आन्दोलनको क्रममा रहेका जेनजीलाई पक्राउ नगर्न आदेश दिएका थिए। त्यसपछि गहृमन्त्रालयबाट गोप्य रुपमा सर्कुलर र विज्ञप्ति नै जारी गर्न लगाएका थिए। अपराधीहरूलाई छाड्न प्रहरीलाई दबाब आएपछि सर्बत्र विरोध भएको थियो। सरकारको निर्देशनको रूपमा स्वीकार गर्दै प्रहरीले सार्वजनिक बिदाको दिन सबैलाई छाडिदिएको स्रोतको दाबी छ।

प्रहरीले आन्दोलनका क्रममा आफ्ना हतियार र बर्दी लुट्ने कार्यमा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरेको थियो। कारागारबाट भागेका कैदीबन्दीलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ। काठमाडौंको महाराजगन्जस्थित प्रहरी वृत्तका प्रहरी जवानको हत्यामा संलग्नलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरूलाई भने प्रहरीले छाडेको छैन। प्रहरीका कार्यालयमा आगो लगाउनुपर्छ भन्नेलाई पनि सामाजिक सञ्जालमा आएका भिडियो र तस्बिर हेरेर प्रहरीले कानुनी दायरामा ल्याइरहेको थियो।  

गृहमन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएका घटनाको न्यायिक छानबिन गर्न आयोग बनेकाले त्यसले दिने प्रतिवेदनका आधारमा मात्रै कारबाही गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो। ‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक रायसमेत दिने कार्यादेश रहेको हुँदा त्यसबमोजिमको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने बेहोरा जानकारी गराइन्छ,’ मन्त्रालयले असोज ९ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रुपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने बेहोरासमेत सबैमा जानकारी गराइन्छ।’ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेको हस्ताक्षरमा उक्त विज्ञप्ति जारी भएको छ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न अयोग गठन गरेको छ। त्यो आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा कुनै कारबाही नगर्न गृह मन्त्रालयले प्रहरी संयन्त्रलाई निर्देशन दिएको हो।

सरकारले जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्ट भएको आगजनी तथा तोडफोडको घटनाबारे विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र द्वन्द्वग्रस्त विभिन्न मुलुकको संक्रमणकालीन न्यायमा काम गरेका कानुनविद् विशेश्वर भण्डारी सदस्य रहेको आयोगले आफ्नो काम थालिसकेको छ। जेन–जी प्रर्दशनमा घातक हतियारहरूको प्रयोग  र दमनमा नीतिगत रूपमा संलग्नहरूमाथि जाँचबुझ हुने र उनीहरूसँग दसैँलगत्तै बयान लिने तयारी छ।यो समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न तथा काठमाडौं छोड्नुपरे आयोगसँग अनुमति लिन लगाउनू भन्दै सरकारलाई सिफारिससमेत गरिसकेको छ।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३३ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १५ सेकेन्ड अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस